Tuesday, March 14, 2017

परमातमाको शरण मा आइ पुग्दासम्म्को मेरो बिगत को अध्यात्मिक यात्राको शेरोफेरो ।सत साहेब।

अतीत देखि बर्तमान सम्म हेर्दा।

परमात्माको अशिम कृपा ले जीवन देखि बैराग्य जागेको अवस्था 2058-11 महिनामा 19 वर्ष को उमेर मा कारण किशोरावस्था शुरु 13 वर्ष को उमेर देखि 19 वर्ष सम्म त्यस पछिको समय युवा अवस्था हो।किशोरावस्था शुरु लगतै एक महिला साथी सङग परिचय शुरु भयो। साथिको रुपमा हासो ठट्टा गर्दै युवा अवस्था (teen age) को कारण कुन वेला एकोहोरो प्रीती बस्यो थाहै भएन ।सायद प्रकृतिको नियम नै यस्तो छ कि विपरीत लिङ्गी एक अर्का प्रति आशक्ती एकोहोरो मन परेपनी त्यो मेरो मन मै मात्र सिमित थियो ।यो क्रम 19 वर्ष लाग्दा यानी युवा अवस्था teenage को अन्तिम अवस्था सम्म रहयो यश समय मा अवगत भयो कि उनको अरु नै कुनै सङग दोहोरो (दुई थर्फी) प्रीती बसेको रहेछ ।यो जानकारी मलाई भए पछि प्रेम भनेको पाउनु मात्र हैन गुमाउनु पनि हो। यदि मैले साच्चै कै मनपराएको भए उनको खुशी आनन्द मा मैले खुशी मनाउनु पर्छ, 

                             यस्तो सोचाई मन मा आउथ्यो तर जीवन मा जुन उत्साह उमंग थियो त्यो युवा अवस्थामा रहेन संसार विरक्त लाग्न थाल्यो युवा अवस्थामा। जुन जोश जागर हुनुपर्ने हो त्यो त्यति रहेन ।जीवन देखि विरक्त लाग्न थाल्यो जीवनको रहस्य बुझ्न मन लाग्यो ।जीवन देखि विरक्तिएको अवस्थामा रेडियो मा यस्तै जीवन दर्शन सम्वन्धी कार्यक्रम हरु सुन्न थालियो । त्यस ताका H.B.C Fm मा कठित युवा दार्शनिक विकाशानन्द को प्रवचन खुब सुनियो।उहाको आकर्शक प्रवचन र विचार देखि प्रभावित भएर उहाँ बाट 2063मा रेकि प्रथम दीक्षा लिएर साधना गरीयो 21 दिनको ।यसरी मेरो नैरास्य जीवनको आध्यात्मिक यात्रा को थालनी भयो ।उहाँ मोक्ष को ( मुक्ती) कुरा गर्नुहुन्थ्यो रेकि प्रथम कोर्स पूरा गरि हठ योग दैनिक जसो गर्न थालियो । जीवन देखिको वैराग्यपन झन बढ्न थाल्यो । 

                                       साधु शन्त हरुको सङ्गत गर्ने क्रममा रजनीश जी (ओसो) को एक जना चेला सङ्ग भेट भयो र उहाद्वारा  प्रतिपादित शास्त्र विपरीत साधना गर्न थालियो । यो विकाशानन्द को प्रवचन र उहाँ को साधना भन्दा धेरै सहज र तनाव मुक्त (अस्थाई) गर्ने ध्यान विधि थियो। तर थियो शास्त्र विपरीत नै । करीव यो साधना को साथ 2 बर्ष सम्म लगातार गर्दै रहियो।आध्यात्मिक रुपमा मानसिक विचार परिपक्क हुँदै गइरहेको अवस्था थियो।उहाको यो साधना ले थोरै रुपमा भएपनी मानसिक शान्ति प्रदान गर्थ्यो भने रेकि साधना र विकाशानन्द को प्रवचन ओसोको अगाडि फिक्का लाग्न थाल्यो र छोडे पनि। ओसोको प्रवचन CD ,DVD तथा मेमोरी कार्ड लगाएत tv chanel मा धेरै भन्दा धेरै सुन्न थालियो । यसै क्रममा उहाले माहात्मा बुद्ध को प्रशंसा गर्दै बुद्धका भिक्षुहरुलाई भोजन दान गर्दा धेरै आध्यात्मिक लाभ हुने भनेकोले भिक्षुहरुको खोजीमा लागियो। भक्तपुर मुनीविहार मा केही पल्त गए पछि त्यहाको भिक्षु प्रमुख लाई भेतियो। दान पनि गरीयो र उहाँ मार्फत बुद्ध को जानकारी पनि धेरै पाईयो र उहाँ को उपदेश लगाएरत उहाँ बाट प्रतिपादित शास्त्र विपरीत साधना विपस्यना ध्यान जानकारी भयो। 

                               2065-7 मा मैले बिपस्यना ध्यान सत्यनाराण गोयन्का बाट CD मार्फद बिपस्यना शिविर बुढा निल्कन्थ (शीवपुरी डाडा ) मा सिके। साधना दस दिवसिय थियो ।जीन्दगीमा पहिलो पटक परमार्थामा( लागि) दस दिन घर परीवार सबै छाडि जंगलमा आर्य मौन ( नवोलीकन ईसारा सम्मपनी गर्न नपाईने) हठ योग पालना गरि 10 दिन सन्यासी भिक्षु को रुपमा जीवन मै पहिलो पटक साधु जीवन दस दिनको शन्त जीवन यापन गरीयो। विपस्यना साधना पश्चात् जीवन मा मानसिक रुपमा धेरै सकारात्मक परीवर्तन आयो। विपस्यना साधना पश्चात् रजनीस जी (ओसो) को साधना पनि फिक्का लागन थाल्यो। विपस्यना साधना पश्चात् मेरो जीवन मा आध्यात्मिक परीवर्तन क्रान्तिकारी रुपमा भयो। माहात्मा बुद्ध भन्नू हुन्थ्यो यो सन्सार दुख को खानी हो।यो वाक्यले सन्सार बाट झन बिरक्त हुन्थे र विपस्यना ध्यान बाट मुक्ती यानी निर्वाण पाईन्छ भनेर बदो लगन का साथ गर्दै विपस्यना साधना ( शास्त्र विरुद्ध हठ पुर्बक गर्ने साधना थियो तर पनि गरे विपस्यना ध्यान स्वासलाई अनुभव गर्दै शुरुहुने ध्यान भएकोले स्वास्को सुमिरण गर्दा बदो मानसिक शान्ती प्राप्त हुन्थ्यो गरुन्जेल।विपस्यना साधना विहान बेलुका गरे पनि मन ले केही अर्को नै खोजी गरि रहेको थियो (यो साधनाले पुर्णमुक्ती नहुने भएकोले वास्तविक मुक्ती निर्वाण हुने साधनाको खोज आत्माले गरीराखेको थियो।। आत्माले परमात्मा स्वरुप बन्दी छोद सत्गुरु रामपाल जी माहाराज बाट दीक्षा चाहिँ राखेको थियो।)

वास्तविक मुक्ती को मार्ग वास्तविक साधना को खोज आत्माले चाहेको थियो।खोज यथावत नै थियो तर विपस्यना चाहिँ गर्दै थिए भने विपस्यना साधना थालेपछी अगाडिको साधना हरु छोडे। खोजीकै क्रममा श्री श्री रवीशन्कर जी को ध्यान साधना जो विल्कुलै शास्त्र विरुद थियो 2068-1-17 मा उहाँ दारा प्रतिपादित शास्त्र विरुद्ध साधना सुदर्शन चक्र ध्यान को अनुभव पनि गरीयो ।तर विपस्यना को अगाडि विल्कुलै फिक्का थियो।र उहाको ज्ञान् पनि माहात्मा बुद्ध को ज्ञान् को अगाडि फिक्का थियो। यस्तै साधुहरुको सङ्गत गर्ने क्रममा कृपालु जी को आश्रम पनि धाईयो, आसाराम को ज्ञान् पनि सुनियो, ब्रम्हकुमारी ज्ञान् को सातदिने कोर्स पनि गरीयो 

2069-03-28 मा हठ योगी पायलत बाबा(कपिल अदैत) सग भेटेर दुई शब्द कुरा गर्ने मौका पाए।त्यस्को भोलि पल्त उहाँ बाट मन्त्र दीक्षा पाए जो शास्त्र विरुद्ध थियो।  उहाँ बाट पाईने मन्त्र जप्नुको साथै बिपस्यना पनि गर्थे ।तर विपस्यना ध्यान को अगाडि यो मन्त्र दीक्षा पनि मलाई फिक्का लाग्न थाल्यो।उहाँ ले कुनै मर्यादा बनाउनु भएको थिएन ।मात्र यो मन्त्र जप्नु भनेर कान मा भनेको थियो।। उहाको अन्तिम लक्ष्य जोत निरन्जन सम्म मात्र थियो। यश भन्दा माथिको ज्ञान् उहालाई जानकारी सम्म पनि थिएन जस्तो मलाई लाग्छ।उहालाइ दुर्गा र नीरन्जन ले अपार सिद्दि दिनुभएको ले यश उपलब्धी मै सन्तुस्त देखिन्थ्यो। उहाले भनेको मन्त्र मैले चार महिना सम्म करिब 1 घन्ता को हिसाब ले जपे। 

               यश अवस्था सम्ममा मैले बन्दी छोद सत्गुरुरामपाल जी माहाराज को जानकारी हुनुका साथै suprim god कबीर साहेब को जानकारी लगाएत सत्लोक देखि अकह लोक सम्मको जानकारी भएको पुस्तक ज्ञान् गङगा मेरो हात मा परीसकेको थियो। मनमा वास्तविक मुक्ती निर्वाण को अभिलाषा यथावत थियो। वास्तविक भक्ती को खोज यथावत थियो । (ग्यान गङ्गा पुस्तक हात मा परेपनी पढ्न चाहिँ हातमा परेको करीब 6 महिना पश्चात् मात्र अध्यन गरेको थिए ) भने विपस्यना साधना यस्तो थियो कि भोकाएको मान्छे लाई बासी रोटी अथवा केही नमिथो खानेकुरा पाउँदा भोक लाई केही राहत दिए जस्तो मात्र थियो। परमात्मा प्राप्तिको शास्त्र अनुकुल साधना वास्तविक साधना तत्वदर्शी सन्त (परमात्मा) सत साहेब को खोज चाहिँ यथावत नै थियो।आत्मा परमात्मा मा विलय हुने वास्तविक साधना शास्त्र अनुकुल साधना मैले 2070-03-02मा बन्दी छोद सत्गुरुरामपालजी माहाराज जी बाट नाम दीक्षा पाएपछी पूरा भयो। यश साधना प्राप्त भए पछि परमात्मा स्वरुप सत्गुरु बन्दी छोद रामपालजी माहाराज को अशिम कृपाले मैले उहाले दिनु भएको भक्ती मर्यादमा रहिपुरानो सबै साधना लाइ त्यागी दिए जो शास्त्र विरुद्ध थियो मेरो परमात्मा प्राप्ती को वास्तविक साधना र सत्गुरुको खोज अब पूरा भैइ सकेको थियो। सत्गुरु बाट नाम दीक्षा पाए पछि यश सन्सारको सम्पुर्ण जन्जाल युक्त संस्कार हरु त्यागे ।यश संसार को लागि अब म मानसिक रुपमा मरे यानी संसार त्यागे। बन्धन हरु पुरानो जो पुर्व जन्मको संसार बाट जुधन आएको थियो ।नाम दीक्षा लिएपछीमानसिक रुपमा त्यो पनि मुक्त भयो ।यो साधना प्राप्त भएपछी वास्तविक निर्वाण को शास्त्र अनुकुल साधना मन लगाएर गर्न थाले। आत्माले वास्तविक परमात्मा जानीयो परमात्मा प्राप्तिको वास्तविक बाटो (भक्ती) सत्गुरुको मार्फत प्राप्त भयो। अब पहिलाजस्तो अतृप्त मन रहेन ।मानसिक सान्ती हुन थाल्यो। मनको माया प्राप्ती को दौद मा पनि निकै कमी भयो।

सत साहेब बन्दी छोद सत्गुरुरामपालजी माहाराजकी जय हो।।


कृष्ण सुन्दर दास  (कर्मचार्य )
भक्तपुर, सुर्यविनायक
9860116214 


From
https://www.facebook.com/groups/228698344143724/permalink/433393380340885/







No comments:

Post a Comment