Monday, January 30, 2017

को साँच्चो र को झूटो ? Nepali

... भक्तजीबाट साभार, सद्गुरूदेवज्यूको प्रेरणाले ...
को साँच्चो र को झूटो ? गुरूजी र राष्ट्रिय समाज सेवा सिमित (राससस) का भनाइहरू बीच तुलनात्मक फरक विवरण
परमपिता परमात्माः जब तक ना देखे निज नैना, तब तक ना माने गुरू के बैना ।
गुरूजीः राससस मेरो होइन ।
रासससः सन्त रामपालजीले झूटो बेल्दैछन्, रासससलार्इ गुरूजीले नै बनाएको हो ।
गुरूजीः बरवाला काण्डमा आश्रम बाहिर कालो लुगा लगाएका मानिस (गुण्डा) मेरा होइनन् र मैले त्यस्तो गर्ने कुनै आदेश दिएको थिइन ।
रासससः सन्त रामपालजीको आदेशबाटै हामीले भक्तहरूलार्इ कालो लुगा लगाएर मर्न मार्न तयार पारेका हौं ।
गुरूजीः आश्रममा भएको ६ जनाको मृत्युका लागि मलार्इ अफसोस (दुःख) लागेको छ ।
रासससः सन्त रामपालजीले भने अनुसार आश्रममा मरेका ६ जना सत्यलोक गइसके ।
यहाँ सम्मका आदेशहरू हामीले सुनेका, देखेका र भोगेका हौं । अब अरू केही हेरौ ।
रसससः बरवालामा ६० एकर जमिन किन्न २८ करोड भारतीय रूपैया चाहिने भएले संगतहरूसित दान लिन थाल्नु भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः भक्तहरूको नाम शुध्दि गराउन र नयाँ भक्तहरूलार्इ नाम दान दिन नामदान केन्द्र खोल भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः गुरूजीको प्रत्येक तारिकमा जानु पर्छ, नाम शुध्र्दि गर्न र सतनाम लिन राजस्थान, पजाब, हरियाणा र दिल्लीबाट ४ तारिक र अन्य ठाउँबाट ३ तारिक आउनु पर्छ भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः हामीले न्याय नपाएकोले तिमीहरू सबैले अत्महत्या गर्नु भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः दिल्लीको मुंडकामा बरवालाकै जस्तो शानदार आश्रम खोल भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः हरियाणाको सिंघपुरामा सतलोक आश्रम खोल्नु भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः वकिलहरूलार्इ फिस दिन पैसा नपुगेकोले संगतहरूबाट उधारो लिनु, म पछि फर्काइदिन्छु भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः सत्संगहरूमा कुनै पनि भोका भक्तहरूलार्इ खाना नखुवाउनु भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः पुस्तक सेवा गर्नु र किताबको रू. २० र ३० उठाउनु भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः पाठ प्रकाश र ज्योतिको पैसा नामदानमा कोअर्डिनेटरकोमा जम्मा गर्नु भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः पाठका लागि रू १,००० र ज्योतिका लागि रू ३०० बढाउने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः कुनै संगतले सुन नलाउनु किनकि सुनमा काल प्रवेश गरिसकेको छ भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः मोहनलालले मेरो अदेशमा परिवर्तन गर्न सक्छ भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः भारतीय जनता पार्टीको रैली भएका ठाउँहरूमा मेरा लागि जमानत वा धरौटीको भीख माँग भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः मैले ट्रस्ट बनाइदिएको छु र अब नामदान लगायत सबै व्यवस्था ट्रस्टले नै सम्हाल्नेछ भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः बैतुल आश्रममा मेरा लागि सिंहासन बनाउनु भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः १५ नभेम्बर २०१४ मा बरवाला आश्रमबाट निस्केर जाने भक्तहरूलार्इ सदाका लागि आश्रममा प्रवेश निषेध छ भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः एन्ड्रोइड मोबाइल किन्नु र फेसबुक, ट्वीटर र वाट्सएपमा व्यापक रूपमा छाप्नु भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
रासससः १५ र १६ तारिक नभेम्बर २०१४ मा बरवाला आश्रमबाट निस्केर जाने भक्तहरूको नाम शुध्द नगर्नु भन्ने गुरूजीको आदेश छ ।
गुरूजीः यस्तो कुनै आदेश दिएको छैन ।
अफसोस्, गुरूजीले आफ्नो मुख कमलबाट तीन कुरा विश्व कै सामु भन्नु भयो र हाम्रो कानले सुन्यौं र अँखाले देख्यौं पनि । ती तीन कुरा हामी नमानेर गुरूजीले विश्व सामु नभन्नुभएका तथा हाम्रो कानले नसुनेका र अँखाले नदेखेका यति धेरै बकवासहरू चाहिँ हामी पत्याइरहेका छौं ।
अब हजुर आफैं निर्णय गर्नुहोस् कि हजुर गुरूजीको तत्वज्ञानका आधारमा निष्पक्ष, निर्भय, निडर, साहासी र साँच्चो भक्त झैं सद्भक्ति मार्गमा हिँड्दै हुनुहुन्छ
कि
राक्षस स्वभाव धारण गरेका, मनुष्यमा नीच, दूषित कर्म गर्ने मनवश, षडयन्त्रकारी, स्वार्थी र कपटी मेनेजमेन्ट र कोअर्डिनेटरहरू तथा रासससबाट तर्साइएका डरछेरूवा काँतर झैं भक्तिमार्गबाट पछिल्तिर भाग्दै हुनुहुन्छ ?
सत् साहिब ।

No comments:

Post a Comment