Thursday, August 24, 2017

आध्यात्म ज्ञान बिना मनुष्यको जीवन अधुरो छ !!!!!!

यदि कसै संग अरबौं-खरबौं को सम्पत्ति भए पनि उसले आफ्नो जीवनमा कुनै न कुनै चिजको कमी महसूस गर्दछ। त्यसको पूर्तिको लागि मनुष्य पर्यटक स्थलहरुमा जाँदछ। त्यस समय उसलाई केहि राम्रो लाग्दछ तर त्यसबाट उसको पूरा जीवन राम्रो हुन सक्दैन, न यसबाट आत्म कल्याण नै हुन सक्दछ। दुई-तीन दिन पश्चात् पुनः त्यही दिनचर्या प्रारम्भ हुन्छ। त्यो कमी परमात्माको भक्तिको हो। यसको पूर्तिको लागि विश्वका धार्मिक मानवहरुले आ-आफ्नो परंपरागत साधना गर्दछन्।

यदि त्यो साधकको त्यो साधना शास्त्र अनुकूल भए त लाभ हुनेछ। यदि शास्त्रविधिलाई त्यागेर मनमाना आचरण अर्थात् मनमानी साधना गरेको भए गीता अध्याय 16 श्लोक 23-24 को अनुसार व्यर्थ छ। न साधकलाई सुख प्राप्त हुन्छ, न सिद्धि प्राप्त हुन्छ, न परम गति प्राप्त हुन्छ अर्थात् व्यर्थ साधना हो। केही श्रद्धालु कुनै गुरूबाट दीक्षा लिएर भक्ति गर्दछन्। यदि गुरू पूर्ण भए लाभ हुन्छ, नभए त्यो साधना पनि व्यर्थ छ।

तपाईहरुले यस पुस्तक ’’गीता तेरा ज्ञान अमृत’’ मा बुझ्नुहुनेछ कि

प्रमाणित शास्त्र कुन हो, जस अनुसार साधना गर्नुपर्छ? 
शास्त्रविधि अनुसार साधना कुन हो? त्यो साधना गर्ने विधि कस्तो छ? कुन महात्माबाट प्राप्त हुन्छ? 
पूर्ण गुरूको पहिचान के हो? यी सबै तपाईहरुले यस पुस्तकमा पढ्नु हुनेछ।

यो पुस्तकले विश्वका मानवहरुलाई एक गर्नेछ, जुन धर्महरूमा बाँढिएर आपसमा लड़ाई-झगडा गरेर मरिरहेका छन्। गीता शास्त्र कुनै धर्म विशेषको होईन। यो त मानव कल्याणको लागि त्यो समयमा प्रदान गरिएको थियो जतिबेला कुनै धर्म थिएन, केवल ’’मानव’’ धर्म मात्र थियो। मेरो नारा छ:-

जीव हाम्रो जाति हो, मानव धर्म हाम्रो।
हिन्दु, मुस्लिम, सिक्ख, ईसाई, धर्म छैन भिन्न।।

जस्तैः बाबा नानकजीको जन्म पवित्रा हिन्दू धर्ममा श्री कालूराम मेहताको घर खत्रि (अरोड़ा) कुलमा भएको थियो। श्री ब्रजलाल पांडेबाट श्री नानक देवजीले गीताको ज्ञान सम्झे र उनीद्वारा बताईएको भक्ति गरिरहेका थिए। श्री विष्णु तथा श्री शंकरजीको पूजा गर्दथे। अन्य सबै देवहरुको पनि भक्ति गर्दथे जुन हिन्दू धर्ममा वर्तमानमा चलिरहेको छ। श्री नानकजी सुल्तानपुर शहर जुन हाल पाकिस्तानमा छ, त्यहाको नवाबको मोदीखानामा नोकरी गर्दथे। शहरबाट लगभग आधा-एक कि.मी. टाढा बेई नदी बग्दथ्यो। प्रतिदिन श्री नानक देव साहेबजी त्यो दरियामा स्नान गर्न जाने गर्दथे। परमात्मा राम्रो आत्मा जुन दृढ़ भक्त हुन्छन, उनलाई भेट्दछन। अधिक प्रमाण तपाईले यसै पुस्तकमा पढ्नुहुनेछ।

त्यही विधान अनुसार परमात्माले श्री नानक देव साहेबजीलाई भेटे। उनलाई तत्वज्ञान बताए। सत्य साधना जुन शास्त्रनुकूल छ, त्यसको ज्ञान गराए। श्रीनानक देवजीको सन्तुष्टिको लागि उनलाई आफुसंग माथि आफ्नो शाश्वत् स्थान अर्थात् सच्चखण्डमा लिएर गए। सर्व ब्रह्माण्डको भ्रमण गराएर यथार्थ भक्ति विधि बताएर “सनातन भक्ति” को पुनः स्थापित गर्ने आदेश दिए। तीन दिन पश्चात् श्री नानकजी लाई वापिस जमीनमा छोड़िदिए। त्यस पश्चात् श्री नानकजीले हिन्दू धर्ममा चलिरहेको मनमाना आचरण बंद गरेर गीता शास्त्र अनुसार साधनाको प्रचार गरेर यथार्थ भक्तिको प्रचार गरे।

परमात्माको सत्य साधना गर्नको लागि सर्वप्रथम ’’गुरू’’ हुनु अति अनिवार्य छ। यसैको पालना गर्दै श्री नानकजीले “शिष्य’’ बनाउन शुरू गरे, स्वयं उनी गुरू पदमा विराजमान थिए। श्री नानकजीको शिष्यहरुलाई पंजाबी भाषामा सिक्ख भनिन्छ। जुन कारणबाट उनको अलग पहिचान भयो र वर्तमानमा उनै अनुयाईहरको समूहले धर्मको रूप लिए। हिन्दू तथा सिक्ख आपसमा धर्मको नाममा लड़ेर मर्छन्, यो विवेकको कमी हो।

विवेचन:- भक्ति कुनै पनि गर, त्यस्को लागि गुरू बनाउनु आवश्यक छ। गुरू पनि त्यस्तो गुरू हुन जस्ले आफ्नो मुख कमलबाट तत्वज्ञान तथा साधना विधि बताउन्। हिन्दुमा अधिकांश बिना गुरूको नै आफ्नो परंपरागत साधना गर्दछन्। यहि बिग्रेको रूपको श्री नानकजीले परमात्माबाट प्राप्त ज्ञानबाट ठीक गरेका थिए। वर्तमानमा सिक्खमा पनि त्यस्तो गुरूको अभाव छ। सूक्ष्म वेदमा भनिएको छ (सूक्ष्म वेद के हो, तपाईले यस पुस्तकबाट जान्नुहुनेछ) कि:-

राम-कृष्ण से कौन बड़ा, उन्होंने ने भी गुरू कीन्ह। 
तीन लोक के वे धनी, गुरू आगे आधीन।।
भावार्थ:- जुन हिन्दू श्रद्धालु बिना गुरूको मनमाना आचरण गर्दछन्, उनिहरुलाई भनिएको छ कि तपाईले श्री राम तथा श्री कृष्णजी भन्दा ठुलो त कसैलाई पनि मान्नुहुन्न। ती तीन लोकका धनी अर्थात् मालिक भएर पनि गुरू धारण गरेर भक्ति गर्ने गर्दथे तथा आ-आफ्नो गुरूदेवको चरणमा दण्डवत् प्रणाम गर्ने गर्दथे। तपाईको के औकात छ, तपाई बिना गुरू भक्ति गरेर कल्याण चाहनुहुन्छ। 

सूक्ष्मवेदमा फेरि भनिएकोछ:-
कबीर, गुरु बिन माला फरते, गुरु बिन देते दान। 
गुरु बिन दोनो निष्फल हैं भावै पूछो वेद पुराण।।

यस पुस्तकमा तपाईलाई अरु पनि अनेक भक्तिको यथार्थ ज्ञान तथा साधनाको ज्ञान हुनेछ। म आशा गर्छु कि यो पुस्तकले मानव कल्याण गर्नेछ। मेरो परमेश्वरलाई विनय छ कि हे परमात्मा! म दासको यस प्रयत्नलाई सफल गर्नुहोला। सबै प्राणी तपाईको बच्चा हुन, तपाईको आत्मा हुन। यीनिहरुले यथार्थ भक्ति मार्ग बुझुन् र सबै मानवले आफ्नो जीवन धन्य बनाउन। विश्वमा शान्ति होस।

दिनः– 08/09/2012 
लेखकः-संत रामपाल दास महाराज
सतलोक आश्रम बरवाला, हरियाणा (भारत)।

पुस्तक डाउनलोड गरेर अवश्य पढ्नुहोला। राम राम।। सत साहेब।। जय बन्दिछोढकी।।http://www.jagatgururampalji.org/click.php?id=1

No comments:

Post a Comment