(क) अर्थार्थीः- वेद मन्त्रद्बारा भौतिक सुख तथा धन लाभको लागि अनुष्ठान गर्ने।
(ख) आर्तः-वेद मन्त्र द्बारा संकट निवारणको लागि अनुष्ठान गर्ने।
(ग) जिज्ञासुः- परमात्माको विषयमा जानकारी प्राप्त गर्ने इच्छाले ज्ञान ग्रहण गरेर वेदको आधारमा ज्ञानवान भएर वक्ता बन्ने।
(घ) ज्ञानीः- मनुष्य जीवन केवल परमात्मा प्राप्तिको लागि मात्र हो र परमात्मा प्राप्ति पनि केवल एक सर्वशक्तिमान परमात्माको साधना अनन्य मनबाट गरेर मात्र हुन्छ भन्ने बुझेको।
चतुर्विधाः भजन्ते माम् जनाः सुकृतिनः अर्जुन आर्तः जिज्ञासुः अर्थार्थी ज्ञानी च भारतर्षभ।।गीता।।७।।१६।।
(भारतर्षभ अर्जुन) हे भरत वंशमा श्रेष्ठ अर्जुन (सुकृतिनः) उत्तम कर्म गर्नेहरुले (अर्थार्थी) वेद मन्त्रद्बारा धन लाभको लागि अनुष्ठान गर्नेलाई अर्थार्थी (आर्तः) वेद मन्त्र द्बारा संकट निवारणको लागि अनुष्ठान गर्नेलाई आर्त (जिज्ञासुः) परमात्माको विषयमा जानकारी प्राप्त गर्ने इच्छाले ज्ञान ग्रहण गरेर वेदको आधारमा ज्ञानवान भएर वक्ता बन्नेलाई जिज्ञासु (च) र (ज्ञानी) जसलाई यो ज्ञान भयो कि मनुष्य जीवन केवल परमात्मा प्राप्तिको लागि मात्र हो। परमात्मा प्राप्ति पनि केवल एक सर्वशक्तिमान परमात्माको साधना अनन्य मनबाट गरेर मात्र हुन्छ उसलाई ज्ञानी भनिन्छ यसरि (चतुर्विधाः) चार प्रकारका (जनाः) भक्तजन (माम्) मलाई (भजन्ते) पूजा गर्दछन्।
(च) तेषाम् ज्ञानी नित्ययुक्तः एकभक्तिः विशिष्यते प्रियः हि ज्ञानिनः अत्यर्थम् अहम् सः मम प्रियः।।गीता।।७।।१७।।
(तेषाम्) उनिहरुमा (नित्ययुक्तः) नित्यरुपमा (एकभक्तिः) एक परमात्माको भक्तिवाला (ज्ञानी) विद्धान (विशिष्यते) अति उत्तम हो (हि) किनकि (ज्ञानिनः) ज्ञानिको लागि (अहम्) म (अत्यर्थम्) अत्यन्त (प्रियः) प्रिय हु (च) र (सः) त्यो ज्ञानी (माम) मेरो अत्यन्त (प्रियः) प्रिय हो।
(छ) ये यथा माम् प्रपद्यन्ते तान् तथा एव भजामि अहम् मम् वर्त्म अनुवर्तन्ते मनुष्याः पार्थ सर्वशः।।गिता/4/11।।
(पार्थ) हे अर्जुन! (ये) जुन भक्तले (माम्) मलाई (यथा) जुन प्रकारबाट (प्रपद्यन्ते) पूजा गर्दछन् (अहम्) म पनि (तान्) उसलाई (तथा) त्यसै प्रकारबाट (भजामि) उसको पूरा ध्यान राख्दछु (एव) वास्तवमा (मनुष्याः) मनुष्यहरुले (सर्वशः) सबै प्रकारबाट (मम्) मेरो नै (वत्र्म) व्यवहारको (अनुवर्तन्ते) अनुसरण गर्दछन्।
2. संत रामपालजिको शरणमा मुख्यतः दुई प्रकारबाट नामदिक्षा लिन भक्तहरु आउने गर्दछन:
(क) पिढित तथा अवसरवादि:- मानिसमा मुख्य तीन ताप- दैहिक, देविक र भौतिक हुने गर्छन। जस्मा भूत-प्रेतको समस्या, बद्दुआ/श्राप, नजर लाग्नु, पितृ बाधा, कुनै देवि-देवताको प्रकोप, टुना-टाना तथा काला जादूबाट शारिरिक, भौतिक, मानसिक, धार्मिक रुपबाट पिढित आत्माहरु पर्दछन्। उनिहरुले ज्ञान बुझेका हुदैनन् केवल आफ्नो समस्या समाधान तथा पिढाबाट मुक्तिको लागि मात्र दिक्षा लिन्छन्। यस वर्गमा पनि कसैले पिढा मुक्ति पछि ज्ञान बुझेर तन, मन, वचनबाट समर्पित भई भक्ति गर्दछन्, कसैले स्वार्थ पुर्ति पछि छाडिदिन्छन् र कसैले देखावटिको लागि मात्र भक्ति गरेको ढ्वाङ्ग गर्दछन्।
(ख) ज्ञानिः- परमात्मा तथा मोक्ष प्राप्तिको तडफ भएका पुण्यात्माहरुले संत रामपालजिले लेख्नु भएको ज्ञान गंगा पुस्तक पढि ज्ञानलाई बुझेर आफ्नो आत्मा कल्याणको लागि नाम दान (दिक्षा) लिई तन, मन, वचनबाट समर्पित भई भक्ति गर्दछन्।
3. कविर वाणी:-
"पहले बोधू कोली चमारा, पीछे जाए राजदरबारा।
फिर बोधू पंडित काजी, फिर जाए सकल संसारा।।"
जबलग नाता जगतका तबलग भक्ति न होय ।
नाता तोडे हरि भजे भक्त कहावै सोय।।
कबीर, जिन हरि जैसा सुमरिया, ताको तैसा लाभ।
ओसाँ प्यास न भागई, जबलग धसै न आब।।
कबीर, सुमिरन की सुधि यों करो, जैसे दाम कंगाल।
कहै कबीर विसरै नहीं, पल पल लेत संभाल।।
कबीर, जबलग भक्ति सहकामना, तब लगि निष्फल सेव।
कहै कबीर वे क्यों मिलै, निष्कामी निज देव।।
सदगुरुदेव संत रामपालजी महाराजले प्रदान गर्नु भएको अनमोल रत्न
“ज्ञान गंगा” पुस्तक http://www.jagatgururampalji.org/click.php?id=106 र गीता तेरा ज्ञान अमृत http://www.jagatgururampalji.org/click.php?id=1


✌एउटा प्रोजेक्टमा काम गर्दै थिए । त्यो पनि बिरामिका करण छुट्यो । पैसा पनि मनग्गे खर्च भयो । म आर्थिक र मानसिक रुपमा पुरै बिक्षप्त भैसकेको थिए । झारफुक गराएँ र देविदेवता लाग्यो की भनेर पनि देखाएँ तैपनि कुनै लाभ हात लागेन । त्यसै बेला पारिवारिक कलहले गर्दा सबै दाजुभाई छुट्टी अलग भए । चारै तिरबाट दु:ख आईलाग्यो । त्यस पछी मैले सोछे कि अब भगवानले नै यो रोग ठिक पर्न सक्छन, डाक्टर वा झारफुक, ओखतिबाट ठिक हुनेवाला छैन ।


🍦म दाङ जिल्लामा कार्यरत थिए । त्यतिखेर एउटा अजिव घटना घट्यो । एउटा बसमा माअोबादि लडाकु र शसस्त्र प्रहरी बिच गोलि हाना हान भयो । त्यसै समय मेरो एउटा साथिको टाउकोमा गोलि लाग्यो र पछिल्तिरबाट निस्कियो । र थुप्रै अरु मानिसहरुलाई पनि गोलि लाग्यो र मरे । टाउकोमा गोलि लागेको मेरो साथिलाई लखनऊमा लगेर उपचार गराईयो र ऊ बाच्यो । लखनऊबाट फर्के पछि थाहा भयो हात र खुट्टामा गोलि लागेको अर्को व्याक्तिको चाहिँ मृत्यु भयो । त्यसै दिनदेखी मलाई यो जगत चलाउने कुनै अर्को अदृश्य शक्ति छ या भगवान छन भन्ने महसुस तथा बिश्वास भयो । तर कसरी र कहाँ प्राप्त हुन्छ भन्ने थाहा थिएन ।
✋यसै सिलसिलामा म ऊ शान्तिबाट शुरु गरेर योगि बिकासानन्दजी, स्वातिजी, स्वामी रामदेव महाराजबाट ज्ञान लिएर दुई वर्षसम्म योग साधना गरे तर डायबिटिजमा कुनै लाभ भएन । मलाई कसै गरे पनि परमात्मा प्राप्त गर्ने र उपचार गराउने कुनै पनि उपाए प्राप्त भएन ।
💞यसै सिलसिलामा "भक्ति के सौदागरको सन्देश" नमक पुस्तक मैले पाएँ । त्यो पुस्तक पढ्न सुरु गरे र मैले ब्रह्माका पिता, विष्णुकी माता एवं शंकरका हजुरबुबा को हुन ? भन्ने प्रश्नको उत्तर पाएँ । म यो देखेर स्तब्ध भएँ । त्यस पछि "भक्तिके सौदागरको शन्देश" एक दिनमा कैयौ पटक पढे । पुस्तक पढ्दा पढ्दै वेब साइड हेर्ने उत्सुक्ता जाग्यो । मलाई ज्ञानको भोक झन् झन् बढ्दै गयो र मैले अन्य पुस्तकहरु पनि पढे । गहरी नजर गीतामें, आध्यात्मिक ज्ञान गंगा, करौथा काण्डका रहस्य लगायत सम्पुर्ण हिन्दी पुस्तकहरु दुई वर्ष सम्म पढें । जब प्रमाणको रूपमा श्रीदेवी पुराण, महाभारत, रामायण, शिव पुराण, गरुण पुराण तथा गीता जस्ता ग्रन्थ पढेपछि जस्ताको त्यस्तै रूपमा प्रमाण पाएँ । त्यस्पछी मलाई सतलोक आस्रम जाने ईच्छा भयो । मलाई शास्त्र बिरुद्ध साधना गरिरहेका सबै धर्म गुरुहरु ढोंगी लाग्न थाल्यो । त्यसैले मैले सबै खालका आन (अहं) पूजा तथा उपासना छोडिदिएँ ।
💍कबिर (कबिर साहेब) को कृपाले कार्यालयको कामले पंजाब प्रान्तको भटिण्डा जाने अबसर मिल्यो । म अमृतसरबाट चण्डिगढ जाँदा जिंदबाट हिसार आउन चाहें तर किसान आन्दोलनका कारण भटिण्डा नै फर्किए । फेरि अमृतसरबाट फर्कदा आस्रममा म कसरी अाऊँ भनेर फोन गरे । अम्बालाबाट बसमा बरवाला(सतलोक आस्रम) आउने सल्लाह पाँए । किनकी त्यो बाटो खुल्ला थियो । तर म अम्बालाबाट निकै अगाडी आईसकेको थिए । अनि कुरुक्षेत्र हुँदै आफ्ना तीन जना साथिहरुलाई छोडें र भाडाको ट्याक्सी लिएँ । मलाई परमात्मा स्वरुप दुतले साझँ सतलोक आस्रममा पुर्यायो । आस्रममा नामदान (दिक्षा), खानपिनको प्रबन्ध तथा बस्ने व्यबस्था नि:शुल्क भएको थाहा पाए ।
💑म सन्त रामपालजी महाराजबाट नामदान तथा उपदेश लिएर दिल्ली हुँदै काठ्माण्डौ फर्के । त्यसपछी मैले परमात्मा(पुर्ण ब्रह्म)को चमत्कार देखे । परिक्षण गराउदा मैले आफ्नो डाएबेटिज सामन्य पाँए । त्यसै दिनबाट मलाई सन्त रामपालजी स्वरुपमा कबिर साहेबजी सन्त रामपालजी महाराजको स्वरुपमा सतलोक आस्रम चण्डिगढ रोड, बरवाला, हिसार जिल्ला, हरियाणा(भरतमा)मा बिराजमान हुनुहुन्छ भन्ने पुर्ण विश्वास भयो । त्यस दिनबाट म डायबिटिजको उपचार सद गुरु रामपालजी महाराजको कृपा भक्ती रुपि औषधिले गर्न थाले । एक महिना पछि पुरै परिवारले सतलोक आस्रम बरबाला गएर नाम दीक्षा लियौ ।
✌त्यसपछी मेरो जिवनमा एक अद्भुत चमत्कार भयो । मेरो सरुवा कठ्माण्डौमा भयो । अनि नेपालमा हुने ज्ञान गंगा पुस्तक सेवामा सरिक हुन थाले । बिस्तार बिस्तार समाजमा सदगुरुको अमृत दया वर्षन थाल्यो र नेपालमा सदगुरुदेवको ज्ञान प्रचार प्रसार जोड तोडका साथ हुन थाल्यो । थुप्रै भक्तजनहरु सत्लोक आस्रम पुगेर उपदेश प्राप्त गर्न थाले ।
💘म सबै दाजुभाई, दिदिबहिनी एवं भक्त समाजसंग हात जोडेर प्रारथना गर्न चाहन्छु तपाईहरु नक्कली गुरु तथा महामण्डलेश्वर स्वामी आदिका चक्करमा नपरी विवेकपूर्ण निर्णय लिदैं पुर्ण परमात्माको भक्तिको लागि सतलोक आस्रम चण्डिगढ रोड, बरबाला, हिसार जिल्ला, हरियाणा(भारत)मा जनुहोस र बहुमुल्य समय खेरा नफाली छिटो भन्दा छिटो नाम दीक्षा लिएर आफ्नो कल्याण गराउनु होस । ज्ञान गंगा, धर्तिमा अवतार पुस्तक एवं CD/DVD बाट सतसंग पढ्नुहोस/सुन्नुहोस अनि निष्पक्ष तरिकाले मनन गर्नुहोस ।
💔शास्त्रसम्मत रुपमा वेदहरु तथा गितामा दिएका प्रमाणहरु पढेर कुन सन्त योग्य छन वा अयोग्य छन, जसले सत ग्रन्थको आधारमा ज्ञान बताउछ ऊ नै तत्वदर्शी सन्त हुन सक्छ, भन्ने कुराको आफै निर्णय गर्नुहोस । सत ग्रन्थको आधारमा ज्ञान बताउने सन्त रामपालजी महाराज सतलोक आस्रम चण्डिगड रोड, बरवाला, हिसार जिल्ला, हरियाणा(भारत)मा बस्नु हुन्छ । उहाँबाट नाम दान लिएर आफ्नो र परिवारको उद्धार तथा कल्याण गराउनुहोस ।
