Thursday, March 9, 2017

सदगुरुदेवको कृपाले जिवनदान !!!

म भक्त हरिगोबिन्द सिराहा जिल्ला, 


मिर्चिया, गा.बि.स. वार्ड नं. 3 थाना चोक नेपाल निवासी हुँ । मेरो जिवनमा प्रभुको अनुकम्पाले भएको चमत्कार केही शब्दमा बयान गर्ने कोसिस गर्दै छु । म बि.सं. 2067 जेष्ठ 21 गते आफ्नो आँपको बगैचामा रुखबाट आँप टिपेर ओर्लदै थिए । करिब सात फिटमाथि रुखको जुन हाँगामा म उभिएको थिए, एक्कासि त्यो हाँगा भाँचियो र म जमिनमा पछारिए । हुन त खेतको माटो बलौटे थियोे र म धेरै माथिबाट पनि खसेको त थिएन, तर मेरो शरीर हलचल गर्न नसक्ने भयो । मलाई त्यहाँबाट स्थानीय हाड-जोर्निको डाक्टर कहाँ लगियो । एक्सरे पछि थाहा भयो कि मेरो ढाड(मेरुदण्ड) को हाड भाँचिएको रहेछ । डाक्टरले भने यस्तो अवस्थामा तुरुन्त पक्षघात (लकवा) हुन सक्छ तर आश्चर्य छ कि तिम्रो खुट्टाले भने काम गर्दैछ । मलाई राता-रात एम्बुलेन्सद्वारा काठमाडौं पुर्‍याइको । काठमाण्डौको वीर अस्पतालमा मेरो कान्छो सालो डाक्टर थियोे । बाटोमा आउँदा उ सधैं खुट्टा चल्छ कि चल्दैन भनेर सोध्ने गर्थ्यो ? मेरो दुबै खुट्टा चल्दथ्यो । काठमाडौं पुगे पछि पुनः एक्सरे गरियो । त्यहाँ पनि ढाड(मेरुदण्ड) को हाड भाँचिए पनि दुबै खुट्टा चलिरहेको देखेर डाक्टरहरु आश्चर्यमा परेका थिए । सामान्यतया ढाडको हाड भाँचिए पछि दुबै खुट्टामा पक्षघात हुन्छ । तर मेरा खुट्टा भने ठिक थिए ।


डाक्टरहरुलाई शंका भयो कि हाडमै कुनै खराबी छ होईन भने यति कम उचाईबाट खस्दा ढाडको हाड नभाँचिनुपर्ने हो । यसैले मेरो हाडको बिशेष जाँछ गराइयो तर मेरो हाडमा कुनै खराबी भेटिएन । डाक्टरहरुले तीन महिनासम्म वेड रेष्ट (सुतिरहने) सल्लाह दिए । मैले ओछ्यानमै खाना खानु, नुहाउनु र दिशापिसाब गर्नुपर्थ्यो । यस्तो स्थितिमा आफुलाई घोर नरकमा परेको अनुभव गर्थें । मलाई फेरि एम्बुलेन्समा राखी घर ल्याइयो ।

मेरो परिवार खुशी थियोे । म स्थानीय राजनीति संगै सानो तिनो व्यपार गर्दथे । मेरो हजुर बुबा धार्मिक प्रवृतिका मानिस हुनुहुन्थ्यो । सात बिघा जग्गा दान दिएर पैतृक गाउँ मनहर्वामा रामजानकी मन्दिर निर्माण समेत गर्नु भएको थियो । मेरो बुबा पनि वैष्ण थिए । पूजा पाठमा विस्वास गर्दथे । म पनि वैष्णव थिए तर राजनीतिमा लागेर केही वर्षदेखि माछा मासु खान थाले जस्मा पत्निले पनि साथ दिन्थिन । मैले आफुलाई आनन्दित ठानेको थिए ।

मेरो आदरणीय ससुराजी (भक्त राम चरीत्र दास) सन 2008 अगस्तमा नै सदगुरु रामपालजी महाराजको शिष्य भै सक्नु भएको थियो । उहाँको प्रेरणाले नै मेरि पत्निले पनि सदगुरुबाट नाम दान (उपदेश) लिईसकेकी थिइन् । तर मलाई त्यो मन परेको थिएन । मेरो घरमा कलह सुरु हुन लागेको थियोे । घरमा स्थानीय पर्व तिहार, देवि देवताको पूजा बन्द भैसकेको थियोे । मलाई माछा मासु खान पनि अप्ठ्यारो महसुस हुन्थ्यो । विभिन्न कारणले रामपालजी महाराजको घोर बिरोधी भए । मेरो ससुराले मलाई उहाँको (रामपाल महाराजको) CD हेर्न तथा "भक्ती सौदागरको सन्देश" पुस्तक पढ्न दिनुभएको सल्लाह ठिक लाग्दैनथ्यो । प्रस्तुत घटना पछि म यो निष्कर्षमा पुगेकि मेरो यो दुर्गती मेरो ससुराजी र मेरी पत्नीको कारणबाट भएको हो । किनकि मेरो घरमा गृह देवता र अन्य देवतहरुको पूजा बन्द भएको कारणले नै यस्तो घटनाहरु भएका हुन । म अलि उग्र स्वभावको भएकोले म ससुराजी तथा सदगुरु रामपालजिको सम्बन्धमा हाकाहाकी नराम्रा कुराहरु बोल्न थाले ।


म जीवन देखि निराश भैसकेको थिए । मलाई लाग्थ्यो कि अब म जिवनमा कहिल्यै पनि हिडडुल गर्न सक्दिन होला । मेरा तीन छोराहरु पढ्दै छन । पत्नी पनि मेरै सेवामा लाग्नु परेको छ र पसल पनि बन्द छ । फेरि यो नरकमा जस्तो बाँच्नु भन्दा मर्नु नै जाति । मैले निराशबश बिस्तारै खानेकुरा कम गर्न थाले । वास्तवमा केहि खाने चाहना नै मरिसकेको थियोे । तर परमात्माको लिला अरुनै रहेछ ।

यसै बिच एकदिन मेरो ससुराजी आउनु भयो । उनले मेरि पत्निलाई कुनै किसिमले उनलाई (मलाई) "भक्ती सौदागर सन्देश" पुस्तकको " भट्कोको मार्ग विषय" आफै सुन्ने बहाना बनाएर पढ्न लागाऊ भनेर सम्झाए । उनले त्यसतै गरिन । "भट्कोको मार्ग विषय" पढेपछी यस्तो लाग्यो कि यदि परमात्माको कृपा भयो भने म पनि ठिक हुन सक्छु । मेरो जिवनमा बाँच्ने आकांक्षा फर्केर आयो । मैले पुरै किताब पढे । मेरो ससुराजी जब गुरु दर्शनको लागि सतलोक आश्रम बरवाला जान लाग्दा छोरी (मेरि पत्नि) लाई फोन गर्नु भयो । हुन त मैले धेरै अगाडि देखि नै ससुराजिसित फोनमा कुरा गर्न छोडिसकेको थिए । तर मैले आफै उनलाई फोन गरि अब मलाई पनि सबै कुरा थाहा भैसकेको छ, म गलत थिए, मलाई क्षमा गरिदिनुहुस र पुज्य गुरुदेवसित मेरो लागि क्षमा माग्नुहोला । म पनि उहाँको शरणमा जनेछु भने । उहाँ फर्केर आएपछी म यस्तै हालतमा सदगुरुदेवको दर्शनको लागि मलाई लैजाने भनें । तर उहाँले 3 महिना भन्दा पहिला लैजान मनाही गर्नुभयो । पहिला म पलंगमा कोल्टे फेर्न पनि सक्दैन्थे तर अहिले कोल्टेफेर्न सक्छु । तीन महिना पछि म उठेर बस्न थाले । दुई जनाको सहरा लिएर उभिन पनि सक्ने भए । तर मेरा दुबै खुट्टा सुन्निन थाले र पुरै शरिरमा असह्य पिढा हुन्थ्यो । डाक्टरहरुले सुरुमा यस्तै हुन्छ, एक हप्ता जतिमा ठिक हुन सक्छ भने । स्थानिए डाक्टरले भने अब तिमिले एक वर्षसम्म वेल्ट लगाई राख, ज्यादा हिड्डुल गर्न हुँदैन । कुनै किसिमले वजन उठाउन हुँदैन । मोटरसाइकल त चलाउनै हुदैन ।


मेरो ससुराजी मलाई बर्वाला लैजानकोलागी आउनु भयो तर सबैले नजाने सल्लाह दिए । काठमाडौंको डाक्टर र स्थानीय डाक्टरहरुले पनि नजानकालागी निर्देशन दिँदै मेरुदण्डको हाड अहिले सम्म राम्ररी सेट भैसकेको छैन भने । यसको यात्रा जोखिम पुर्ण हुन्छ । यदि बाटोमा केही भयो भने जिवनभर आफुलाई माफ गर्न सक्दैनौ । मेरा ससुराजिले सदगुरुदेवले भाँचिएको पनि जोड्नु हुन्छ भने यति धेरै चिन्ता किन ? भन्नुभयो । फेरि लिएर आउनु भन्ने गुरुदेवको आदेश पनि छ । दुई जनाको सहाराले म बसमा चढें फेरि ट्रेन र बसद्वारा म बरवाला पुंगे । बाटोमा कुनै समस्या परेन । सतलोक आश्रममा आएर मैले नामदान प्राप्त गरे । आश्रममा आएपछि पूज्य सदगुरुदेवजिको प्रथम पटक दर्शन प्राप्त भयो र उँहाले आशीर्वाद दिना साथ पिडा समाप्त भयो । म रोएर आफुले गरेका कर्मको लागि क्षमा माग्न थाले । पूज्यगुरुदेवले भन्नुभयो कि मैले त तिमिलाई पहिलेनै क्षमा दिईसकेको छु, छोरा ! ठिक भइहाल्यौ अब भक्ती गर । रातमा म आफै दिशा पिशाव गर्न ट्वाइलेट गएँ । जब कि बाटोमा आउँदा ट्रेनमा मैले उभिएरै ट्वाइलेट गरेको थिए भने म पेन्ट लगाउन पनि सक्दिनथें । तर आश्रममा मेरो सुन्निएका गोडाहरु ठिक भयो र म आफै पेन्ट लगाउन सक्ने भएँ ।

आश्रमबाट प्रस्थान पुर्व मैले पूज्य गुरुदेवसित मोटरसाइकल चलाउन आज्ञा मागे । पूज्य गुरुदेवले भन्नू भयो कि जाऊ बाबू, गजबले चलाउ अब तिमी पुर्ण रुपले ठिक छौ । म पुर्ण रुपले ठिक भैसकेको थिए । मलाई पक्षघात नहुनुको कारण अब थाहा भयो । मेरि पत्नी पहिलादेखिनै सदगुरुदेवबाट नाम लिएर जप गर्दै थिएन । सदगुरुदेवको अनुकम्पाले मेरो मृत्यु पनि टर्‍यो र पक्षघात पनि भएन । घर फर्के दोस्रो दिन देखि म मोटरसाइकल चलाउन थाले । गाउँमा सबै मानिस आश्चर्य चकित भए ।

अहिले म पुर्ण रुपले स्वस्थ छु । 35-40 KG समान उठाउदाँ पनि खासै केही समस्या हुदैन । अब मेरो पुरै परिवार सदगुरुदेवबाट नाम उपदेश लिएर आनन्दित छन । पसल पनि पहिले भन्दा गजबले चलेको छ । मेरो सुख देखेर मिर्चैया क्षेत्रका धेरै दु:खीहरु सदगुरुदेवबाट नामदान लिएर सुखी भैरहेका छन ।


प्रेमी पाठकहरु ! सदगुरु रामपालजी महाराजलाई मात्र रामपालजी नठान्नु होला । उहाँ त साक्षात पूर्ण ब्रह्म कविर परमेश्वरनै हुनुहुन्छ । कबिर सागर पृष्ठ नं. 136-137 मा वाणी लेखिएको छ कि:-

"द्वादश पंथ काल फुरमाना । भूले जीव न जाए ठिकाना ।।
वारहवे पंथ प्रकट होवै वाणी । शब्द हमारे कि निर्णय ठानी ।।
वारहवे पंथ हम हि चले आवैं । सव पंथ मिटा एक हि पंथ चलावे ।।"


अन्तत: प्रेमी पाठकहरु ! वर्तमानमा श्री सतलोक आश्रम, चण्डिगढ रोड बरवाला हिसारमा बन्दिछोड सदगुरु रामपालजी महाराजबाट सित्तैमा नामदान प्राप्त गरि आफ्नो जिवनमा रहेका कष्टहरु समाप्त पार्नुहोस । आनन्दमय जीवन बाँच्नुहोस र मोक्ष प्राप्त गर्नुहोस ।

सदगुरुदेवकी जय ।।

भक्त हरिगोभिन्द दास- 9842836877, 9802280661
सन्दर्भ सामाग्री: " ज्ञान गंगा"
From

No comments:

Post a Comment