म(विजय बिक्रम बस्नेत दास)
सानै देखि अलि हठि र रहस्यात्मक कुराहरुलाई बढि चासो दिएर सुन्ने, हेर्ने र पढ्ने स्वभावको थिए। घण्टौसम्म आकाशमा हेरेर सोच्दथे कि- यी ताराहरु कस्ले- किन बनाएको होला? कत्रा होलान्? कहाँ होलान्? ब्रह्माण्ड कति होलान्? आदि२। मानिसलाई कस्ले बनाएको होला? किन बनाएको होला? सुख मात्र दिएको भए हुनेथियो! किन दुःख बढि दिएको होला? भगवान को होला? कहाँ होला ? आदि2।
मेरो, विशेष गरेर धार्मिक पुस्तकहरुको अध्ययनमा रुचिको कारण आफ्नो कोर्ष अफ स्टडिज(सेलेबस)को अलवा महाभारत, रामायण, श्री स्वस्थानि ब्रत कथा जस्ता पुस्तकहरु रुचिका साथ पढ्ने गर्दथे।
मलाई केही प्रश्नहरुले सदा सताउने गर्दथे कि- मानिस किन जन्मने र मर्ने गर्दछन्? के मरे पछि फेरी जन्म हुन्छ? यदि जन्न हुने भए के हामी सधै जन्मने र मर्ने मात्र गर्ने छौ? के पूर्व जन्म देख्न सकिन्छ? म रामायण महाभारत कालमा के थिए होला र मलाई किन याद छैन्? के रामायण र महाभारतमा लेखिएका कुराहरु सत्य होलान?
समयको गति संगै उमेर बढ्दै जाँदा मैले धेरै धर्म गुरुको प्रवचनहरु सुने, दिक्षा लिए, साधना गरे र केही सिद्धिहरु पनि प्राप्त गर्ने क्रम शुरु भयो। यसै क्रममा मलाई पूर्व जन्म संग सम्बन्धित कुराहरुमा रुचिको कारण सम्मोहन (Hypnotism, Past life regression) विद्यामा मैले धेरै अनुभवहरु हासिल गर्ने मौका प्राप्त गरे। मैले अरुलाई सम्मोहन विद्याको प्रयोग गर्ने क्रममा धेरै कुराहरु सम्मोहन सम्मबन्धमा लेखिएका पुस्तकहरुमा बयान गरे मुताविकनै पाए।
सबै मानिसहरुले चेतन अवश्थामा अनेक सिद्धान्त तथा विचारहरुको कुरा गर्दछन् तर सम्मोहनद्धारा अवचेतन अवश्थामा लगेको बेलामा सबैले एकै किसिमको बोलि बोल्ने गर्दछन् । मैले यसमा विशेष गरेर मृत्यु पश्चात कहाँ कसरी गईन्छ, के-के हुन्छ, कसरि कुन उदेश्य लिएर पुनः जन्म हुन्छ, विषयमा अध्ययन गरेको थिए। उहाँहरु सबैले करिब-करिब एकै प्रकारको उत्तर दिएका थिए।
उदाहरणको रुपमाः अहिले सबैलाई मानिसको उदेश्य के हो? भन्ने प्रश्न गरियो भने बिभिन्न किसिमका उत्तरहरु दिन्छन् तर अवचेतन अवस्थामा लगेर सोध्ने भने "सिक्नको लागि” र “मोक्ष प्राप्तिको लागि” हो भनेर भन्ने गर्दछन्। उनिहरुको वयान अनुसार हामी “जन्मे पछि त्रिगुणमयी भगवानको प्रभावको कारण र हाम्रो समाजमा विद्यमान संस्कारको कारण हाम्रो मुल उदेश्य भुलि अन्य कुराहरुमा उल्झिन पुग्छौ”।
मैले धेरैलाई पुर्व जन्ममा लैजानने क्रममा तथा उनिहरुलाई विभिन्न भगवानहरुसंग भेटाएर कुरा गर्ने क्रममा उनीहरुले अवचेतन अवस्थामा गरेको बयान अनुसार एउटा गजबको कुरा थाहा पाए कि हाम्रो समाजमा विद्यमान रहेको धर्म, संस्कार र कर्ममा कुनै पनि कुरा मेल खादैन। म आश्चर्यचकित भए। म दुःखित भए। मैले सोचेः- कि धर्म ग्रन्थ गलत छन्? कि संस्कार गलत छ? कि हिप्नोटिजम् प्रक्रिया गलत छ?
यस सन्दर्भमा मैले तत्कालिन गुरुहरुसंग प्रश्न सोधे तर उहाँहरुले मलाई संतोषजनक उत्तर दिन सक्नु भएन। मैले वेद र गीता पढेको थिएन् किनकी क्षेत्रीको छोरा भएको कारण वेद गीता पढ्ने भन्ने कहिल्लै सोचनै आएन। तर मलाई विश्वास थियो कि हाम्रा सबै धर्म संस्कारहरु वेद र गीता अनुसारनै चलेका छन् भनेर।
यसै क्रममा सम्मोहन विद्याबाट जस्तो सुकै (आन्तरीक कारणबाट, दैविक कारणबाट उत्पन्न) रोगहरुलाई पनि ठिक गर्न सक्ने सिद्धि मलाई प्राप्त भैसकेको थियो र धेरैलाई आश्चर्यजनक तरिकाले पुराना मेडिकल साइन्सले ठिक गर्न नसकेका रोगहरु ठिक गरिदिए। मलाई यो काम गर्न निकै आनन्द पनि आउँदथ्यो किनकी मैले सोचेको थिएकी कसैलाई पिढा मुक्त गर्नु वा उद्धार गर्नु पुण्यको काम हो।
तर प्रकृति मेरो सोच भन्दा ठिक उल्टो रहेछ, एकातिर मैले कसैलाई ठिक गर्नको लागि मैले कमाएको आध्यात्मिक धन खर्च गरिरहेको रहेछु भने अर्को तिर कर्मको फल भोग्नै पर्ने प्रकृतिको नियमलाई उलाङ्गन गरिरहेको रहेछु, जस्को कारण मेरो विस्तारै गर्दन, दाहिना हात र कम्मरको पिढा भई चलाउन नहुने अवश्था सृजना भयो। मैले अस्पतालमा देखाए ठिक भएन।
आफ्ना गुरुहरुलाई हार-गुहार गरे, केही उपाए लागेन । उहाँहरुले भन्नु भयो कि तेरो कर्मको फल तैले आफैले भोग्नै पर्छ। म धेरै चिन्तित भए कि- जिवनमा दुःख-पिढा नहोस भनेर नै पूजा, साधना तथा गुरु मान्ने गरिन्छ तर यति गर्दा पनि दुःख र पिढा हुन्छ भने पूजा-साधना गर्नुको औचित्य के भयो!
यसै क्रममा समयमा मलाई एक दिन एक मित्र (भगत रमेश दास)ले ज्ञान गंगा पुस्तक पढ्नुहोस भनेर प्ररित गर्नु भयो । ज्ञान गंगा पुस्तक मैले ढेड बर्ष अगाडी नै अन्य धार्मिक पुस्तक किन्ने क्रममा किनेको थिए र केही पेज पढेर संस्कारको अहंकारवस "यस्तो पनि हुन्छ" “बकबास किताब” भनि पढेको थिएन्।
तर अहिले मसंग पुस्तक नभएको कारण इन्टरनेट www.jagatgururampalji.org बाट पुस्तक डाउनलोड गरेर पढ्ने कोशिस गरे तर संस्कारको अहंकारले मलाई सुरु-सुरुमा त्यहाँ लेखिएका कुरामा सहजता महसुस गराएन्। तर पनि मैले सबै सर-सरति पढे र पुनः त्यहाँ लेखिएका कुराहरुलाई रिफरेन्सको रुपमा लिइ इन्टरनेटबाट वेद र गीताका पुस्तकहरु डाउनलोड गरेर एक-एक श्लोकहरुलाई चेक गरे। सबै कुराहरु ज्यूका त्यू सत्य पाए।
त्यस पश्चात मैले हाम्रा धर्मगुरुहरुसंगको आध्यात्मिक ज्ञान चर्चा (Spiritual Debate Sant Rampalji Maharaj Vs Shankaracharya, Satpalji, Arya Samaj e.t.c.) You Tube बाट हेरे।
म झस्किए, छाँगाबाट खसे जस्तो महशुस भयो। मेरो पुरानो संस्कारको अहंकारमा ठूलो चोट लाग्यो र म केहि समय असमान्जस्यतामा टोलाउन पुगे। मलाई अहिले यो भन्न लाज लाग्छ कि- मैले अन्धो भएर ती अज्ञानी केहि सिद्धि प्राप्त धर्म गुरुहरुको साधना गरिरहेको रहेछु जस्लाई वेद र गीताको ज्ञाननै रहेनछ, भगवान को हुन, कहाँ बस्छन् थाहानै रहेनछ।
सुख पाउने र मोक्ष पाउने आशमा मुर्ख भई, कौवाले कान लग्यो भनेर आफ्नो काननै नसमातिकन दौडिन पुगेछु, वेद र गीताले नगर्न भनेका सबै उल्टो र गलत साधना गर्न पुगेछु। सायद अनगिन्ति जन्मको समय अज्ञानतामा बर्बाद गरेको रहेछु। नत वेद, नत गीता गलत रहेछ, नत रामायण र महाभारतमा भएका कुराहरु नै गलत रहेछन्। गतत त म जस्ता पढेलेखेर पनि केही धन-मान र मोज-मस्तिको रसमा रमाएर हाम्रा पवित्र वेद र गीतालाई नै साक्षि राखि गराएको गलत ज्ञानको बुझाई र उल्टो धर्म संस्कारको रहेछ।
त्यस पछि मैले विगतका साधनाका सबै सामाग्रिहरुलाई बोरामा हालेर खोलामा लगेर बगाई दिए। मैले संकल्प गरे कि "हे सम्पुर्ण ब्रह्माण्डका सृजनहार पूर्ण ब्रह्म कविर्देव म हजुरको शरणमा आउँदै छु मलाई संत रामपालजी महाराजको शरणमा नामदान (दिक्षा) लिदाँसम्म सुरक्षित गरिदिनुहोस"।
जय बन्दिछोडकी।।सत साहेब।।
Jagat Guru Rampal Ji Maharaj
jagatgururampalji.org

म सतलोक आश्रम, बरवालामा 2014 Mar 16 मा गई सोही दिननै नामदान लिए। मेरो स्वास्थ्य अहिले सदगुरुदेवको कृपाले ठिक छ र मलाई थाहानै भएन कि कहिले बाट ठिक भए। मेरा सारा रहस्यात्मक नसुल्झिएका प्रश्नहरुको उत्तर मैले पाए। हाल दृढताका साथ गीता र वेदमा उल्लेखित शास्त्रानुकुल साधना गरिरहेको छु। यसै जन्ममा सदगुरुदेव संत रामपालजी महाराजको दयाले मेरो मोक्ष हुने कुरामा म ढुक्क छु।
Jagat Guru Rampal Ji Maharaj
jagatgururampalji.org
विजय बिक्रम बस्नेत दास
copy pest
No comments:
Post a Comment