Thursday, August 24, 2017

अध्यात्ममा मूल रूपमा पूज्य, पूजा, साधक तथा साधना शब्द आउने गर्छ, जस्लाई बुझ्नु अनिवार्य छ। यसको साथ-साथै आध्यात्म ज्ञान धेरै महत्वपूर्ण छ, यसलाई जान्नु आवश्यक छ।

अध्यात्मको भित्र केहि गहन कुरा हुन्छ जस्लाई ठीक तरिकाले नसमझेर गुरू वर्गले भ्रमित ज्ञान प्रचार गरेर अध्यात्मको स्वरूप नै बिगारेका छन्। उदाहरणको लागि:- आज सम्म हिन्दू धर्मका गुरूजन-संतजन, आचार्य तथा शंकराचार्यलाई थाहा छैन कि श्री ब्रह्माजी, श्री विष्णुजी तथा श्री शिवजीको माता-पिता को हुन? तपाईलाई यसको जानकारी पनि यसै पुस्तकबाट हुनेछ। धैर्यका साथ पढ्नुहोला।

अध्यात्ममा मूल रूपमा पूज्य, पूजा, साधक तथा साधना शब्द आउने गर्छ, जस्लाई बुझ्नु अनिवार्य छ। यसको साथ-साथै आध्यात्म ज्ञान धेरै महत्वपूर्ण छ, यसलाई जान्नु आवश्यक छ।

पूज्य:- परमेश्वर जस्लाई हामिले प्राप्त गर्ने इच्छा राख्छौ।

पूजा, अर्थात भक्ति:- जुन परमेश्वरलाई हामिले प्राप्त गर्न चाहन्छौ। उसको गुणको ज्ञान हामिलाई थाहा हुन्छ, फेरि उसको प्राप्तिको लागि भएको तड़फ, समर्पण, आस्था, अटूट श्रद्धालाई पूजा भनिन्छ।

साधक:- परमेश्वरको प्राप्तिको लागि कमर कसेर प्रयत्न गर्नेवाला व्यक्तिलाई साधक भनिन्छ, यसलाई पुजारी पनि भन्न सकिन्छ तथा भक्त पनि।

साधना:- परमेश्वर अर्थात पूज्य पदार्थको प्राप्तिको लागि गरिने प्रयत्नलाई साधना भनिन्छ।

उदाहरण:- जस्तै: कसैलाई पीउने पानीको आवश्यकता छ, उसलाई ज्ञान भयो कि पृथ्वीको भित्र पीउने मीठो पानी छ, यसको पूज्य पदार्थ पानी भयो। यसलाई प्राप्तिको लागि गरिने प्रयत्नलाई ‘साधना‘ भनिन्छ। जस्तै बोकी लगाउनु, पाईप जमीनमा गाड्नु, फेरि माथि ह्याण्डपम्प लगाकर ह्याण्डलबाट पम्प चलाए पछि बल्ल पानी प्राप्त हुन्छ। पानी पूज्य भयो, यसको इच्छा गर्नेवाला भक्त साधक भयो। यसलाई पाउनको लागि जुग प्रयत्न मजदूरी गरियो त्यो साधना भयो। पानी प्राप्तिको इच्छा ‘पूजा‘ हो। साधनामा प्रयोग गरिने उपकरण पूज्य हुदैनन् तर आदरणीय हुन्छन्। उसलाई विशेष ध्यान रखिन्छ।

अन्य उदाहरण:- जस्तै पतिव्रता स्त्री आफ्नो पति संग स-परिवार (Joint Family) मा रहन्छे। त्यसमा सासु-ससुरा, जेठाजु-जेठानी, देवर-देवरानी, नन्द तथा पति सबै हुन्छन, त्यस स्त्रीले पूजा त आफ्नो पतिलाई गर्दछे, तर सबैलाई यथोचित आदर गर्दछे। जब परिवार भिन्न-भिन्न हुन्छ त्यस समय उसले आफ्ना सबै सामान जुन बँटवाराको हिस्सेमा आयो, त्यसलाई उठाएर आफ्नो पतिसंग आफ्नो हिस्साको घरमा जान्छे, पहिला उनीलाई देखेर जेठाजु-जेठानीले सोच्दथे कि हामीलाई धेरै माया गर्दछे, देवर-देवरानीले सोच्दथे कि हाम्रो आफ्नै हुन हामीलाई धेरै चाहन्छिन् भाई तथा बहिनीको रूपमा। यसै प्रकार नंद सम्झिन्छिन कि हाम्रो लागि कुर्बान छिन्, हाम्रो प्रत्येक आवश्यकताको कति ध्यान राख्छिन, सासु-सुसुरालाई माता-पिताको तरह सम्मान गर्दछिन, उनिहरुलाई पनि बुहारी आफ्नो छोरीको समान प्यारी लग्छिन।

तर उनले पूजा आफ्नो पतिको गरिरहन्छिन। पतिवाला भाव कुनै अन्य पुरूषमा राख्दैनिन् तथा जुन माया पतिलाई गर्छिन, त्यो अन्यलाई गर्दैनिन्। तर आदर-सत्कार सबैलाई गर्दछिन्। जुन समय ती पतिव्रता स्त्री परिवारबाट भिन्न हुन्छिन तब आफ्नो हिस्साको चम्मा सम्म पनि उठाएर लैजान्छिन् र आफ्नो पतिको घरमा जान्छिन्। यस प्रकार साधकको परिवार, भक्तहरुको समूह तथा प्रभुहरुको दरबार हुन्छ।

तपाईलाई शंका हुनेछ कि प्रभु त एक नै सुनिएको छ, अनेक प्रभुहरुको के अर्थ भयो?

प्रभुको परिभाषा:- प्रभुको अर्थ छ स्वामी, मालिक, यसैको पर्यायवाची नाम हो राम, अल्लाह, रब, परमात्मा आदि-आदि हामिले यसलाई साहेब भन्दछौ। जस्तै: सरपंच साहेब, चेयरमैन साहेब, संसद साहेब, मन्त्री साहेब, प्रधान मन्त्री साहेब (प्रभु) यी सबैलाई साहेब भनिन्छ तर यीनिहरुको शक्तिमा धेरै अन्तर छ।

यस प्रकार:- एक ब्रह्मण्डमा “ब्रह्म” जस्लाई क्षर पुरूष भनिन्छ, यी पनि प्रभु हुन। यी 21 ब्रह्मण्डको स्वामी हुन, एक ब्रह्मण्डमा सृष्टि जीवन चालू राख्दछन्। अन्य खाली रहन्छ जब एक ब्रह्मण्डको विनाश समय (प्रलय) हुन्छ तब दोस्रो ब्रह्मण्डमा जीवन शुरू गर्दछन्। यसको अधिक जानकारी यसै पुस्तकमा लिखीएको ‘‘सृष्टि रचना‘‘ विषयमा पढ्नुहुनेछ।

एक ब्रह्मण्डमा तीन लोक छ:- 1.पृथ्वी लोक जहाँ हामि रहिरहेका छौ। 2. स्वर्ग लोक, 3. पाताल लोक र एक ब्रह्मलोक पनि छ जुन यसबाट भिन्न छ। यी तीन लोकहरु तथा ब्रह्म लोकको मालिक मुख्य मन्त्री ब्रह्म अर्थात क्षर पुरूष हुन, यसको तीन पुत्र छन्, जस्लाई तीनै लोकहरुमा एक-एक विभागको मन्त्री बनाएको छ।

1. श्री ब्रह्मा जी रजगुण विभागको मन्त्री हुन अर्थात् प्रभु हुन।
2. श्री विष्णु जी सतगुण विभागको मन्त्री हुन अर्थात् प्रभु हुन।
3. श्री शिव जी तमगुण विभागको मन्त्री हुन अर्थात् प्रभु हुन।
उपरोक्त प्रभु एक ब्रह्माण्डमा बनेको उपरोक्त केवल तीन लोकको स्वामी हुन। हामिले गरेको कर्मको फल यी तीन प्रभुले नै दिने हुन, यसको लागि यी हाम्रो संसार रूपी परिवारको गणमान्य सदस्य हुन।

4. यीनिहरुको पिता ब्रह्म (क्षर पुरूष) एक्कीस ब्रह्मण्डको स्वामी हुन, प्रभु हुन।

5. अक्षर पुरूष:- यी 7 संख ब्रह्माण्डको स्वामी हुन, प्रभु हुन।
यी दुई पुरूषहरुको अर्थात् प्रभुहरुको वर्णन गीता अध्याय 15 श्लोक 16मा छ।

6. परम अक्षर पुरूष:- यी असँख्य ब्रह्माण्डको स्वामी हुन, प्रभु हुन। यी कुलको मालिक, जो सबै भक्तहरुको “पूज्य” छ, जस्कोको वर्णन गीता अध्याय 15 श्लोक 17, गीता अध्याय 18 श्लोक 62, गीता अध्याय 15 श्लोक 4 तथा गीता अध्याय 8 श्लोक 3,8,9,10 तथा 20,21,22मा छ।

यी परम अक्षर ब्रह्म संसार रूपी वृक्षको जरा (मूल) हुन, यसको प्रमाण गीता अध्याय 15 श्लोक 1बाट 4 तथा 17मा छ। अधिक जानकारी तपाईलाई यस पुस्तको “भक्तिबाट भगवान सम्म”मा ‘‘सृष्टि रचना‘‘ तथा अन्य स्थानहरुमा पढ्नुहुनेछ।

जस्तै: आपको बिरुवा रोपेमा जरामा पानि हान्नु गर्नु पर्छ, जरामा पानि हालेमा वृक्षको हाँगा-बिँगा, शाखाहरु तथा पात फल्ने-फूल्नेछ। बिरुवा ठुलो वृक्ष बनेर फल दिन्छ। फल वृक्षको शाखाहरुमा फल्छ।

सूक्ष्मवेदमा लिखिएको छ:-कबीर, अक्षर पुरूष वृक्ष का तना है, क्षर पुरूष वाकि डार।
तीनों देवा शाखा हैं, पात रूप संसार।।




संसार रूपी वृक्षको जरा अर्थात् मुख्य परमात्मा त परम अक्षर ब्रह्म हुन, जुन तीनै लोकहरुमा प्रवेश गरेर सबैको धारण पोषण गर्दछन, अक्षर पुरूष त्यसको तना(डाँठ) हुन, क्षर पुरूष मुख्य हाँगा हुन, तीन देवता (रजगुण ब्रह्मा, सतगुण विष्णु तथा तमगुण शिवजी) शाखा हाँगाहरु हुन र पात रूप संसार हो।

जस्तै: आपको बिरुवाको जराको पूजा गरेर वृक्ष बन्यो र आपको फल शाखाहरुमा फल्यो। यसै प्रकार हामिले पूजा त परम अक्षर ब्रह्मको गर्नु पर्छ तर आदर उपरोक्त सबै प्रभुहरुको गर्नु पर्छ। जब हामीले संसार छोडेर जानेछौ, आफ्नो मूल मालिकको साथमा उनको सनातन परम धाममा जानेछौ। फेरि कहिल्यै पनि यस संसारमा फर्किएर आउने छैनौ, यसबाट पूर्ण मोक्ष हुनेछ।

विस्तृत ज्ञान तपाईले यसै पवित्र पुस्तकमा पढ़्नुहुनेछ। यदि सच्चा लगन श्रद्धाले अमल गरेमा तपाईको 101 पीढ़ी पार हुनेछन्। यस पुस्तकमा “भक्तिबाट भगवान सम्म” पुग्ने शास्त्रानुकूल मार्ग छ। पढ्नुहोस र आफ्नो अनमोल मानव जीवनलाई सफल बनाउनुहोस्।
लेखक:संत रामपाल दास महाराज
सतलोक आश्रम बरवाला
जिला - हिसार, हरियाणा (भारत)

अधिक जानकारीको लागि पुस्तक डाउनलोड गरेर अवश्य पढ्नुहोला। राम राम।। सत साहेब।। जय बन्दिछोढकी।।

No comments:

Post a Comment