Monday, December 28, 2015

।। बाटो बिराएकालाई सतमार्ग ।। nepali me

।। बाटो बिराएकालाई सतमार्ग ।।
।।। सदगुरुदेवको अमृतमय दयाको वृष्टि ।।।
!! बन्दिछोड सदगुरु रामपालजी महाराजको जय !!
म भक्त श्याम दास (सापकोटा) मधवलिया-4 कोटिहवा, रुपन्देही, नेपाल निवासी हुँ । पेशाले म नेपाल सरकारको सह-सचिव पदमा भू तथा जलाधार संरक्षण बिभाग बबरमहल काठमाण्डौमा कर्यरत थिए । बि.सं. 2070/8/12 मा मैले अवकाश प्रप्त गरेको थिए । म कैयौ रोगहरुबाट ग्रसित थिएँ । अस्पतालका साथै ऊँ जाप तथा ध्यान पनि गर्ने गर्थे । ऊँ शान्ती (ब्रह्म कुमारिको राजयोग) को सात दिने तालिम पनि लिएको थिएँ तर पनि अस्पताल जाने क्रम रोकिएन । ध्यानमा बस्दा कहिले -काही श्री गणेशजी, ब्रह्मा-सबित्रीजी, विष्णु-लक्ष्मिजी, शिव-पार्वतिजी, बिभिन्न मानव, जनावर र बनजंगल, नदिनाला आदि देखिन्थे । तर पनि रोग संख्या दिनानुदिन बढ्दै गयो । जुन रोगहरुको बिवरण यसप्रकार छ:-
1) मेनिया:- म साईकेटिक भएर दुईपटकसम्म भर्ना भए । दुबै पटक धेरै औषधि दिइयो । जुन दिनमा तीन पटक औषधि खानु पर्दथ्यो ।
2) हात काम्नु:- मेर दुबै हातहरु जोडसंग काम्थे । जसकारले राम्रोसंग हस्ताक्षर गर्न पनि सक्दिनथें ।
3) आँखा कमजोर:- म -2.5 पावरको चस्मा लगाउँथे ।
4) पायल्स:- म दुई तीन वर्ष देखि यश रोगबाट ग्रसित थिए । आयुर्वैदिक तथा होमियोपैथिक औषधि खान्थे । केही समय ठिक हुन्थ्यो अनि फेरि ब्लीडिङ्ग सुरु हुन्थ्यो ।
5) युरिक एसिड:- मेरा दुबै घुँडा र जोर्निहरुमा ज्यादै पीडा हुन्थ्यो । मैले एलोपैथिक र आयुर्वैदिक औषधि गरे तर खासै प्रगती भएन । अहिले कहिले काहीँ मात्र अलिअली दुख्छ ।
6) ग्याष्ट्रीक:- धेरै अघिदेखी छाती र पेटमा ज्यादै जलन हुन्थ्यो । ड्राइफुड, चिल्ला खाने कुरा, चिया, चिसो खाने कुरा जस्ता खाँदा तत्काल जलन हुन्थ्यो । म बडो हैरान थिए । आयुर्वैदिक र एलोपैथिक औषधि खाएँ । एलोपैथिक औषधि त खाई नै रहनु पर्यो ।
7) ठूलो पेट:- पेट ठूलो भएको कारण पैदल हिड्दा चाडै थाक्थे । उकालो चड्न तथा 5 मिनेट पनि हिड्न सार्‍है कठिन हुन्थ्यो ।
उल्लेखित रोग तथा घरायसी बिबिध समस्याहरुले निकै आजित भएको थिए । एक दिन म ससुराली (उपरहवा-बाणगंगा कपिलबस्तु) बाट घर फर्किरहेको थिए । हाइवे चारनम्बर-4 बाणगंगा, कपिलबस्तुमा "ज्ञान गंगा" को प्रचार भैरहेको थियो । मेरि श्रीमतिले एउटा पुस्तक किनिन । मैले पुस्तक ध्यानपुर्वक दुई तीन पटक पढें र पुस्तकमा लेखिएका संस्कृतका वाणिहरुका भाव सम्बन्धित वेदहरु तथा गितामा खोजेर परिक्षण गर्ने प्रयत्न गरे । साच्चै ज्ञान गंगाको ज्ञान राम्रो लाग्यो । त्यसैले मैले सतलोक आश्रम चण्डिगढ रोड, बरवाला गएर तत्वदर्शी सन्त जगतगुरु रामपालजी महाराजबाट प्रथम नाम मन्त्र 2012 में 4 मा र सन 2012 नोभेम्बर 2 मा सतनाम लिए ।
अहिले म मेनिया रोगको एउटा मत्र औषधि (lithium 400 mg) साँझ मात्र खान्छु । परमेश्वरको कृपाले साइकेटिकको कुनै लक्षण छैन । हात काम्न बन्द भयो । राम्रोसंग लेख्न सक्छु । पत्र पत्रीका पढ्नलाई चस्मा चाहिदैन । पयल्स 5-6 महिनादेखी देखिएको छैन । युरिक एसिडको औषधि खान र पथ परहेज छोडिसकेको छु । सन 2013 जनवरी 29 को रात मेरो छाती तथा पेटमा ज्यादै जलन हुन थाल्यो । म जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको स्मरण गर्न थाले । मैले गुरुजिको श्रीचरण मेरो छाती र पेटमा हिडेको देखे । केही समय पश्चात छाती र पेटको जलन समाप्त भयो । त्यसपछी अहिले सम्म कुनै औषधि खाएको छैन ।
सम्पुर्ण भक्तात्माहरुलाई मेरो बिनम्र अनुरोध छ, "ज्ञान गंगा" र "धर्तिमा अवतार" पुस्तक खोजेर पढ्नुहोस । परमात्माको तत्वज्ञान बुझ्नुहोस र सतलोक आश्रम चण्डिगढ रोड, बर्वाला, हिसार(हरियाणा) गएर जगतगुरु तत्वदर्सी सन्त रामपालजी महाराजबाट नाम दान लिएर आत्मकल्याण गराउनुहोस तथा रोग, शोक एवं चिन्ता नाश गराएर यसै जन्ममा सु-स्वास्थ्य र सुखसमृद्धी प्राप्त गर्नुहोस । अनि आफ्नो सत्यभक्ति पुर्ण गरेर आफ्नो निजि धाम सतलोक (जहाँबाट हामी आएका हौ) पुन: प्राप्त गर्नुहोस ।
।। सत साहेब ।।
भक्त श्याम दास, मोबाईल नं. 9841501284
।।। सन्दर्भ सामाग्री: "ज्ञान गंगा" ।।।

No comments:

Post a Comment