(क) शिवजीले भस्मासुरलाई बरदान दिए पछि शिवजी स्वयं भस्म हुने डरले आफ्नो कैलाशलाई छोडेर भाग्नु पर्यो ।
(ख) शिवजीले स्वयं आफ्नी प्राण प्रिय सतिदेवीलाई पुनः जीवित गर्न नसकि हजारौ वर्ष वियोगमा हिड्नु पर्यो जवकी शिवजीले बालक गणेशलाई शिर छेदन गरेर पनि पुनः जीवित गरी दिएका थिए । किनकि सतिदेविको समय वा जीवन सकिसकेको थियो तर गणेशको जीवन सकिएको थिएन् ।
(ग) भगवान विष्णुले नारदलाई बादरको मुख बनाईदिदा नारदले विष्णुलाई कुनै समय विष्णुजी तपाई पनि म जस्तै स्त्रिको लागि बन बन भड्किनु पर्ने छ भनि श्राप दिदा त्यसको परिणाम स्वरुप राम सिताको वियोगमा जिन्दगी भर तड्पिएका थिए ।
(घ) दुवार्सा ऋषिले दिएको यादव कुलको सर्वनाश श्रापलाई कृष्णले टार्न सकेनन् सबै यदवहरु आपसमा झगडा गरी काटा काट गरेर समाप्त भए।
(ङ) स्वयं श्री कृष्णलाई बालिका नामक शिकारीले मृग भनि बाण हानेर धायल बनाए पछि शिकारीले श्री कृष्णसंग माफि माग्दा, कृष्णले हे बाली तेरो र मेरो पुर्व जन्मको ऋण आज पुरा भयो भनेको थिए ।
(च) धार्मिक महोत्सव, तीर्थ-यात्रामा झन धेरै अकाल मृत्यु भै रहेको छ । जस्तै: अमरनाथ यात्रा आदि।
(छ) यसको मतलब उहाँहरुले प्राकृतिक बिनासलाई रोक्न तथा कर्म दष्डलाई परिवर्तन गर्न सक्नु हुन्न । उहांहरुको लेवल सम्म त कर्मको फल सबैले भोग्नै पर्छ।
(ज) तर प्राकृतिक बिपदलाई रोक्न र हाम्रो कर्मको फल काट्न केवल पूर्ण ब्रह्म कविर्देव वा उहांको अंश अवतारको रुपमा आउनु भएका संत रामपालजी महाराज सक्षम हुनुहुन्छ । उहाँ बाहेक कोही समर्थ छैन ।
No comments:
Post a Comment