Showing posts with label nepali. Show all posts
Showing posts with label nepali. Show all posts

Thursday, August 24, 2017

श्रीमद्भाग्वत गीता अनुसार भक्तहरु तथा साधकहरु चार प्रकारका रहेकाछन्

(क) अर्थार्थीः- वेद मन्त्रद्बारा भौतिक सुख तथा धन लाभको लागि अनुष्ठान गर्ने।

(ख) आर्तः-वेद मन्त्र द्बारा संकट निवारणको लागि अनुष्ठान गर्ने।

(ग) जिज्ञासुः- परमात्माको विषयमा जानकारी प्राप्त गर्ने इच्छाले ज्ञान ग्रहण गरेर वेदको आधारमा ज्ञानवान भएर वक्ता बन्ने।

(घ) ज्ञानीः- मनुष्य जीवन केवल परमात्मा प्राप्तिको लागि मात्र हो र परमात्मा प्राप्ति पनि केवल एक सर्वशक्तिमान परमात्माको साधना अनन्य मनबाट गरेर मात्र हुन्छ भन्ने बुझेको।

चतुर्विधाः भजन्ते माम् जनाः सुकृतिनः अर्जुन आर्तः जिज्ञासुः अर्थार्थी ज्ञानी च भारतर्षभ।।गीता।।७।।१६।।
(भारतर्षभ अर्जुन) हे भरत वंशमा श्रेष्ठ अर्जुन (सुकृतिनः) उत्तम कर्म गर्नेहरुले (अर्थार्थी) वेद मन्त्रद्बारा धन लाभको लागि अनुष्ठान गर्नेलाई अर्थार्थी (आर्तः) वेद मन्त्र द्बारा संकट निवारणको लागि अनुष्ठान गर्नेलाई आर्त (जिज्ञासुः) परमात्माको विषयमा जानकारी प्राप्त गर्ने इच्छाले ज्ञान ग्रहण गरेर वेदको आधारमा ज्ञानवान भएर वक्ता बन्नेलाई जिज्ञासु (च) र (ज्ञानी) जसलाई यो ज्ञान भयो कि मनुष्य जीवन केवल परमात्मा प्राप्तिको लागि मात्र हो। परमात्मा प्राप्ति पनि केवल एक सर्वशक्तिमान परमात्माको साधना अनन्य मनबाट गरेर मात्र हुन्छ उसलाई ज्ञानी भनिन्छ यसरि (चतुर्विधाः) चार प्रकारका (जनाः) भक्तजन (माम्) मलाई (भजन्ते) पूजा गर्दछन्।

(च) तेषाम् ज्ञानी नित्ययुक्तः एकभक्तिः विशिष्यते प्रियः हि ज्ञानिनः अत्यर्थम् अहम् सः मम प्रियः।।गीता।।७।।१७।।
(तेषाम्) उनिहरुमा (नित्ययुक्तः) नित्यरुपमा (एकभक्तिः) एक परमात्माको भक्तिवाला (ज्ञानी) विद्धान (विशिष्यते) अति उत्तम हो (हि) किनकि (ज्ञानिनः) ज्ञानिको लागि (अहम्) म (अत्यर्थम्) अत्यन्त (प्रियः) प्रिय हु (च) र (सः) त्यो ज्ञानी (माम) मेरो अत्यन्त (प्रियः) प्रिय हो।

(छ) ये यथा माम् प्रपद्यन्ते तान् तथा एव भजामि अहम् मम् वर्त्म अनुवर्तन्ते मनुष्याः पार्थ सर्वशः।।गिता/4/11।।
(पार्थ) हे अर्जुन! (ये) जुन भक्तले (माम्) मलाई (यथा) जुन प्रकारबाट (प्रपद्यन्ते) पूजा गर्दछन् (अहम्) म पनि (तान्) उसलाई (तथा) त्यसै प्रकारबाट (भजामि) उसको पूरा ध्यान राख्दछु (एव) वास्तवमा (मनुष्याः) मनुष्यहरुले (सर्वशः) सबै प्रकारबाट (मम्) मेरो नै (वत्र्म) व्यवहारको (अनुवर्तन्ते) अनुसरण गर्दछन्।

2. संत रामपालजिको शरणमा मुख्यतः दुई प्रकारबाट नामदिक्षा लिन भक्तहरु आउने गर्दछन:

(क) पिढित तथा अवसरवादि:- मानिसमा मुख्य तीन ताप- दैहिक, देविक र भौतिक हुने गर्छन। जस्मा भूत-प्रेतको समस्या, बद्दुआ/श्राप, नजर लाग्नु, पितृ बाधा, कुनै देवि-देवताको प्रकोप, टुना-टाना तथा काला जादूबाट शारिरिक, भौतिक, मानसिक, धार्मिक रुपबाट पिढित आत्माहरु पर्दछन्। उनिहरुले ज्ञान बुझेका हुदैनन् केवल आफ्नो समस्या समाधान तथा पिढाबाट मुक्तिको लागि मात्र दिक्षा लिन्छन्। यस वर्गमा पनि कसैले पिढा मुक्ति पछि ज्ञान बुझेर तन, मन, वचनबाट समर्पित भई भक्ति गर्दछन्, कसैले स्वार्थ पुर्ति पछि छाडिदिन्छन् र कसैले देखावटिको लागि मात्र भक्ति गरेको ढ्वाङ्ग गर्दछन्।

(ख) ज्ञानिः- परमात्मा तथा मोक्ष प्राप्तिको तडफ भएका पुण्यात्माहरुले संत रामपालजिले लेख्नु भएको ज्ञान गंगा पुस्तक पढि ज्ञानलाई बुझेर आफ्नो आत्मा कल्याणको लागि नाम दान (दिक्षा) लिई तन, मन, वचनबाट समर्पित भई भक्ति गर्दछन्।

3. कविर वाणी:-
"पहले बोधू कोली चमारा, पीछे जाए राजदरबारा। 
फिर बोधू पंडित काजी, फिर जाए सकल संसारा।।"
जबलग नाता जगतका तबलग भक्ति न होय ।
नाता तोडे हरि भजे भक्त कहावै सोय।।
कबीर, जिन हरि जैसा सुमरिया, ताको तैसा लाभ।
ओसाँ प्यास न भागई, जबलग धसै न आब।।
कबीर, सुमिरन की सुधि यों करो, जैसे दाम कंगाल।
कहै कबीर विसरै नहीं, पल पल लेत संभाल।।
कबीर, जबलग भक्ति सहकामना, तब लगि निष्फल सेव।
कहै कबीर वे क्यों मिलै, निष्कामी निज देव।।

सदगुरुदेव संत रामपालजी महाराजले प्रदान गर्नु भएको अनमोल रत्न
“ज्ञान गंगा” पुस्तक http://www.jagatgururampalji.org/click.php?id=106 र गीता तेरा ज्ञान अमृत http://www.jagatgururampalji.org/click.php?id=1

देव र दानवको गुणहरु गीता अध्याय १६ बाट



(क) देव – अहिंसा, निर्भय, अन्तः करणको पूर्ण रुपमा निर्मलता, ज्ञानी, धार्मिक शास्त्रको पठन-पाठन, भक्ति मार्गमा कष्ट सहनु, कसैलाई पनि मन-वाणी र शरीरले दुःख कष्ट नदिनु, आफ्नो अहित गर्ने माथि पनि क्रोध नगर्नु, परमात्माको लागि त्याग गर्नु, शान्त चित्त, निन्दा नगर्नु, दया, क्षमा, कोमलता, नराम्रो कर्म गर्न लाज, चापलुसि रहित, सात्विक, रक्त युक्त भोजन नखाने, अरुलाई सुख दिने, सहयोग गर्ने, अरुलाई आकर्षित गर्ने स्वरुप र सत्य वोली भएको ।

(ख) दानव – हिंसा, कामुकता, लोभ, अहंकार, दम्भ, मान, मद, अन्याय पूर्वक धन संग्रह, सिद्बिको गर्भ, आफुले आफुलाई ठूलो ठान्ने, आफु नै इश्वर, बल, धमण्ड, निन्दा, पाखण्ड, अभिमान, तामसिक, रक्त युक्त भोजन गर्ने, अरुलाई दुःख दिने, असहयोग गर्ने, स्वार्थि, भयानक डरलाग्दो स्वरुप, रिसाहा र स्वभाव भएको ।

(ग) दम्भः दर्पः अभिमानः च क्रोधः पारुष्यम् एव च अज्ञानम् च अभिजातस्य पार्थ सम्पदम् आसुरीम् ।।गीता।।१६।।४।।
(पार्थ) हे पार्थ अर्जुन (दम्भः) पाखण्ड, शोषण (दर्पः) घमण्ड (च) र (अभिमानः) अभिमान (च) तथा (क्रोधः) क्रोध (पारुष्यम्) कठोरता, अडिग (च) र (अज्ञानम्) अज्ञान (एव) वास्तवमा यी सबै (आसुरीम्) राक्षसी स्वभावका (सम्पदम्) वर्गमा (अभिजातस्य) उत्पन्न हुने मानिसको लक्षणहरु हुन ।

(घ) दैवी सम्पत् विमोक्षाय निबन्धाय आसुरी मता मा शुचः सम्पदम् दैवीम् अभिजातः असि पाण्डव ।।गीता१६।।५।।
(दैवी सम्पत्) देवताको गुण भएकाको लक्षण (विमोक्षाय) मुक्ति वा मोक्ष प्राप्त गर्ने हुन्छ र (आसुरी) राक्षसी स्वभावको लक्षण (निबन्धाय) बाँध्नको लागि (मता) मानिएको छ । यसैले (पाण्डव) हे अर्जुन तिमी (मा, शुचः) शोक नगर किनकि (दैविम्, सम्पदम्) तिमी दैविक भक्तिभाव (अभिजातः) लिएर उत्पन्न भएका (असि) हौ ।

(ङ) प्रवृतिम् च निवृत्तिम् च जनाः न विदुः आसुराःन शौचम् न अपि च आचारः न सत्यम् तेषु विद्यते ।।गीता१६।।७।।
(आसुराः) आसुर स्वभावको (जनाः) मानिसको (प्रवृत्तिम्) प्रवृत्ति (च) र (निवृत्तिम्) निवृत्ति जस्ता यी दुबै क्रियाकलाप (च) पनि (न विदुः) जान्दैनन् (तेषु) उनिहरुमा (न शौचम्) न त आन्तरिक शुद्धि हुन्छ (न आचारः) न श्रेष्ठ आचरण नै हुन्छ (च) र (न सत्यम्) न सत्यलाई (अपि) नै (विद्यते) चिनेका हुन्छन् ।

(घ) असत्यम् अप्रतिष्ठम् ते जगत् आहुः अनीश्वरम् अपरस्परसरमभूतम् किम् अन्यत् कामहैतुकम् ।।
गीता १६।।८।।
(त) ती आसुरी स्वभाववाला मानिस (आहूः) भन्दछन कि (जगत्) जगत् (अप्रतिष्ठम्) अवस्था रहित (असत्यम्) असत्य र (अनीश्वरम्) विना ईश्वरको (अपरस्परसरमभूतम्) आफै केवल नारी र पुरुषको संयोगबाट उत्पन्न भएको (कामहैतुकम्) केवल काम भोग मात्र यसको उत्पत्तिको कारण हो (अन्यम्) यो भन्दा (किम्) केही पनि होईन् भनि यस्तो धारणा राख्ने प्राणी राक्षसी स्वभावको हुन्छ ।

(ङ) एताम् दृष्टिम् अवष्टभ्य नष्टात्मानः अल्पबुद्धयः प्रभवन्ति उग्रकर्माणः क्षयाय जगतः अहिताः ।।गीता१६।।९।।
(एताम्) यस (दृष्टिम्) दृष्टि कोणबाट मिथ्या ज्ञानको (अवष्टभ्य) अवलम्वन गरेर (नष्टात्मानः) नाश आत्मा (अल्पबुद्धयः) जसको बुद्धि मन्द छ ती (अहिताः) सवैको अहित गर्ने (उग्रकर्माणः) भयंकर कर्म गर्ने क्रुरकर्मी (जगतः) जगतको (क्षयाय) नाशको लागि नै (प्रभवन्ति) उत्पन्न हुन्छन् ।

(च) कामम् आश्रित्य दुष्पूरम दम्भमानमदान्विताःमोहात् गृहीत्वा असदग्राहान् प्रवर्तन्ते अशुचिव्रताः ।।
गीता १६।।१०।।
(दम्भमानमदान्विताः) दम्भ, मान र मदले युक्त मानिस (दुष्पूरम्) कुनै प्रकारले पनि पूर्ण नहुने (कामम्) कामनाहरुको (आश्रित्य) आश्रय लिएर (मोहात्) अज्ञानले मोहवस (असद्ग्राहान्) मिथ्या शास्त्र विरुद्ध सिद्धान्त (गृहीत्वा) ग्रहण गरेर र (अशुचिव्रताः) भ्रष्ट आचरणको धारण गरेर संसारमा (प्रवर्तन्ते) घुम्दछन् ।

(छ) कर्शयन्तः शरीरस्थम् भूतग्रामम् अचेतसः माम्च एव अन्तःशरीरस्थम् तान् विद्धि आसुरनिश्चयान् ।।गीता१७।।६।।
(शरीरस्थम्) शरीरमा रहने (भूतग्रामम्) प्राणिहरुका मुखिया ब्रह्मा, विष्णु, महेश, गणेश, दुर्गा र (माम्) मलाई (च) तथा (एव) यसै प्रकार (अन्तःशरीरस्थम्) शरीरको भित्री हृदयमा आत्माको साथ रहने पूर्ण ब्रह्म परमात्मालाई (कर्शयन्तः) जसले सताउँदछन् (तान्) ती (अचेतसः) अज्ञानीहरुलाई (आसुरनिश्चयान्) राक्षस स्वभाववाला (एव) नै (विद्धि) जान।

कृपया जानौ भगवानमा हुने गुणहरु शक्तिहरु

(क) हामीले गरेको घोर पापलाई पनि माफ गरि दिन्छन् । 
(ख) हामीलाई यस लोकमा सुख, शान्ति र पूर्णता प्रदान गर्छन् । 
(ग) मोक्ष प्रदानको यथार्थ भक्ति मार्ग प्रदान गरि परमात्माको निजि धाम सतलोकमा लैजान्छन् ।
(घ) हामीलाई सतलोकमा अजर अमर अविनाशि पद शरीर प्रदान गरी कहिलै नफर्कने गरी सदा परम आनन्द र परम शान्ति प्रदान गर्छन् ।

(ङ) देवकृतस्य एनसः अवयजन असि मनुष्यकृतस्य एनसः अवयजनम् असि पितृकृतस्य एनसः अवयजनम् असि आत्मकृतस्य एनसः अवयजनम् असि आत्मकृतस्य एनसः अवयजनम् असि एनसः एनसः अवयजनम् विद्धान् यत् च एनः चकार अविद्धान् यत च तस्य सर्वस्य एनसः अवयजनम् असि ।।युर्जवेज अध्याय ८।१३।।
हे सबैको उपकार गर्नेवाला मित्र तपाई (देवकृतस्य) दान दिनेहरुको (एनसः) अपराधलाई (अवयजनम्) विनाश गर्ने (असि) हुनुहुन्छ । (मनुष्यकृतस्य) साधारण मानिसले गरेको (एनसः) अपराधलाई (अवयजनम्) विनाश गर्ने अर्थात क्षमा गर्ने (असि) हुनुहुन्छ । (पितृकृतस्य) पिताले गरेको (एनसः) विरोध आचरण तथा अपराधलाई (अवयजनम्) विनाश गर्ने अर्थात क्षमागर्ने (असि) हुनुहुन्छ । (आत्मकृतस्य) आफूले गरेको (एनसः) पाप तथा अपराधलाई (अवयजनम्) पनि क्षमा गर्ने (असि) हुनुहुन्छ । (एनसः एनसः) अधर्मको पनि अधर्म घोर अधर्म पापलाई पनि (अवयजनम्) नाशगर्ने अर्थात क्षमा गर्ने हुनुहुन्छ । (विद्धान्) मैले यो जानेर (यत्) जुन (च) कुनै (एनः) अधर्म आचरण (चकार) गरिसके वा गर्दै छु (अविद्धान्) अनजानमै (यत्) जुन (च) केही गरिसकेमा वा गरेमा (तस्य) त्यस्तो (सर्वस्य) सबै (एनसः) दुष्ट आचरणलाई (अवयजनम्) क्षमा गर्ने, नाश गर्ने (असि) तपाई हुनु हुन्छ ।

(च) इन्दुः पुनानो अति गाहते मृघो विश्वानि कृष्वन् सुपथानि यज्यवे । गाः कृष्वानो निर्णिजंहर्यतः कवीरत्यो न क्रीव्ठन्परिवारमर्पति ।।
ऋग्वेद मण्डल ९ सुत ८६ ।।२६।।
(यज्यवे) यज्ञ वा पूजा गर्ने धर्मात्माहरुको लागि परमात्माले (विश्वानि सुपथानि) सबै मार्गहरुलाई (कृष्वन्) सजिलो बनाउँदै (मृधः) उनिहरुको सबै दुःख कष्टहरुलाई (अति गाहते) नाश गरिदिन्छन् । र (पुनानः) उनलाई पवित्र गर्दै (निर्निजं) आफ्नो रुपलाई (गाःकृष्वानः) सरल गराउदैं (हर्यतः) ती कान्तिमय परमात्मा (कवीर) कवीर देव (आत्यो न) विद्युतको समान (क्रीव्ठन्) क्रीडा गर्दै (वारं) योग्य भक्त आत्मा तथा पुरुषलाई (पथ्यंषंति) प्राप्त हुन्छन ।

(छ) मनीषिभिः पनर्वते पूव्र्य कविर्नृमिर्यतः परि कोशा असिष्यदत् । त्रितस्य नाम जनयन्मधु क्षरन्निद्रस्य वायुं सरन्याय वर्धयन् ।।सामवेद अ ३।।५।।८।।
(पूव्र्य) सनातन अर्थात अविनाशी (कविरः नृभिः) कवीर परमेश्वर मानव रुप धारण गरेर अर्थात गुरु रुपमा प्रकट भएर (मनिषिभि) हृदयदेखि नै चाहने श्रद्धापूर्वक भक्ति गर्ने भक्त आत्मालाई (त्री) तीन (नाम) मन्त्र अथवा मन्त्र उपदेश वा दीक्षा दिएर (पवते) पवित्र गरेर (जनयन्) जन्म तथा (क्षरनः) मृत्युबाट (न) रहित गर्नु हुन्छ तथा (तस्य) उसको (वायुम्) प्राण तथा जीवन श्वासलाई (कोशान्) आफ्नो अनन्त शक्ति भण्डारबाट (सख्याय) मित्रताको आधारले (परि) पूर्ण रुपमा (वर्धयन्) बढाईदिनु हुन्छ । (यतः) जस कारणले (इन्द्रस्य) परमेश्वरले (मधु) वास्तविक आनन्द (असिष्यदत्) परमेश्वरको आफ्नो आशीवार्द प्रसादले प्राप्त गराउनु हुन्छ ।

(ज) मुञ्चामि त्वा हविषा जीवनाय कमज्ञातयक्ष्मादुत राजयक्ष्मात् । ग्राहिर्जग्राह यदि वैतदेनं तस्या इन्द्राग्नी प्र मुमुक्तमेनम् ।।ऋग्वेद मण्डल 10 सुक्त 161 श्लोक 1।।
परमात्माले (त्वा) तिमीलाई (अज्ञात यक्ष्मात्) थाहा नभएको रोग (उत) र (राजयक्ष्मात्) रहस्यमय रोग (तपेदिक) जस्तो रोग भएपनि (कं जीवनाय) सुख पूर्वक बाँच्नको लागि भक्त आत्मालाई रोगबाट (मुञ्चामि) छुडाउँनु वा ठिक गराउँनुहुन्छ । (यदि ग्राहिःजग्राह) यदि शरीर जगडने वाला रोग (एनम्) लागेको भए पनि (तस्या) त्यस रोगबाट (एनम्) ती रोगि भक्त आत्मालाई (इन्द्राग्नी प्र मुमुक्तमेनम्) इन्द्र र अग्निबाट बनेको ‌औषधिबाट ठिक हुने छ ।

(झ) यदि क्षितायुर्यदि वा परेतो यदि मृत्योरन्तिकं नीत एव । तमा हरामि निर्ऋतेरुपस्थादस्पार्षमेनं शतशारदाय ।।ऋग्वेद मण्डल10सुक्त161श्लोक 2।।
(यदि क्षितायुः) यदि रोगीको जीवनशक्ति नष्ट भएको भए पनि (यदि वा परा इताः) यदि उ सिमाबाट टाढा गएको भए पनि (यदि मृत्योरन्तिकं) यदि उसको जीवन सकिएर मृत्युको नजिक (नीत एव) पुगिसकेको भए पनि (तम्) उसलाई (निकृतेः उपस्थात् आ हरामि) परमात्माले अति कष्टप्रद रोगबाट बचाँउनु हुन्छ र (एन) ती भक्तलाई (शत शारदाय) सय वर्षको (अस्पार्पम्) आयु प्रदान गर्नु हुन्छ ।

(ञ) आहार्ष त्वाविदं त्वा पुनरागाः पुनर्नव । सर्वाङ्ग सर्व ते चक्षुः सर्वमायुश्च तेऽविदम् ।ऋग्वेदमण्डल10सुक्त161श्लोक5।।
परमात्माले रोगीको (त्वा आहाषम्) रोगलाई ठीक गर्दछन् । (त्वा अविदं) तिमीलाई म फेरि प्राप्त हुन्छु (पुनःरागाः) तिमी फेरि मेरो शरणमा आउ । (पुनःनवः) फेरि पुन नयाँ जीवन प्राप्त तथा धारण गर्ने (सर्व अङ्ग) समस्त अंगले युक्त (ते सर्व चक्षुः) तिम्रा सम्पूर्ण ज्ञानलाई बुझ्ने आँखा आदि इन्द्रियहरु र (सर्व च आयुः) सम्पूर्ण आयु (ते अविदम्) तिमीलाई प्रदान गर्छु ।

(ट) अनन्याः चिन्तयन्तः माम् य् जनाः पर्युपासते, तेषाम् नित्याभियुक्तानाम् योगक्षेमम् वहामि अहम् ।।गीता।।९।।२१।।
(ये) जो (अनन्याः) म प्रति अनन्य प्रेमी (जनाः) भक्तजन (माम) मेरो (चिन्तयन्तः) चिन्तन गर्दै (पर्युपासते) ती पूर्ण परमात्मालाई निष्काम र निस्वार्थ भावले पूजा गर्दछन् (तेषाम्) ती (नित्याभियुक्तानाम्) नित्य निरन्तर साधना गर्ने पुरुषहरुको लागि (योगक्षेमम्) योग क्षेम अर्थात उनिहरुको साधनाको रक्षा गर्दै इच्छा अनुसार आर्जन र त्यसको संरक्षण समेत (अहम्) म (वहामि) स्वयम गर्दछु ।

राम शब्द सुन्ना साथ मानव समाजले श्री रामचन्द्रजी लाई याद गर्दछन। तर सतयुगमा पनि राम नाम प्रचलित थियो, ती कुन राम हुन र कुन रामको पूजा गर्दथे?

1. राम शब्द सुन्ना साथ मानव समाजले श्री रामचन्द्रजी लाई याद गर्दछन। तर सतयुगमा पनि राम नाम प्रचलित थियो, ती कुन राम हुन र कुन रामको पूजा गर्दथे। त्यति बेला श्री रामचन्द्रजीको जन्म पनि भएको थिएन। रामायणको धटना हुनु भन्दा 10,000 वर्ष अगाडि डाकु रत्नाकरले राम नाम जपेर रामायण लेखेका थिए। कुन रामको नाम जपे र शक्ति प्राप्त गरे???

2. रामको सहि अर्थ हो- स्वामी, मालिक, पुरुष, भगवान, Owner, God, अल्लाह, देव, Sir, साहेब आदि।

3. रामको प्रकार तुलसी दासद्वारा रचित घटरामायणबाट:-
एक राम दशरथ का बेटा, एक राम घट घट में बैठा।
एक राम का जगत पसारा, एक राम सब जग से न्यारा।।
(क) एउटा राम राजा दशरथजीको छोरा विष्णुजीको अवतार श्री रामचन्द्र हुन।
(ख) दोस्रो राम मन हो जुन सबैमा बिद्यमान छ।
(ग) तेस्रो राम 21 ब्रह्माण्डको मालिक भगवान काल ब्रह्म हुन।
(घ) चौथो राम सम्पुर्ण ब्रह्माण्डको मालिक, सबका रचइता पुर्णब्रह्म कविर्देव हुन।

4. रामको शक्तिमा फरक-
ब्रह्मा विष्णु र शिव एक ब्रह्माण्डको तीन लोकमा एक-एक विभागको राम हुन अर्थात स्वामी हुन। 21 ब्रह्माण्डको स्वामी ब्रह्म पनि राम हुन। परब्रह्म 7 संख ब्रह्माण्डको स्वामी पनि राम हुन र पुर्णब्रह्म कविर्देवजी पनि असंख ब्रह्माण्डको स्वामी, राम हुन। सबै रामको स्तर अनुसार शक्तिमा फरक रहेको छ।
5. कविर्देवले नै राम-
अलख इलाही एक है, नाम धराया दोय।
कहै कविर दो नाम सुनि, भरम परो मति कोय।।
राम रहीमा एक है, नाम धराया दोय।
कहै कविर दो नाम सुनि, भरम परो मति कोय।।
कृष्ण करीमा एक है, नाम धराय दोय।
कहै कविर दो नाम सुनि, भरम परो मति कोय।।
काशी काबा एक है, एकै राम रहीम।
मैदा एक पकवान बहु, बैठि कविरा जीम।।
एक वस्तु के नाम बहु, लीजै वस्तु पहिचान।
नाम पक्ष नहीं कीजिये, सांचा शब्द निहार।
पक्षपान ना किजिये, कहै कविर विचार।।
राम कविरा एक है, दूजा कबहू ना होय।
अंतर टाटी कपट की, तातै दीखे दोय।
राम कविर एक है, कहन सुजन को दोय।
दो करि सोई जानई, सतगुरु मिला न होय।।
भरम गये जग वेद पुराना। आदि राम का भेद न जाना।
राम राम सब जगत बखाने। आदि राम कोइ बिरला जाने।।

कुन भगवान ठूला

कुन भगवान ठूला हुन भन्ने कुरामा धेरैको फरक मत देखिन्छ। पुराण र गीतालाई आधार मान्ने हो भने:-  नरदले आफ्ना पिता ब्रह्मालाई सोध्दा भगवान ब्रह्माले भगवान विष्णु ठूला हुन भन्छन्, (श्री देवी पुराण प्रथम स्कन्ध अध्याय 4 पृष्ठ 28.29) भगवान ब्रह्माले भगवान विष्णुलाई सोध्दा भगवान तपाईले कस्को ध्यान लगाएर पूजा गर्नु हुन्छ भन्दा माता जगदम्बा दुर्गाको भन्छन् (श्री देवी पुराण प्रथम स्कन्ध अ. 4 पृष्ठ 28.29)
दुर्गालाई कस्को पूजा गर्नु पर्छ भन्दा, ब्रह्मको भन्नुहुन्छ जुन दिब्य आकाशको ब्रह्मलोकमा बिराजमान छन् उनको स्मरण मन्त्र ॐ हो, (श्री देवी पुराण सातौ स्कन्ध अध्याय 36 पृष्ठ 562-563)
तीनै भगवान ब्रह्मले गीता अ.7 श्लो. 18,24 मा मेरो पूजा अनुत्तम हो किनकि मेरो पूजा गरेमा स्वर्गको भोग सकेपछि फेरि दु:खदायी संसारमा जन्म लिनु पर्छ त्यसैले पुर्ण शान्ति र मोक्षको लागि उत्तम पूरुषको ॐ तत सत साधना कुनै तत्वदर्शि संतबाट दिक्षा लिएर जप गर भन्छन्।(गीता अ.8 श्लो. अ.9 श्लो. 20,21, अ.15 श्लो.17 अ.17 श्लो.23, अ.8 श्लो.22, अ.4 श्लो.34, अ.18 श्लो.62,66)

सदगुरुदेव संत रामपालजी महाराजले प्रदान गर्नु भएको अनमोल रत्न
“ज्ञान गंगा” पुस्तक http://www.jagatgururampalji.org/click.php?id=106 र 
गीता तेरा ज्ञान अमृत http://www.jagatgururampalji.org/click.php?id=1 

अध्यात्ममा मूल रूपमा पूज्य, पूजा, साधक तथा साधना शब्द आउने गर्छ, जस्लाई बुझ्नु अनिवार्य छ। यसको साथ-साथै आध्यात्म ज्ञान धेरै महत्वपूर्ण छ, यसलाई जान्नु आवश्यक छ।

अध्यात्मको भित्र केहि गहन कुरा हुन्छ जस्लाई ठीक तरिकाले नसमझेर गुरू वर्गले भ्रमित ज्ञान प्रचार गरेर अध्यात्मको स्वरूप नै बिगारेका छन्। उदाहरणको लागि:- आज सम्म हिन्दू धर्मका गुरूजन-संतजन, आचार्य तथा शंकराचार्यलाई थाहा छैन कि श्री ब्रह्माजी, श्री विष्णुजी तथा श्री शिवजीको माता-पिता को हुन? तपाईलाई यसको जानकारी पनि यसै पुस्तकबाट हुनेछ। धैर्यका साथ पढ्नुहोला।

अध्यात्ममा मूल रूपमा पूज्य, पूजा, साधक तथा साधना शब्द आउने गर्छ, जस्लाई बुझ्नु अनिवार्य छ। यसको साथ-साथै आध्यात्म ज्ञान धेरै महत्वपूर्ण छ, यसलाई जान्नु आवश्यक छ।

पूज्य:- परमेश्वर जस्लाई हामिले प्राप्त गर्ने इच्छा राख्छौ।

पूजा, अर्थात भक्ति:- जुन परमेश्वरलाई हामिले प्राप्त गर्न चाहन्छौ। उसको गुणको ज्ञान हामिलाई थाहा हुन्छ, फेरि उसको प्राप्तिको लागि भएको तड़फ, समर्पण, आस्था, अटूट श्रद्धालाई पूजा भनिन्छ।

साधक:- परमेश्वरको प्राप्तिको लागि कमर कसेर प्रयत्न गर्नेवाला व्यक्तिलाई साधक भनिन्छ, यसलाई पुजारी पनि भन्न सकिन्छ तथा भक्त पनि।

साधना:- परमेश्वर अर्थात पूज्य पदार्थको प्राप्तिको लागि गरिने प्रयत्नलाई साधना भनिन्छ।

उदाहरण:- जस्तै: कसैलाई पीउने पानीको आवश्यकता छ, उसलाई ज्ञान भयो कि पृथ्वीको भित्र पीउने मीठो पानी छ, यसको पूज्य पदार्थ पानी भयो। यसलाई प्राप्तिको लागि गरिने प्रयत्नलाई ‘साधना‘ भनिन्छ। जस्तै बोकी लगाउनु, पाईप जमीनमा गाड्नु, फेरि माथि ह्याण्डपम्प लगाकर ह्याण्डलबाट पम्प चलाए पछि बल्ल पानी प्राप्त हुन्छ। पानी पूज्य भयो, यसको इच्छा गर्नेवाला भक्त साधक भयो। यसलाई पाउनको लागि जुग प्रयत्न मजदूरी गरियो त्यो साधना भयो। पानी प्राप्तिको इच्छा ‘पूजा‘ हो। साधनामा प्रयोग गरिने उपकरण पूज्य हुदैनन् तर आदरणीय हुन्छन्। उसलाई विशेष ध्यान रखिन्छ।

अन्य उदाहरण:- जस्तै पतिव्रता स्त्री आफ्नो पति संग स-परिवार (Joint Family) मा रहन्छे। त्यसमा सासु-ससुरा, जेठाजु-जेठानी, देवर-देवरानी, नन्द तथा पति सबै हुन्छन, त्यस स्त्रीले पूजा त आफ्नो पतिलाई गर्दछे, तर सबैलाई यथोचित आदर गर्दछे। जब परिवार भिन्न-भिन्न हुन्छ त्यस समय उसले आफ्ना सबै सामान जुन बँटवाराको हिस्सेमा आयो, त्यसलाई उठाएर आफ्नो पतिसंग आफ्नो हिस्साको घरमा जान्छे, पहिला उनीलाई देखेर जेठाजु-जेठानीले सोच्दथे कि हामीलाई धेरै माया गर्दछे, देवर-देवरानीले सोच्दथे कि हाम्रो आफ्नै हुन हामीलाई धेरै चाहन्छिन् भाई तथा बहिनीको रूपमा। यसै प्रकार नंद सम्झिन्छिन कि हाम्रो लागि कुर्बान छिन्, हाम्रो प्रत्येक आवश्यकताको कति ध्यान राख्छिन, सासु-सुसुरालाई माता-पिताको तरह सम्मान गर्दछिन, उनिहरुलाई पनि बुहारी आफ्नो छोरीको समान प्यारी लग्छिन।

तर उनले पूजा आफ्नो पतिको गरिरहन्छिन। पतिवाला भाव कुनै अन्य पुरूषमा राख्दैनिन् तथा जुन माया पतिलाई गर्छिन, त्यो अन्यलाई गर्दैनिन्। तर आदर-सत्कार सबैलाई गर्दछिन्। जुन समय ती पतिव्रता स्त्री परिवारबाट भिन्न हुन्छिन तब आफ्नो हिस्साको चम्मा सम्म पनि उठाएर लैजान्छिन् र आफ्नो पतिको घरमा जान्छिन्। यस प्रकार साधकको परिवार, भक्तहरुको समूह तथा प्रभुहरुको दरबार हुन्छ।

तपाईलाई शंका हुनेछ कि प्रभु त एक नै सुनिएको छ, अनेक प्रभुहरुको के अर्थ भयो?

प्रभुको परिभाषा:- प्रभुको अर्थ छ स्वामी, मालिक, यसैको पर्यायवाची नाम हो राम, अल्लाह, रब, परमात्मा आदि-आदि हामिले यसलाई साहेब भन्दछौ। जस्तै: सरपंच साहेब, चेयरमैन साहेब, संसद साहेब, मन्त्री साहेब, प्रधान मन्त्री साहेब (प्रभु) यी सबैलाई साहेब भनिन्छ तर यीनिहरुको शक्तिमा धेरै अन्तर छ।

यस प्रकार:- एक ब्रह्मण्डमा “ब्रह्म” जस्लाई क्षर पुरूष भनिन्छ, यी पनि प्रभु हुन। यी 21 ब्रह्मण्डको स्वामी हुन, एक ब्रह्मण्डमा सृष्टि जीवन चालू राख्दछन्। अन्य खाली रहन्छ जब एक ब्रह्मण्डको विनाश समय (प्रलय) हुन्छ तब दोस्रो ब्रह्मण्डमा जीवन शुरू गर्दछन्। यसको अधिक जानकारी यसै पुस्तकमा लिखीएको ‘‘सृष्टि रचना‘‘ विषयमा पढ्नुहुनेछ।

एक ब्रह्मण्डमा तीन लोक छ:- 1.पृथ्वी लोक जहाँ हामि रहिरहेका छौ। 2. स्वर्ग लोक, 3. पाताल लोक र एक ब्रह्मलोक पनि छ जुन यसबाट भिन्न छ। यी तीन लोकहरु तथा ब्रह्म लोकको मालिक मुख्य मन्त्री ब्रह्म अर्थात क्षर पुरूष हुन, यसको तीन पुत्र छन्, जस्लाई तीनै लोकहरुमा एक-एक विभागको मन्त्री बनाएको छ।

1. श्री ब्रह्मा जी रजगुण विभागको मन्त्री हुन अर्थात् प्रभु हुन।
2. श्री विष्णु जी सतगुण विभागको मन्त्री हुन अर्थात् प्रभु हुन।
3. श्री शिव जी तमगुण विभागको मन्त्री हुन अर्थात् प्रभु हुन।
उपरोक्त प्रभु एक ब्रह्माण्डमा बनेको उपरोक्त केवल तीन लोकको स्वामी हुन। हामिले गरेको कर्मको फल यी तीन प्रभुले नै दिने हुन, यसको लागि यी हाम्रो संसार रूपी परिवारको गणमान्य सदस्य हुन।

4. यीनिहरुको पिता ब्रह्म (क्षर पुरूष) एक्कीस ब्रह्मण्डको स्वामी हुन, प्रभु हुन।

5. अक्षर पुरूष:- यी 7 संख ब्रह्माण्डको स्वामी हुन, प्रभु हुन।
यी दुई पुरूषहरुको अर्थात् प्रभुहरुको वर्णन गीता अध्याय 15 श्लोक 16मा छ।

6. परम अक्षर पुरूष:- यी असँख्य ब्रह्माण्डको स्वामी हुन, प्रभु हुन। यी कुलको मालिक, जो सबै भक्तहरुको “पूज्य” छ, जस्कोको वर्णन गीता अध्याय 15 श्लोक 17, गीता अध्याय 18 श्लोक 62, गीता अध्याय 15 श्लोक 4 तथा गीता अध्याय 8 श्लोक 3,8,9,10 तथा 20,21,22मा छ।

यी परम अक्षर ब्रह्म संसार रूपी वृक्षको जरा (मूल) हुन, यसको प्रमाण गीता अध्याय 15 श्लोक 1बाट 4 तथा 17मा छ। अधिक जानकारी तपाईलाई यस पुस्तको “भक्तिबाट भगवान सम्म”मा ‘‘सृष्टि रचना‘‘ तथा अन्य स्थानहरुमा पढ्नुहुनेछ।

जस्तै: आपको बिरुवा रोपेमा जरामा पानि हान्नु गर्नु पर्छ, जरामा पानि हालेमा वृक्षको हाँगा-बिँगा, शाखाहरु तथा पात फल्ने-फूल्नेछ। बिरुवा ठुलो वृक्ष बनेर फल दिन्छ। फल वृक्षको शाखाहरुमा फल्छ।

सूक्ष्मवेदमा लिखिएको छ:-कबीर, अक्षर पुरूष वृक्ष का तना है, क्षर पुरूष वाकि डार।
तीनों देवा शाखा हैं, पात रूप संसार।।




संसार रूपी वृक्षको जरा अर्थात् मुख्य परमात्मा त परम अक्षर ब्रह्म हुन, जुन तीनै लोकहरुमा प्रवेश गरेर सबैको धारण पोषण गर्दछन, अक्षर पुरूष त्यसको तना(डाँठ) हुन, क्षर पुरूष मुख्य हाँगा हुन, तीन देवता (रजगुण ब्रह्मा, सतगुण विष्णु तथा तमगुण शिवजी) शाखा हाँगाहरु हुन र पात रूप संसार हो।

जस्तै: आपको बिरुवाको जराको पूजा गरेर वृक्ष बन्यो र आपको फल शाखाहरुमा फल्यो। यसै प्रकार हामिले पूजा त परम अक्षर ब्रह्मको गर्नु पर्छ तर आदर उपरोक्त सबै प्रभुहरुको गर्नु पर्छ। जब हामीले संसार छोडेर जानेछौ, आफ्नो मूल मालिकको साथमा उनको सनातन परम धाममा जानेछौ। फेरि कहिल्यै पनि यस संसारमा फर्किएर आउने छैनौ, यसबाट पूर्ण मोक्ष हुनेछ।

विस्तृत ज्ञान तपाईले यसै पवित्र पुस्तकमा पढ़्नुहुनेछ। यदि सच्चा लगन श्रद्धाले अमल गरेमा तपाईको 101 पीढ़ी पार हुनेछन्। यस पुस्तकमा “भक्तिबाट भगवान सम्म” पुग्ने शास्त्रानुकूल मार्ग छ। पढ्नुहोस र आफ्नो अनमोल मानव जीवनलाई सफल बनाउनुहोस्।
लेखक:संत रामपाल दास महाराज
सतलोक आश्रम बरवाला
जिला - हिसार, हरियाणा (भारत)

अधिक जानकारीको लागि पुस्तक डाउनलोड गरेर अवश्य पढ्नुहोला। राम राम।। सत साहेब।। जय बन्दिछोढकी।।

दु:ख र पिढाबाट मुक्ती कसरी ?

दु:ख र पिढाबाट मुक्ती कसरी- बुझौ विजयजीको अनुभवमा

म भक्त ब्रजकिशोर (विजय) सुपुत्र श्री विल्टु साह, गाउँ करुन्याही जिल्ला सिराहा, गा.बि.स. कल्याणपुर, नेपाल निवासी हुँ ।


फेब्रुअरी 2011मा मेरो जिवनमा एउटा घटना भयो । बाबा रामदेवले बताए अनुरुप पायल्स रोगको औषधि केरा र कपुर मिसाएर खाएको थिए, जस्को रिएक्सनले म बेहोस भए । स्टार अस्पताल, सानेपा काठमाडौं नेपालको इमर्जेन्सीमा भर्ना गराइयो । 6 घण्टा पश्चात् मात्र मेरो होस आयो । त्यस अवस्थामा म अर्ध पागल झैं भट्भटाउँथें । मलाई यस्तो लग्थ्यो कि अब सायद म बाँचदिनँ । कमजोर भएर सधैं मुटु कामिरहन्थ्यो किनकी मेरो जन्म जातनै हृदयमा प्वाल थियो । सानातिना घटनाले पनि मेरो हृदयको धड्कन बढ्थ्यो । केही दिनपछी कम्मरदेखी घाँटिसम्मका पछाडीका हाडहरु नचल्ने भए र हाडहरुबाट मेशिनको पुर्जाको जस्तो खट्खट आवाज निस्किन थाल्यो । पुरै शरीर असन्तुलित हुन लाग्यो । म आफ्नो शारीरिक कष्टबाट निकै निराश हुन थाले । यस्तो कष्ट भोगेर बाँच्नु भन्दा मर्नु नै जाति जस्तो लाग्न थाल्यो ।

फेरि मैले किर्तिपुर, काठमाडौंका आयुर्वेदिक डाक्टरसित उपचार गराउन थाले । योग अभ्यास एवं मेडिटेशन समेत गरे तर कुनै फाइदा भएन । त्यस्पछी भारतको सिलिगडिमा डा. च्यांग (न्युरोलोजिष्ट) बाट उपचार गराए । एअ. आर. गराएँ तर पनि रोगको पहिचान भएन । त्यसपछि फेरि हाडजोर्नी विशेषज्ञ डा. लखनलाल साह सित टिचिंग अस्पताल, महाराजगंज, काठमाडौं र डा.रामकेवल शाह संग नेपाल मेडिकल कलेज जोरपाटी काठमाडौंमा उपचार गराए । कुनै पनि डाक्टरले न त रोग पत्ता लगाए न त रोग निदान गर्न सके । म साह्रै निराश भए ।

✌एउटा प्रोजेक्टमा काम गर्दै थिए । त्यो पनि बिरामिका करण छुट्यो । पैसा पनि मनग्गे खर्च भयो । म आर्थिक र मानसिक रुपमा पुरै बिक्षप्त भैसकेको थिए । झारफुक गराएँ र देविदेवता लाग्यो की भनेर पनि देखाएँ तैपनि कुनै लाभ हात लागेन । त्यसै बेला पारिवारिक कलहले गर्दा सबै दाजुभाई छुट्टी अलग भए । चारै तिरबाट दु:ख आईलाग्यो । त्यस पछी मैले सोछे कि अब भगवानले नै यो रोग ठिक पर्न सक्छन, डाक्टर वा झारफुक, ओखतिबाट ठिक हुनेवाला छैन ।

✌मसंग एउटा श्रीमद भगवत गीता पुस्तक थियो । ओशोको पुस्तक पनि थियोे । ती पुस्तकहरू अध्ययन गर्न थाले । मेरो दशा देखेर मेरो परिवार, मित्र, गाउँ समाजका सबै मानिसहरु धेरै दुखित थिए । त्यसै बेला गाउँका एक भक्त ललन कर्णले "ज्ञान गंगा" किताबमा लेखिएको भगवानको अदभूत चमत्कारहरुको कहानी सुनायो र केहि कुराहरु सम्झाँउदै ज्ञान गंगा पुस्तक पढ्नको लागि दियो । ज्ञान गंगा पुस्तक पुरै पढिसकेपछी सबै कुराले मेरो हृदयलाई आशावादी बनाईदियो । सतलोक आश्रम बरवाला हरियाणामा जानको लागि र पुज्य गुरुदेव सित नाम उपदेश लिनको लागी मेरो मन व्याकुल भयो । फेरि एक पटक काठमाडौं गए । त्यहाँको धार्मिक पुस्तक पसल रत्न पुस्तक भण्डार माइतीघरबाट ज्ञान गंगा पुस्तक रु 50 मा किने । फेरि दोस्रो पटक ज्ञान गंगा र श्रीमद्भगवत गीता संगसंगै पढें अनि मलाई पक्का विश्वास भयो कि ज्ञान गंगामा लिखिएका सबै कुराहरु सत्य हुन । स्वयम् विश्वस्त भएँ, शास्त्रानुकुल साधनाबाट नै प्रभु प्रप्ती हुन सक्छ । त्यो साधना प्रदान गर्ने शक्ति यस पृथिविमा, मात्र, पुज्य गुरुदेव सन्त रामपालजी महाराज हुन । मलाई पूरा विश्वास भयो कि कविर साहेब नै भगवान हुन, बाँकी सब कालका साधनासम्म हुन ।

✌त्यसपछि मैले योग मेडिटेसन पनि गर्न छाडें । त्यहाँबाट म र ललन दास दुबैले सतलोक आश्रम बरवाला, हिसार, हरियाणामा फोन गर्‍यौ र यथासक्य छिटो पुज्य गुरुदेव रामपालाजी महाराजबाट नाम उपदेश लिन प्रस्थान गर्‍यौ । म 6 मार्च 2011 मा नाम उपदेश प्राप्त गरि पुर्ण विश्वासका साथ भक्ती गर्दैछु । नामदान लिएर भक्ती गर्नाले मेरो साम्पुर्ण दु:खकष्ट नाश हुन गयो र आज म पुर्ण रुपले स्वस्थ छु । म M.A. पास गरि नोकरीको लागि भौतारिरहेको थिए । नामदान लिएपछी गुरुजिको कृपाले मलाई गाउँकै कलेजमा सरकारी नोकरी पनि मिल्यो । यी सबै सदगुरु रामपालजी महाराजको असिम कृपाले भएको हो । अत: अन्य भक्ती मार्गमा लागेका भक्तजनसित अनुरोध छ कि परमेश्वर कबिर साहेबको भक्ती सदगुरु रामपालजी महाराजबाट नाम उपदेश लिएर गर्‍यो भने जन्ममरण रुपि भयंकर रोगबाट मुक्ती प्राप्त हुन्छ र सांसारिक सुख सम्पती र दु:खको संवत: नाश हुन जान्छ । जय बन्दी छोडकी ! सत साहेब ।

भक्त ब्रजकिशोर - 9841397510
सन्दर्भ सामाग्री: ज्ञान गंगा ।।

म हजुरहरुको शुभचिन्तक, यसैको नाताले म हजुरलाई केही बिन्ति गर्दै छु, कृपया पढिदिनुहोला बुझिदिनुहोला।

नमस्कार, राम-राम हजुर,
म हजुरहरुको शुभचिन्तक, यसैको नाताले म हजुरलाई केही बिन्ति गर्दै छु, कृपया पढिदिनुहोला बुझिदिनुहोला।
मानवले जीवनमा गर्नु पर्ने धेरै कर्तब्य(धर्म)हरु छन् जस्लाई पवित्र श्रीमदभागवत गीतामा भगवानले मानव कल्याणको लागि बताउनु भएको छ।

तर गीताको वास्तविक ज्ञान भन्दा विभिन्न लेखकहरुले आफ्नो-आफ्नो बुझाईको आधारमा प्रदान गरेको फरक-फरक टिप्पणिहरुले सबै क्षेत्रका सबै वर्गले आफू अनुकुल ब्याख्या र कर्म गर्दा गीताको मूल भाव र संदेश नै ओझेलमा परी अहिले समाज विकृत भएको कुरा हजुरलाई अवगत नै छ।

हजुरहरु जस्तो शिक्षित, बुद्धिजिबि र विवेकशिल अभिवावकले गीताको वास्तविक ज्ञानलाई बुझिदिनु भएमा समाज र देशमा सभ्य समाज निर्माण, कुशल सुशासन र अग्रगामी विकास तथा सकरात्मक परिवर्तन हुन धेरै समय लाग्ने छैन् जस्मा म जस्ता नेपालीको सकरात्मक व्याक्तिगत र पारिवारिक सपना, इच्छा र आकांक्षा पुरा हुनेछन्।

कृपया गीताको वास्तविक ज्ञान प्राप्तिको लागि संत रामपालजी महाराजद्धारा अनुवाद गरिएको अमुल्य पुस्तक "गीता तेरा ज्ञान अमृत" र जीवनको महत्व बुझ्नको लागि “जीने कि राह” डाउनलोड गरेर पढ्नुहोला। 
सत साहेब

जीने की राह पुस्तक घर घरमा राख्ने योग्य छ। यस्लाई पढ्ने तथा अपनाउनाले लोक तथा परलोक दुबैमा सुखि रहिने छ।


जीने की राह पुस्तक घर घरमा राख्ने योग्य छ। यस्लाई पढ्ने तथा अपनाउनाले लोक तथा परलोक दुबैमा सुखि रहिने छ। पापबाट बचिने छ, घरको कलह समाप्त हुनेछ। बुहारी-छोरीले आफ्ना आमा-बुबाको विशेष सेवा गर्ने छन्। घरमा परमात्माको निवास हुने छ। भुत-प्रेत, पितृ-भैरव-बेताल जस्ता आत्माहरु त्यस घरको आसपास आउने छैनन्। देवताले त्यस भक्त परिवारको सुरक्षा गर्ने छन्। अकाल मृत्यु त्यस भक्तको हुने छैन जस्ले यस पुस्तकलाई पढेर दिक्षा लिएर मर्यादामा साधाना गर्नेछ।



यो पुस्तक पढेमा उजडिएको परिवारको पुन: मेल हुनेछ जुन परिवारमा यो पुस्तक रहने छ, यस्लाई पढिने छ। जुन कारणले नशा आफै छुट्ने छ किनकि यसमा यस्तो प्रमाण छ कि आत्मालाई छुने छ। रक्सि, सुर्ति तथा अन्य नशाको प्रति यस्तो घृणा हुनेछ कि यसको नाम लिनु मात्रले आत्मा काँप्ने छ। पुरा परिवार सुखको जीवन बाच्ने छन्। जीवनको यात्रा सजिलै तय हुनेछ किनकि जीवनको मार्ग स्पष्ट हुनेछ।

यो पुस्तकमा, पूर्ण परमात्मा को हुन? उनको नाम के हो? उसको भक्ति कस्तो छ? सबै जानकारी पाईने छ। मानव जीवन सफल हुनेछ। परिवारमा कुनै प्रकारको खराबी रहने छैन। परमात्माको कृपा सधै बनिरहेनेछ। जीउने मार्ग उत्तम मिल्नाले यात्रा सजिलो हुनेछ। जस्ले यो पुस्तक घरमा राख्दैनन्, उनीहरु जीउने मार्ग उत्तम प्राप्त नहुनाले संसार रुपि जंगलमा भट्केर अनमोल जीवन नष्ट गर्नेछन्। परमात्माको घरमा गएर पश्चतापको अलवा केहि हाथ लाग्ने छैन्। त्यो समय तपाईलाई थाहा हुने छ कि जीउने मार्ग उत्तम नमिल्नाले जीन्दगी बर्बाद भयो। फेरि तपाईले परमात्मा संग विनय गर्नुहुने छ कि हे प्रभु एक अर्को मानव जीवन बक्स दिनुहोस्। म सत्य मनबाट सहि भक्ति गर्नेछु। जीवनको सहि मार्ग खोज्न सतसंगमा जानेछु। आजिवन भक्ति गर्ने छु। आफ्नो कल्याण गराउँनेछु।

त्यस परमात्माको दरबार (कार्यालय)मा तपाईको पूर्व जन्मको फिल्म चलाईने छ। जस्मा तपाईको प्रत्येक पटक जति-जति बेला मानव जीवन प्राप्त भएको थियो त्यसमा तपाईले यहि भन्नु भएको थियो कि मानव जीवन अर्को दिनुहोस कहिलै बुराई गर्ने छैन्। आजीवन भक्ति गर्ने छु। घरको काम निर्वाह गर्नको लागि गर्ने छु। पूर्ण सदगुरुबाट दिक्षा लिएर कल्याण गराउँनेछु। जुन गल्ति अहिलेको जीवनमा भएको छ, कहिल्यै दोहोर्यानउँने छैन।

फेरी परमात्माले भन्नु हुन्छ कि आफूले आफूलाई मुर्ख बनाएर जीवन नष्ट गरेर पापको गाडी भोरेर आएको छ, मलाई पनि मुर्ख बनाऊन चाहन्छस्। गर्कमा जा र फेरी चौरासि लाख प्रणिहरुको शरिरमा चक्कर लगा। कुनै समय मानव (स्त्री-पुरुष)को शरिर मिलेमा सावधान भएर संतको सत्संग सुन्नु र आफ्नो कल्याण गराउनु।

पाठकजनहरुमा यो निवेदन छ कि यो पुस्तक पढ्नाले तपाईको एक सौ एक पिढि लोक तथा परलोकमा सुखि रहनेछन्। यस्लाई परमात्माको आदेश मानेर पुरा परिवारले पढ्नु। एकले पढ्नु अरुले सुन्नु अथवा एक भन्दा धेरै पुस्तक लिएर छुट्टा-छुट्टै दिनदिनै पढ्नु। यसमा लेखिएको प्रत्येक प्रकरणलाई सत्य मान्नु। मजाकमा नलिनु। यो कुनै सांगीले बनाएको हैन, यो परमेश्वरको गुलाम रामपाल दासद्धारा हृदयबाट मानव कल्याणको उदेश्यले लिखिएको हो। लाभ उठाऊनुहोस्। सत साहेब।।
लेखक
दासन दास रामपाल दास
सतलोक आश्रम बरवाला
जिला-हिसार, हरियाणा (भरत)

आध्यात्म ज्ञान बिना मनुष्यको जीवन अधुरो छ !!!!!!

यदि कसै संग अरबौं-खरबौं को सम्पत्ति भए पनि उसले आफ्नो जीवनमा कुनै न कुनै चिजको कमी महसूस गर्दछ। त्यसको पूर्तिको लागि मनुष्य पर्यटक स्थलहरुमा जाँदछ। त्यस समय उसलाई केहि राम्रो लाग्दछ तर त्यसबाट उसको पूरा जीवन राम्रो हुन सक्दैन, न यसबाट आत्म कल्याण नै हुन सक्दछ। दुई-तीन दिन पश्चात् पुनः त्यही दिनचर्या प्रारम्भ हुन्छ। त्यो कमी परमात्माको भक्तिको हो। यसको पूर्तिको लागि विश्वका धार्मिक मानवहरुले आ-आफ्नो परंपरागत साधना गर्दछन्।

यदि त्यो साधकको त्यो साधना शास्त्र अनुकूल भए त लाभ हुनेछ। यदि शास्त्रविधिलाई त्यागेर मनमाना आचरण अर्थात् मनमानी साधना गरेको भए गीता अध्याय 16 श्लोक 23-24 को अनुसार व्यर्थ छ। न साधकलाई सुख प्राप्त हुन्छ, न सिद्धि प्राप्त हुन्छ, न परम गति प्राप्त हुन्छ अर्थात् व्यर्थ साधना हो। केही श्रद्धालु कुनै गुरूबाट दीक्षा लिएर भक्ति गर्दछन्। यदि गुरू पूर्ण भए लाभ हुन्छ, नभए त्यो साधना पनि व्यर्थ छ।

तपाईहरुले यस पुस्तक ’’गीता तेरा ज्ञान अमृत’’ मा बुझ्नुहुनेछ कि

प्रमाणित शास्त्र कुन हो, जस अनुसार साधना गर्नुपर्छ? 
शास्त्रविधि अनुसार साधना कुन हो? त्यो साधना गर्ने विधि कस्तो छ? कुन महात्माबाट प्राप्त हुन्छ? 
पूर्ण गुरूको पहिचान के हो? यी सबै तपाईहरुले यस पुस्तकमा पढ्नु हुनेछ।

यो पुस्तकले विश्वका मानवहरुलाई एक गर्नेछ, जुन धर्महरूमा बाँढिएर आपसमा लड़ाई-झगडा गरेर मरिरहेका छन्। गीता शास्त्र कुनै धर्म विशेषको होईन। यो त मानव कल्याणको लागि त्यो समयमा प्रदान गरिएको थियो जतिबेला कुनै धर्म थिएन, केवल ’’मानव’’ धर्म मात्र थियो। मेरो नारा छ:-

जीव हाम्रो जाति हो, मानव धर्म हाम्रो।
हिन्दु, मुस्लिम, सिक्ख, ईसाई, धर्म छैन भिन्न।।

जस्तैः बाबा नानकजीको जन्म पवित्रा हिन्दू धर्ममा श्री कालूराम मेहताको घर खत्रि (अरोड़ा) कुलमा भएको थियो। श्री ब्रजलाल पांडेबाट श्री नानक देवजीले गीताको ज्ञान सम्झे र उनीद्वारा बताईएको भक्ति गरिरहेका थिए। श्री विष्णु तथा श्री शंकरजीको पूजा गर्दथे। अन्य सबै देवहरुको पनि भक्ति गर्दथे जुन हिन्दू धर्ममा वर्तमानमा चलिरहेको छ। श्री नानकजी सुल्तानपुर शहर जुन हाल पाकिस्तानमा छ, त्यहाको नवाबको मोदीखानामा नोकरी गर्दथे। शहरबाट लगभग आधा-एक कि.मी. टाढा बेई नदी बग्दथ्यो। प्रतिदिन श्री नानक देव साहेबजी त्यो दरियामा स्नान गर्न जाने गर्दथे। परमात्मा राम्रो आत्मा जुन दृढ़ भक्त हुन्छन, उनलाई भेट्दछन। अधिक प्रमाण तपाईले यसै पुस्तकमा पढ्नुहुनेछ।

त्यही विधान अनुसार परमात्माले श्री नानक देव साहेबजीलाई भेटे। उनलाई तत्वज्ञान बताए। सत्य साधना जुन शास्त्रनुकूल छ, त्यसको ज्ञान गराए। श्रीनानक देवजीको सन्तुष्टिको लागि उनलाई आफुसंग माथि आफ्नो शाश्वत् स्थान अर्थात् सच्चखण्डमा लिएर गए। सर्व ब्रह्माण्डको भ्रमण गराएर यथार्थ भक्ति विधि बताएर “सनातन भक्ति” को पुनः स्थापित गर्ने आदेश दिए। तीन दिन पश्चात् श्री नानकजी लाई वापिस जमीनमा छोड़िदिए। त्यस पश्चात् श्री नानकजीले हिन्दू धर्ममा चलिरहेको मनमाना आचरण बंद गरेर गीता शास्त्र अनुसार साधनाको प्रचार गरेर यथार्थ भक्तिको प्रचार गरे।

परमात्माको सत्य साधना गर्नको लागि सर्वप्रथम ’’गुरू’’ हुनु अति अनिवार्य छ। यसैको पालना गर्दै श्री नानकजीले “शिष्य’’ बनाउन शुरू गरे, स्वयं उनी गुरू पदमा विराजमान थिए। श्री नानकजीको शिष्यहरुलाई पंजाबी भाषामा सिक्ख भनिन्छ। जुन कारणबाट उनको अलग पहिचान भयो र वर्तमानमा उनै अनुयाईहरको समूहले धर्मको रूप लिए। हिन्दू तथा सिक्ख आपसमा धर्मको नाममा लड़ेर मर्छन्, यो विवेकको कमी हो।

विवेचन:- भक्ति कुनै पनि गर, त्यस्को लागि गुरू बनाउनु आवश्यक छ। गुरू पनि त्यस्तो गुरू हुन जस्ले आफ्नो मुख कमलबाट तत्वज्ञान तथा साधना विधि बताउन्। हिन्दुमा अधिकांश बिना गुरूको नै आफ्नो परंपरागत साधना गर्दछन्। यहि बिग्रेको रूपको श्री नानकजीले परमात्माबाट प्राप्त ज्ञानबाट ठीक गरेका थिए। वर्तमानमा सिक्खमा पनि त्यस्तो गुरूको अभाव छ। सूक्ष्म वेदमा भनिएको छ (सूक्ष्म वेद के हो, तपाईले यस पुस्तकबाट जान्नुहुनेछ) कि:-

राम-कृष्ण से कौन बड़ा, उन्होंने ने भी गुरू कीन्ह। 
तीन लोक के वे धनी, गुरू आगे आधीन।।
भावार्थ:- जुन हिन्दू श्रद्धालु बिना गुरूको मनमाना आचरण गर्दछन्, उनिहरुलाई भनिएको छ कि तपाईले श्री राम तथा श्री कृष्णजी भन्दा ठुलो त कसैलाई पनि मान्नुहुन्न। ती तीन लोकका धनी अर्थात् मालिक भएर पनि गुरू धारण गरेर भक्ति गर्ने गर्दथे तथा आ-आफ्नो गुरूदेवको चरणमा दण्डवत् प्रणाम गर्ने गर्दथे। तपाईको के औकात छ, तपाई बिना गुरू भक्ति गरेर कल्याण चाहनुहुन्छ। 

सूक्ष्मवेदमा फेरि भनिएकोछ:-
कबीर, गुरु बिन माला फरते, गुरु बिन देते दान। 
गुरु बिन दोनो निष्फल हैं भावै पूछो वेद पुराण।।

यस पुस्तकमा तपाईलाई अरु पनि अनेक भक्तिको यथार्थ ज्ञान तथा साधनाको ज्ञान हुनेछ। म आशा गर्छु कि यो पुस्तकले मानव कल्याण गर्नेछ। मेरो परमेश्वरलाई विनय छ कि हे परमात्मा! म दासको यस प्रयत्नलाई सफल गर्नुहोला। सबै प्राणी तपाईको बच्चा हुन, तपाईको आत्मा हुन। यीनिहरुले यथार्थ भक्ति मार्ग बुझुन् र सबै मानवले आफ्नो जीवन धन्य बनाउन। विश्वमा शान्ति होस।

दिनः– 08/09/2012 
लेखकः-संत रामपाल दास महाराज
सतलोक आश्रम बरवाला, हरियाणा (भारत)।

पुस्तक डाउनलोड गरेर अवश्य पढ्नुहोला। राम राम।। सत साहेब।। जय बन्दिछोढकी।।http://www.jagatgururampalji.org/click.php?id=1

Wednesday, April 5, 2017

ॐ बाट के प्राप्त हुन्छ जान्नु होस्

यजुर्वेद अध्याय40 मन्त्र15 मा भनेको छ कि ॐ' नाम को जाप काम गर्दै स्मरण गर , बिशेष कसक का साथ स्मरण गर तथा मनुष्य जन्म को मुल कर्तव्य जानेर स्मरण गर ।

श्री मद्भगवत गीता अध्याय 8 श्लोक 13 मा गीता ज्ञान दाता प्रभु ले भन्नुभएको छ कि:- ॐ इति एकाक्षरम ब्रहा व्यवहारन माम अनुस्मरण य: प्रयाती तजन देहम स: याती परमाम गतिम।।।अर्थात :म ब्रम्ह को ॐ यो एक अक्षर हो , उच्चारण गरि स्मरण गर्दै जो शरीर त्यागेर जान्छ , त्यो ॐ को जाप बाट प्राप्त हुने परमगती यानी ब्रम्हलोक( माहास्वर्ग ) मा जान्छ।

श्री मद्भगवत गीता अध्याय 8 श्लोक 16 मा भनिएको छ कि ब्रम्हलोक प्रयन्त सर्व लोक पुनारावर्ती मै छ अर्थात ब्रम्हलोक ( माहास्वर्ग) मा गएका साधक( भक्त) पनि फेरि फर्केर संसार मै आउँछ, उनको जन्म मरण सदा भइ नै रहन्छ ।ब्रम्ह लोक प्राप्ती पुर्ण मुक्ती होईन ।


Tuesday, March 14, 2017

परमातमाको शरण मा आइ पुग्दासम्म्को मेरो बिगत को अध्यात्मिक यात्राको शेरोफेरो ।सत साहेब।

अतीत देखि बर्तमान सम्म हेर्दा।

परमात्माको अशिम कृपा ले जीवन देखि बैराग्य जागेको अवस्था 2058-11 महिनामा 19 वर्ष को उमेर मा कारण किशोरावस्था शुरु 13 वर्ष को उमेर देखि 19 वर्ष सम्म त्यस पछिको समय युवा अवस्था हो।किशोरावस्था शुरु लगतै एक महिला साथी सङग परिचय शुरु भयो। साथिको रुपमा हासो ठट्टा गर्दै युवा अवस्था (teen age) को कारण कुन वेला एकोहोरो प्रीती बस्यो थाहै भएन ।सायद प्रकृतिको नियम नै यस्तो छ कि विपरीत लिङ्गी एक अर्का प्रति आशक्ती एकोहोरो मन परेपनी त्यो मेरो मन मै मात्र सिमित थियो ।यो क्रम 19 वर्ष लाग्दा यानी युवा अवस्था teenage को अन्तिम अवस्था सम्म रहयो यश समय मा अवगत भयो कि उनको अरु नै कुनै सङग दोहोरो (दुई थर्फी) प्रीती बसेको रहेछ ।यो जानकारी मलाई भए पछि प्रेम भनेको पाउनु मात्र हैन गुमाउनु पनि हो। यदि मैले साच्चै कै मनपराएको भए उनको खुशी आनन्द मा मैले खुशी मनाउनु पर्छ, 

                             यस्तो सोचाई मन मा आउथ्यो तर जीवन मा जुन उत्साह उमंग थियो त्यो युवा अवस्थामा रहेन संसार विरक्त लाग्न थाल्यो युवा अवस्थामा। जुन जोश जागर हुनुपर्ने हो त्यो त्यति रहेन ।जीवन देखि विरक्त लाग्न थाल्यो जीवनको रहस्य बुझ्न मन लाग्यो ।जीवन देखि विरक्तिएको अवस्थामा रेडियो मा यस्तै जीवन दर्शन सम्वन्धी कार्यक्रम हरु सुन्न थालियो । त्यस ताका H.B.C Fm मा कठित युवा दार्शनिक विकाशानन्द को प्रवचन खुब सुनियो।उहाको आकर्शक प्रवचन र विचार देखि प्रभावित भएर उहाँ बाट 2063मा रेकि प्रथम दीक्षा लिएर साधना गरीयो 21 दिनको ।यसरी मेरो नैरास्य जीवनको आध्यात्मिक यात्रा को थालनी भयो ।उहाँ मोक्ष को ( मुक्ती) कुरा गर्नुहुन्थ्यो रेकि प्रथम कोर्स पूरा गरि हठ योग दैनिक जसो गर्न थालियो । जीवन देखिको वैराग्यपन झन बढ्न थाल्यो । 

                                       साधु शन्त हरुको सङ्गत गर्ने क्रममा रजनीश जी (ओसो) को एक जना चेला सङ्ग भेट भयो र उहाद्वारा  प्रतिपादित शास्त्र विपरीत साधना गर्न थालियो । यो विकाशानन्द को प्रवचन र उहाँ को साधना भन्दा धेरै सहज र तनाव मुक्त (अस्थाई) गर्ने ध्यान विधि थियो। तर थियो शास्त्र विपरीत नै । करीव यो साधना को साथ 2 बर्ष सम्म लगातार गर्दै रहियो।आध्यात्मिक रुपमा मानसिक विचार परिपक्क हुँदै गइरहेको अवस्था थियो।उहाको यो साधना ले थोरै रुपमा भएपनी मानसिक शान्ति प्रदान गर्थ्यो भने रेकि साधना र विकाशानन्द को प्रवचन ओसोको अगाडि फिक्का लाग्न थाल्यो र छोडे पनि। ओसोको प्रवचन CD ,DVD तथा मेमोरी कार्ड लगाएत tv chanel मा धेरै भन्दा धेरै सुन्न थालियो । यसै क्रममा उहाले माहात्मा बुद्ध को प्रशंसा गर्दै बुद्धका भिक्षुहरुलाई भोजन दान गर्दा धेरै आध्यात्मिक लाभ हुने भनेकोले भिक्षुहरुको खोजीमा लागियो। भक्तपुर मुनीविहार मा केही पल्त गए पछि त्यहाको भिक्षु प्रमुख लाई भेतियो। दान पनि गरीयो र उहाँ मार्फत बुद्ध को जानकारी पनि धेरै पाईयो र उहाँ को उपदेश लगाएरत उहाँ बाट प्रतिपादित शास्त्र विपरीत साधना विपस्यना ध्यान जानकारी भयो। 

                               2065-7 मा मैले बिपस्यना ध्यान सत्यनाराण गोयन्का बाट CD मार्फद बिपस्यना शिविर बुढा निल्कन्थ (शीवपुरी डाडा ) मा सिके। साधना दस दिवसिय थियो ।जीन्दगीमा पहिलो पटक परमार्थामा( लागि) दस दिन घर परीवार सबै छाडि जंगलमा आर्य मौन ( नवोलीकन ईसारा सम्मपनी गर्न नपाईने) हठ योग पालना गरि 10 दिन सन्यासी भिक्षु को रुपमा जीवन मै पहिलो पटक साधु जीवन दस दिनको शन्त जीवन यापन गरीयो। विपस्यना साधना पश्चात् जीवन मा मानसिक रुपमा धेरै सकारात्मक परीवर्तन आयो। विपस्यना साधना पश्चात् रजनीस जी (ओसो) को साधना पनि फिक्का लागन थाल्यो। विपस्यना साधना पश्चात् मेरो जीवन मा आध्यात्मिक परीवर्तन क्रान्तिकारी रुपमा भयो। माहात्मा बुद्ध भन्नू हुन्थ्यो यो सन्सार दुख को खानी हो।यो वाक्यले सन्सार बाट झन बिरक्त हुन्थे र विपस्यना ध्यान बाट मुक्ती यानी निर्वाण पाईन्छ भनेर बदो लगन का साथ गर्दै विपस्यना साधना ( शास्त्र विरुद्ध हठ पुर्बक गर्ने साधना थियो तर पनि गरे विपस्यना ध्यान स्वासलाई अनुभव गर्दै शुरुहुने ध्यान भएकोले स्वास्को सुमिरण गर्दा बदो मानसिक शान्ती प्राप्त हुन्थ्यो गरुन्जेल।विपस्यना साधना विहान बेलुका गरे पनि मन ले केही अर्को नै खोजी गरि रहेको थियो (यो साधनाले पुर्णमुक्ती नहुने भएकोले वास्तविक मुक्ती निर्वाण हुने साधनाको खोज आत्माले गरीराखेको थियो।। आत्माले परमात्मा स्वरुप बन्दी छोद सत्गुरु रामपाल जी माहाराज बाट दीक्षा चाहिँ राखेको थियो।)

वास्तविक मुक्ती को मार्ग वास्तविक साधना को खोज आत्माले चाहेको थियो।खोज यथावत नै थियो तर विपस्यना चाहिँ गर्दै थिए भने विपस्यना साधना थालेपछी अगाडिको साधना हरु छोडे। खोजीकै क्रममा श्री श्री रवीशन्कर जी को ध्यान साधना जो विल्कुलै शास्त्र विरुद थियो 2068-1-17 मा उहाँ दारा प्रतिपादित शास्त्र विरुद्ध साधना सुदर्शन चक्र ध्यान को अनुभव पनि गरीयो ।तर विपस्यना को अगाडि विल्कुलै फिक्का थियो।र उहाको ज्ञान् पनि माहात्मा बुद्ध को ज्ञान् को अगाडि फिक्का थियो। यस्तै साधुहरुको सङ्गत गर्ने क्रममा कृपालु जी को आश्रम पनि धाईयो, आसाराम को ज्ञान् पनि सुनियो, ब्रम्हकुमारी ज्ञान् को सातदिने कोर्स पनि गरीयो 

2069-03-28 मा हठ योगी पायलत बाबा(कपिल अदैत) सग भेटेर दुई शब्द कुरा गर्ने मौका पाए।त्यस्को भोलि पल्त उहाँ बाट मन्त्र दीक्षा पाए जो शास्त्र विरुद्ध थियो।  उहाँ बाट पाईने मन्त्र जप्नुको साथै बिपस्यना पनि गर्थे ।तर विपस्यना ध्यान को अगाडि यो मन्त्र दीक्षा पनि मलाई फिक्का लाग्न थाल्यो।उहाँ ले कुनै मर्यादा बनाउनु भएको थिएन ।मात्र यो मन्त्र जप्नु भनेर कान मा भनेको थियो।। उहाको अन्तिम लक्ष्य जोत निरन्जन सम्म मात्र थियो। यश भन्दा माथिको ज्ञान् उहालाई जानकारी सम्म पनि थिएन जस्तो मलाई लाग्छ।उहालाइ दुर्गा र नीरन्जन ले अपार सिद्दि दिनुभएको ले यश उपलब्धी मै सन्तुस्त देखिन्थ्यो। उहाले भनेको मन्त्र मैले चार महिना सम्म करिब 1 घन्ता को हिसाब ले जपे। 

               यश अवस्था सम्ममा मैले बन्दी छोद सत्गुरुरामपाल जी माहाराज को जानकारी हुनुका साथै suprim god कबीर साहेब को जानकारी लगाएत सत्लोक देखि अकह लोक सम्मको जानकारी भएको पुस्तक ज्ञान् गङगा मेरो हात मा परीसकेको थियो। मनमा वास्तविक मुक्ती निर्वाण को अभिलाषा यथावत थियो। वास्तविक भक्ती को खोज यथावत थियो । (ग्यान गङ्गा पुस्तक हात मा परेपनी पढ्न चाहिँ हातमा परेको करीब 6 महिना पश्चात् मात्र अध्यन गरेको थिए ) भने विपस्यना साधना यस्तो थियो कि भोकाएको मान्छे लाई बासी रोटी अथवा केही नमिथो खानेकुरा पाउँदा भोक लाई केही राहत दिए जस्तो मात्र थियो। परमात्मा प्राप्तिको शास्त्र अनुकुल साधना वास्तविक साधना तत्वदर्शी सन्त (परमात्मा) सत साहेब को खोज चाहिँ यथावत नै थियो।आत्मा परमात्मा मा विलय हुने वास्तविक साधना शास्त्र अनुकुल साधना मैले 2070-03-02मा बन्दी छोद सत्गुरुरामपालजी माहाराज जी बाट नाम दीक्षा पाएपछी पूरा भयो। यश साधना प्राप्त भए पछि परमात्मा स्वरुप सत्गुरु बन्दी छोद रामपालजी माहाराज को अशिम कृपाले मैले उहाले दिनु भएको भक्ती मर्यादमा रहिपुरानो सबै साधना लाइ त्यागी दिए जो शास्त्र विरुद्ध थियो मेरो परमात्मा प्राप्ती को वास्तविक साधना र सत्गुरुको खोज अब पूरा भैइ सकेको थियो। सत्गुरु बाट नाम दीक्षा पाए पछि यश सन्सारको सम्पुर्ण जन्जाल युक्त संस्कार हरु त्यागे ।यश संसार को लागि अब म मानसिक रुपमा मरे यानी संसार त्यागे। बन्धन हरु पुरानो जो पुर्व जन्मको संसार बाट जुधन आएको थियो ।नाम दीक्षा लिएपछीमानसिक रुपमा त्यो पनि मुक्त भयो ।यो साधना प्राप्त भएपछी वास्तविक निर्वाण को शास्त्र अनुकुल साधना मन लगाएर गर्न थाले। आत्माले वास्तविक परमात्मा जानीयो परमात्मा प्राप्तिको वास्तविक बाटो (भक्ती) सत्गुरुको मार्फत प्राप्त भयो। अब पहिलाजस्तो अतृप्त मन रहेन ।मानसिक सान्ती हुन थाल्यो। मनको माया प्राप्ती को दौद मा पनि निकै कमी भयो।

सत साहेब बन्दी छोद सत्गुरुरामपालजी माहाराजकी जय हो।।


कृष्ण सुन्दर दास  (कर्मचार्य )
भक्तपुर, सुर्यविनायक
9860116214 


From
https://www.facebook.com/groups/228698344143724/permalink/433393380340885/







Sunday, March 12, 2017

।।रहस्यात्मक ज्ञानको सहज प्राप्ति।।

म(विजय बिक्रम बस्नेत दास)
                                          सानै देखि अलि हठि र रहस्यात्मक कुराहरुलाई बढि चासो दिएर सुन्ने, हेर्ने र पढ्ने स्वभावको थिए। घण्टौसम्म आकाशमा हेरेर सोच्दथे कि- यी ताराहरु कस्ले- किन बनाएको होला? कत्रा होलान्? कहाँ होलान्? ब्रह्माण्ड कति होलान्? आदि२। मानिसलाई कस्ले बनाएको होला? किन बनाएको होला? सुख मात्र दिएको भए हुनेथियो! किन दुःख बढि दिएको होला? भगवान को होला? कहाँ होला ? आदि2।

मेरो, विशेष गरेर धार्मिक पुस्तकहरुको अध्ययनमा रुचिको कारण आफ्नो कोर्ष अफ स्टडिज(सेलेबस)को अलवा महाभारत, रामायण, श्री स्वस्थानि ब्रत कथा जस्ता पुस्तकहरु रुचिका साथ पढ्ने गर्दथे।

मलाई केही प्रश्नहरुले सदा सताउने गर्दथे कि- मानिस किन जन्मने र मर्ने गर्दछन्? के मरे पछि फेरी जन्म हुन्छ? यदि जन्न हुने भए के हामी सधै जन्मने र मर्ने मात्र गर्ने छौ? के पूर्व जन्म देख्न सकिन्छ? म रामायण महाभारत कालमा के थिए होला र मलाई किन याद छैन्? के रामायण र महाभारतमा लेखिएका कुराहरु सत्य होलान?

समयको गति संगै उमेर बढ्दै जाँदा मैले धेरै धर्म गुरुको प्रवचनहरु सुने, दिक्षा लिए, साधना गरे र केही सिद्धिहरु पनि प्राप्त गर्ने क्रम शुरु भयो। यसै क्रममा मलाई पूर्व जन्म संग सम्बन्धित कुराहरुमा रुचिको कारण सम्मोहन (Hypnotism, Past life regression) विद्यामा मैले धेरै अनुभवहरु हासिल गर्ने मौका प्राप्त गरे। मैले अरुलाई सम्मोहन विद्याको प्रयोग गर्ने क्रममा धेरै कुराहरु सम्मोहन सम्मबन्धमा लेखिएका पुस्तकहरुमा बयान गरे मुताविकनै पाए।

सबै मानिसहरुले चेतन अवश्थामा अनेक सिद्धान्त तथा विचारहरुको कुरा गर्दछन् तर सम्मोहनद्धारा अवचेतन अवश्थामा लगेको बेलामा सबैले एकै किसिमको बोलि बोल्ने गर्दछन् । मैले यसमा विशेष गरेर मृत्यु पश्चात कहाँ कसरी गईन्छ, के-के हुन्छ, कसरि कुन उदेश्य लिएर पुनः जन्म हुन्छ, विषयमा अध्ययन गरेको थिए। उहाँहरु सबैले करिब-करिब एकै प्रकारको उत्तर दिएका थिए।

उदाहरणको रुपमाः अहिले सबैलाई मानिसको उदेश्य के हो? भन्ने प्रश्न गरियो भने बिभिन्न किसिमका उत्तरहरु दिन्छन् तर अवचेतन अवस्थामा लगेर सोध्ने भने "सिक्नको लागि” र “मोक्ष प्राप्तिको लागि” हो भनेर भन्ने गर्दछन्। उनिहरुको वयान अनुसार हामी “जन्मे पछि त्रिगुणमयी भगवानको प्रभावको कारण र हाम्रो समाजमा विद्यमान संस्कारको कारण हाम्रो मुल उदेश्य भुलि अन्य कुराहरुमा उल्झिन पुग्छौ”।

मैले धेरैलाई पुर्व जन्ममा लैजानने क्रममा तथा उनिहरुलाई विभिन्न भगवानहरुसंग भेटाएर कुरा गर्ने क्रममा उनीहरुले अवचेतन अवस्थामा गरेको बयान अनुसार एउटा गजबको कुरा थाहा पाए कि हाम्रो समाजमा विद्यमान रहेको धर्म, संस्कार र कर्ममा कुनै पनि कुरा मेल खादैन। म आश्चर्यचकित भए। म दुःखित भए। मैले सोचेः- कि धर्म ग्रन्थ गलत छन्? कि संस्कार गलत छ? कि हिप्नोटिजम् प्रक्रिया गलत छ?

यस सन्दर्भमा मैले तत्कालिन गुरुहरुसंग प्रश्न सोधे तर उहाँहरुले मलाई संतोषजनक उत्तर दिन सक्नु भएन। मैले वेद र गीता पढेको थिएन् किनकी क्षेत्रीको छोरा भएको कारण वेद गीता पढ्ने भन्ने कहिल्लै सोचनै आएन। तर मलाई विश्वास थियो कि हाम्रा सबै धर्म संस्कारहरु वेद र गीता अनुसारनै चलेका छन् भनेर।

यसै क्रममा सम्मोहन विद्याबाट जस्तो सुकै (आन्तरीक कारणबाट, दैविक कारणबाट उत्पन्न) रोगहरुलाई पनि ठिक गर्न सक्ने सिद्धि मलाई प्राप्त भैसकेको थियो र धेरैलाई आश्चर्यजनक तरिकाले पुराना मेडिकल साइन्सले ठिक गर्न नसकेका रोगहरु ठिक गरिदिए। मलाई यो काम गर्न निकै आनन्द पनि आउँदथ्यो किनकी मैले सोचेको थिएकी कसैलाई पिढा मुक्त गर्नु वा उद्धार गर्नु पुण्यको काम हो।

तर प्रकृति मेरो सोच भन्दा ठिक उल्टो रहेछ, एकातिर मैले कसैलाई ठिक गर्नको लागि मैले कमाएको आध्यात्मिक धन खर्च गरिरहेको रहेछु भने अर्को तिर कर्मको फल भोग्नै पर्ने प्रकृतिको नियमलाई उलाङ्गन गरिरहेको रहेछु, जस्को कारण मेरो विस्तारै गर्दन, दाहिना हात र कम्मरको पिढा भई चलाउन नहुने अवश्था सृजना भयो। मैले अस्पतालमा देखाए ठिक भएन।

आफ्ना गुरुहरुलाई हार-गुहार गरे, केही उपाए लागेन । उहाँहरुले भन्नु भयो कि तेरो कर्मको फल तैले आफैले भोग्नै पर्छ। म धेरै चिन्तित भए कि- जिवनमा दुःख-पिढा नहोस भनेर नै पूजा, साधना तथा गुरु मान्ने गरिन्छ तर यति गर्दा पनि दुःख र पिढा हुन्छ भने पूजा-साधना गर्नुको औचित्य के भयो!

यसै क्रममा समयमा मलाई एक दिन एक मित्र (भगत रमेश दास)ले ज्ञान गंगा पुस्तक पढ्नुहोस भनेर प्ररित गर्नु भयो । ज्ञान गंगा पुस्तक मैले ढेड बर्ष अगाडी नै अन्य धार्मिक पुस्तक किन्ने क्रममा किनेको थिए र केही पेज पढेर संस्कारको अहंकारवस "यस्तो पनि हुन्छ" “बकबास किताब” भनि पढेको थिएन्।

तर अहिले मसंग पुस्तक नभएको कारण इन्टरनेट www.jagatgururampalji.org बाट पुस्तक डाउनलोड गरेर पढ्ने कोशिस गरे तर संस्कारको अहंकारले मलाई सुरु-सुरुमा त्यहाँ लेखिएका कुरामा सहजता महसुस गराएन्। तर पनि मैले सबै सर-सरति पढे र पुनः त्यहाँ लेखिएका कुराहरुलाई रिफरेन्सको रुपमा लिइ इन्टरनेटबाट वेद र गीताका पुस्तकहरु डाउनलोड गरेर एक-एक श्लोकहरुलाई चेक गरे। सबै कुराहरु ज्यूका त्यू सत्य पाए।

त्यस पश्चात मैले हाम्रा धर्मगुरुहरुसंगको आध्यात्मिक ज्ञान चर्चा (Spiritual Debate Sant Rampalji Maharaj Vs Shankaracharya, Satpalji, Arya Samaj e.t.c.) You Tube बाट हेरे।

म झस्किए, छाँगाबाट खसे जस्तो महशुस भयो। मेरो पुरानो संस्कारको अहंकारमा ठूलो चोट लाग्यो र म केहि समय असमान्जस्यतामा टोलाउन पुगे। मलाई अहिले यो भन्न लाज लाग्छ कि- मैले अन्धो भएर ती अज्ञानी केहि सिद्धि प्राप्त धर्म गुरुहरुको साधना गरिरहेको रहेछु जस्लाई वेद र गीताको ज्ञाननै रहेनछ, भगवान को हुन, कहाँ बस्छन् थाहानै रहेनछ।

सुख पाउने र मोक्ष पाउने आशमा मुर्ख भई, कौवाले कान लग्यो भनेर आफ्नो काननै नसमातिकन दौडिन पुगेछु, वेद र गीताले नगर्न भनेका सबै उल्टो र गलत साधना गर्न पुगेछु। सायद अनगिन्ति जन्मको समय अज्ञानतामा बर्बाद गरेको रहेछु। नत वेद, नत गीता गलत रहेछ, नत रामायण र महाभारतमा भएका कुराहरु नै गलत रहेछन्। गतत त म जस्ता पढेलेखेर पनि केही धन-मान र मोज-मस्तिको रसमा रमाएर हाम्रा पवित्र वेद र गीतालाई नै साक्षि राखि गराएको गलत ज्ञानको बुझाई र उल्टो धर्म संस्कारको रहेछ।

त्यस पछि मैले विगतका साधनाका सबै सामाग्रिहरुलाई बोरामा हालेर खोलामा लगेर बगाई दिए। मैले संकल्प गरे कि "हे सम्पुर्ण ब्रह्माण्डका सृजनहार पूर्ण ब्रह्म कविर्देव म हजुरको शरणमा आउँदै छु मलाई संत रामपालजी महाराजको शरणमा नामदान (दिक्षा) लिदाँसम्म सुरक्षित गरिदिनुहोस"।

म सतलोक आश्रम, बरवालामा 2014 Mar 16 मा गई सोही दिननै नामदान लिए। मेरो स्वास्थ्य अहिले सदगुरुदेवको कृपाले ठिक छ र मलाई थाहानै भएन कि कहिले बाट ठिक भए। मेरा सारा रहस्यात्मक नसुल्झिएका प्रश्नहरुको उत्तर मैले पाए। हाल दृढताका साथ गीता र वेदमा उल्लेखित शास्त्रानुकुल साधना गरिरहेको छु। यसै जन्ममा सदगुरुदेव संत रामपालजी महाराजको दयाले मेरो मोक्ष हुने कुरामा म ढुक्क छु।

जय बन्दिछोडकी।।सत साहेब।।

Jagat Guru Rampal Ji Maharaj
jagatgururampalji.org



विजय बिक्रम बस्नेत दास


copy pest 

Saturday, March 11, 2017

म श्याम कुमार दास, पेशाले इलेक्ट्रीकल इन्जिनियर



सत कबिरको दया
     म श्याम कुमार दास, लोटल यादव पुत्र कचुडी -5 धनुषा निवासी हुँ । म पेशाले इलेक्ट्रीकल इन्जिनियर, नेपाल बिधुत प्राधिकरण विभाग काठमाण्डौमा उप-प्रबन्धकको पदमा कार्यरत छु । म श्याम कुमार आफ्नो दु:खी जीवनको झलक बताउँदै छु । अहिले मलाई मेरो बितेका ती दिनहरु सम्झँदा आङ सिरिङ्ग हुन्छ । जस्को वर्णन गर्दा भक्कानो छुटेर आउँछ ।
म विज्ञान बिषयको बिधार्थी भएकोले नस्तिक प्रवृतिको थिए । इन्जिनियर बनिसके पछी पनि त्यही सिलसिला जारी थियो । मोज मस्ती गर्नु जिन्दगी हो भन्ने सम्झन्थें । 34 वर्षको उमेरमा नै म डायबेटिजको बिरामी भए । जस्ले गर्दा मेरो दिमागले कम काम गर्न थाल्यो र म चिन्तित जीवन जिउन थाले । तर एक समय मेरो सामुन्ने यस्तो घटना घट्यो जस्ले मलाई आध्यात्मिकता प्रति झुकाब बढायो ।


🍦म दाङ जिल्लामा कार्यरत थिए । त्यतिखेर एउटा अजिव घटना घट्यो । एउटा बसमा माअोबादि लडाकु र शसस्त्र प्रहरी बिच गोलि हाना हान भयो । त्यसै समय मेरो एउटा साथिको टाउकोमा गोलि लाग्यो र पछिल्तिरबाट निस्कियो । र थुप्रै अरु मानिसहरुलाई पनि गोलि लाग्यो र मरे । टाउकोमा गोलि लागेको मेरो साथिलाई लखनऊमा लगेर उपचार गराईयो र ऊ बाच्यो । लखनऊबाट फर्के पछि थाहा भयो हात र खुट्टामा गोलि लागेको अर्को व्याक्तिको चाहिँ मृत्यु भयो । त्यसै दिनदेखी मलाई यो जगत चलाउने कुनै अर्को अदृश्य शक्ति छ या भगवान छन भन्ने महसुस तथा बिश्वास भयो । तर कसरी र कहाँ प्राप्त हुन्छ भन्ने थाहा थिएन ।

✋यसै सिलसिलामा म ऊ शान्तिबाट शुरु गरेर योगि बिकासानन्दजी, स्वातिजी, स्वामी रामदेव महाराजबाट ज्ञान लिएर दुई वर्षसम्म योग साधना गरे तर डायबिटिजमा कुनै लाभ भएन । मलाई कसै गरे पनि परमात्मा प्राप्त गर्ने र उपचार गराउने कुनै पनि उपाए प्राप्त भएन ।

💞यसै सिलसिलामा "भक्ति के सौदागरको सन्देश" नमक पुस्तक मैले पाएँ । त्यो पुस्तक पढ्न सुरु गरे र मैले ब्रह्माका पिता, विष्णुकी माता एवं शंकरका हजुरबुबा को हुन ? भन्ने प्रश्नको उत्तर पाएँ । म यो देखेर स्तब्ध भएँ । त्यस पछि "भक्तिके सौदागरको शन्देश" एक दिनमा कैयौ पटक पढे । पुस्तक पढ्दा पढ्दै वेब साइड हेर्ने उत्सुक्ता जाग्यो । मलाई ज्ञानको भोक झन् झन् बढ्दै गयो र मैले अन्य पुस्तकहरु पनि पढे । गहरी नजर गीतामें, आध्यात्मिक ज्ञान गंगा, करौथा काण्डका रहस्य लगायत सम्पुर्ण हिन्दी पुस्तकहरु दुई वर्ष सम्म पढें । जब प्रमाणको रूपमा श्रीदेवी पुराण, महाभारत, रामायण, शिव पुराण, गरुण पुराण तथा गीता जस्ता ग्रन्थ पढेपछि जस्ताको त्यस्तै रूपमा प्रमाण पाएँ । त्यस्पछी मलाई सतलोक आस्रम जाने ईच्छा भयो । मलाई शास्त्र बिरुद्ध साधना गरिरहेका सबै धर्म गुरुहरु ढोंगी लाग्न थाल्यो । त्यसैले मैले सबै खालका आन (अहं) पूजा तथा उपासना छोडिदिएँ ।

💍कबिर (कबिर साहेब) को कृपाले कार्यालयको कामले पंजाब प्रान्तको भटिण्डा जाने अबसर मिल्यो । म अमृतसरबाट चण्डिगढ जाँदा जिंदबाट हिसार आउन चाहें तर किसान आन्दोलनका कारण भटिण्डा नै फर्किए । फेरि अमृतसरबाट फर्कदा आस्रममा म कसरी अाऊँ भनेर फोन गरे । अम्बालाबाट बसमा बरवाला(सतलोक आस्रम) आउने सल्लाह पाँए । किनकी त्यो बाटो खुल्ला थियो । तर म अम्बालाबाट निकै अगाडी आईसकेको थिए । अनि कुरुक्षेत्र हुँदै आफ्ना तीन जना साथिहरुलाई छोडें र भाडाको ट्याक्सी लिएँ । मलाई परमात्मा स्वरुप दुतले साझँ सतलोक आस्रममा पुर्‍यायो । आस्रममा नामदान (दिक्षा), खानपिनको प्रबन्ध तथा बस्ने व्यबस्था नि:शुल्क भएको थाहा पाए ।

💑म सन्त रामपालजी महाराजबाट नामदान तथा उपदेश लिएर दिल्ली हुँदै काठ्माण्डौ फर्के । त्यसपछी मैले परमात्मा(पुर्ण ब्रह्म)को चमत्कार देखे । परिक्षण गराउदा मैले आफ्नो डाएबेटिज सामन्य पाँए । त्यसै दिनबाट मलाई सन्त रामपालजी स्वरुपमा कबिर साहेबजी सन्त रामपालजी महाराजको स्वरुपमा सतलोक आस्रम चण्डिगढ रोड, बरवाला, हिसार जिल्ला, हरियाणा(भरतमा)मा बिराजमान हुनुहुन्छ भन्ने पुर्ण विश्वास भयो । त्यस दिनबाट म डायबिटिजको उपचार सद गुरु रामपालजी महाराजको कृपा भक्ती रुपि औषधिले गर्न थाले । एक महिना पछि पुरै परिवारले सतलोक आस्रम बरबाला गएर नाम दीक्षा लियौ ।

✌त्यसपछी मेरो जिवनमा एक अद्भुत चमत्कार भयो । मेरो सरुवा कठ्माण्डौमा भयो । अनि नेपालमा हुने ज्ञान गंगा पुस्तक सेवामा सरिक हुन थाले । बिस्तार बिस्तार समाजमा सदगुरुको अमृत दया वर्षन थाल्यो र नेपालमा सदगुरुदेवको ज्ञान प्रचार प्रसार जोड तोडका साथ हुन थाल्यो । थुप्रै भक्तजनहरु सत्लोक आस्रम पुगेर उपदेश प्राप्त गर्न थाले ।

💘म सबै दाजुभाई, दिदिबहिनी एवं भक्त समाजसंग हात जोडेर प्रारथना गर्न चाहन्छु तपाईहरु नक्कली गुरु तथा महामण्डलेश्वर स्वामी आदिका चक्करमा नपरी विवेकपूर्ण निर्णय लिदैं पुर्ण परमात्माको भक्तिको लागि सतलोक आस्रम चण्डिगढ रोड, बरबाला, हिसार जिल्ला, हरियाणा(भारत)मा जनुहोस र बहुमुल्य समय खेरा नफाली छिटो भन्दा छिटो नाम दीक्षा लिएर आफ्नो कल्याण गराउनु होस । ज्ञान गंगा, धर्तिमा अवतार पुस्तक एवं CD/DVD बाट सतसंग पढ्नुहोस/सुन्नुहोस अनि निष्पक्ष तरिकाले मनन गर्नुहोस ।

💔शास्त्रसम्मत रुपमा वेदहरु तथा गितामा दिएका प्रमाणहरु पढेर कुन सन्त योग्य छन वा अयोग्य छन, जसले सत ग्रन्थको आधारमा ज्ञान बताउछ ऊ नै तत्वदर्शी सन्त हुन सक्छ, भन्ने कुराको आफै निर्णय गर्नुहोस । सत ग्रन्थको आधारमा ज्ञान बताउने सन्त रामपालजी महाराज सतलोक आस्रम चण्डिगड रोड, बरवाला, हिसार जिल्ला, हरियाणा(भारत)मा बस्नु हुन्छ । उहाँबाट नाम दान लिएर आफ्नो र परिवारको उद्धार तथा कल्याण गराउनुहोस ।

💘"कबिर, समझा है तो सिर धर पांव, बहुर नहिं रें ऐसा दावं"
आजका दिनमा 21 ब्रह्माण्डमा तत्वदर्शी सन्त रामपालजी महाराज मात्र नै मोक्षको मन्त्र प्रदान गर्ने अधिकारी हुनुहुन्छ र शास्त्र विधि अनुसारको सधना बताउनु हुन्छ ।
सत साहेब ।।
भक्त श्याम दास, काठ्माण्डौ नेपाल ।
फोन नं. 9851009099 ।।
---------"ज्ञान गंगा" पुस्तकबाट------


For Detail =

Thursday, March 9, 2017

सदगुरुदेवको कृपाले जिवनदान !!!

म भक्त हरिगोबिन्द सिराहा जिल्ला, 


मिर्चिया, गा.बि.स. वार्ड नं. 3 थाना चोक नेपाल निवासी हुँ । मेरो जिवनमा प्रभुको अनुकम्पाले भएको चमत्कार केही शब्दमा बयान गर्ने कोसिस गर्दै छु । म बि.सं. 2067 जेष्ठ 21 गते आफ्नो आँपको बगैचामा रुखबाट आँप टिपेर ओर्लदै थिए । करिब सात फिटमाथि रुखको जुन हाँगामा म उभिएको थिए, एक्कासि त्यो हाँगा भाँचियो र म जमिनमा पछारिए । हुन त खेतको माटो बलौटे थियोे र म धेरै माथिबाट पनि खसेको त थिएन, तर मेरो शरीर हलचल गर्न नसक्ने भयो । मलाई त्यहाँबाट स्थानीय हाड-जोर्निको डाक्टर कहाँ लगियो । एक्सरे पछि थाहा भयो कि मेरो ढाड(मेरुदण्ड) को हाड भाँचिएको रहेछ । डाक्टरले भने यस्तो अवस्थामा तुरुन्त पक्षघात (लकवा) हुन सक्छ तर आश्चर्य छ कि तिम्रो खुट्टाले भने काम गर्दैछ । मलाई राता-रात एम्बुलेन्सद्वारा काठमाडौं पुर्‍याइको । काठमाण्डौको वीर अस्पतालमा मेरो कान्छो सालो डाक्टर थियोे । बाटोमा आउँदा उ सधैं खुट्टा चल्छ कि चल्दैन भनेर सोध्ने गर्थ्यो ? मेरो दुबै खुट्टा चल्दथ्यो । काठमाडौं पुगे पछि पुनः एक्सरे गरियो । त्यहाँ पनि ढाड(मेरुदण्ड) को हाड भाँचिए पनि दुबै खुट्टा चलिरहेको देखेर डाक्टरहरु आश्चर्यमा परेका थिए । सामान्यतया ढाडको हाड भाँचिए पछि दुबै खुट्टामा पक्षघात हुन्छ । तर मेरा खुट्टा भने ठिक थिए ।


डाक्टरहरुलाई शंका भयो कि हाडमै कुनै खराबी छ होईन भने यति कम उचाईबाट खस्दा ढाडको हाड नभाँचिनुपर्ने हो । यसैले मेरो हाडको बिशेष जाँछ गराइयो तर मेरो हाडमा कुनै खराबी भेटिएन । डाक्टरहरुले तीन महिनासम्म वेड रेष्ट (सुतिरहने) सल्लाह दिए । मैले ओछ्यानमै खाना खानु, नुहाउनु र दिशापिसाब गर्नुपर्थ्यो । यस्तो स्थितिमा आफुलाई घोर नरकमा परेको अनुभव गर्थें । मलाई फेरि एम्बुलेन्समा राखी घर ल्याइयो ।

मेरो परिवार खुशी थियोे । म स्थानीय राजनीति संगै सानो तिनो व्यपार गर्दथे । मेरो हजुर बुबा धार्मिक प्रवृतिका मानिस हुनुहुन्थ्यो । सात बिघा जग्गा दान दिएर पैतृक गाउँ मनहर्वामा रामजानकी मन्दिर निर्माण समेत गर्नु भएको थियो । मेरो बुबा पनि वैष्ण थिए । पूजा पाठमा विस्वास गर्दथे । म पनि वैष्णव थिए तर राजनीतिमा लागेर केही वर्षदेखि माछा मासु खान थाले जस्मा पत्निले पनि साथ दिन्थिन । मैले आफुलाई आनन्दित ठानेको थिए ।

मेरो आदरणीय ससुराजी (भक्त राम चरीत्र दास) सन 2008 अगस्तमा नै सदगुरु रामपालजी महाराजको शिष्य भै सक्नु भएको थियो । उहाँको प्रेरणाले नै मेरि पत्निले पनि सदगुरुबाट नाम दान (उपदेश) लिईसकेकी थिइन् । तर मलाई त्यो मन परेको थिएन । मेरो घरमा कलह सुरु हुन लागेको थियोे । घरमा स्थानीय पर्व तिहार, देवि देवताको पूजा बन्द भैसकेको थियोे । मलाई माछा मासु खान पनि अप्ठ्यारो महसुस हुन्थ्यो । विभिन्न कारणले रामपालजी महाराजको घोर बिरोधी भए । मेरो ससुराले मलाई उहाँको (रामपाल महाराजको) CD हेर्न तथा "भक्ती सौदागरको सन्देश" पुस्तक पढ्न दिनुभएको सल्लाह ठिक लाग्दैनथ्यो । प्रस्तुत घटना पछि म यो निष्कर्षमा पुगेकि मेरो यो दुर्गती मेरो ससुराजी र मेरी पत्नीको कारणबाट भएको हो । किनकि मेरो घरमा गृह देवता र अन्य देवतहरुको पूजा बन्द भएको कारणले नै यस्तो घटनाहरु भएका हुन । म अलि उग्र स्वभावको भएकोले म ससुराजी तथा सदगुरु रामपालजिको सम्बन्धमा हाकाहाकी नराम्रा कुराहरु बोल्न थाले ।


म जीवन देखि निराश भैसकेको थिए । मलाई लाग्थ्यो कि अब म जिवनमा कहिल्यै पनि हिडडुल गर्न सक्दिन होला । मेरा तीन छोराहरु पढ्दै छन । पत्नी पनि मेरै सेवामा लाग्नु परेको छ र पसल पनि बन्द छ । फेरि यो नरकमा जस्तो बाँच्नु भन्दा मर्नु नै जाति । मैले निराशबश बिस्तारै खानेकुरा कम गर्न थाले । वास्तवमा केहि खाने चाहना नै मरिसकेको थियोे । तर परमात्माको लिला अरुनै रहेछ ।

यसै बिच एकदिन मेरो ससुराजी आउनु भयो । उनले मेरि पत्निलाई कुनै किसिमले उनलाई (मलाई) "भक्ती सौदागर सन्देश" पुस्तकको " भट्कोको मार्ग विषय" आफै सुन्ने बहाना बनाएर पढ्न लागाऊ भनेर सम्झाए । उनले त्यसतै गरिन । "भट्कोको मार्ग विषय" पढेपछी यस्तो लाग्यो कि यदि परमात्माको कृपा भयो भने म पनि ठिक हुन सक्छु । मेरो जिवनमा बाँच्ने आकांक्षा फर्केर आयो । मैले पुरै किताब पढे । मेरो ससुराजी जब गुरु दर्शनको लागि सतलोक आश्रम बरवाला जान लाग्दा छोरी (मेरि पत्नि) लाई फोन गर्नु भयो । हुन त मैले धेरै अगाडि देखि नै ससुराजिसित फोनमा कुरा गर्न छोडिसकेको थिए । तर मैले आफै उनलाई फोन गरि अब मलाई पनि सबै कुरा थाहा भैसकेको छ, म गलत थिए, मलाई क्षमा गरिदिनुहुस र पुज्य गुरुदेवसित मेरो लागि क्षमा माग्नुहोला । म पनि उहाँको शरणमा जनेछु भने । उहाँ फर्केर आएपछी म यस्तै हालतमा सदगुरुदेवको दर्शनको लागि मलाई लैजाने भनें । तर उहाँले 3 महिना भन्दा पहिला लैजान मनाही गर्नुभयो । पहिला म पलंगमा कोल्टे फेर्न पनि सक्दैन्थे तर अहिले कोल्टेफेर्न सक्छु । तीन महिना पछि म उठेर बस्न थाले । दुई जनाको सहरा लिएर उभिन पनि सक्ने भए । तर मेरा दुबै खुट्टा सुन्निन थाले र पुरै शरिरमा असह्य पिढा हुन्थ्यो । डाक्टरहरुले सुरुमा यस्तै हुन्छ, एक हप्ता जतिमा ठिक हुन सक्छ भने । स्थानिए डाक्टरले भने अब तिमिले एक वर्षसम्म वेल्ट लगाई राख, ज्यादा हिड्डुल गर्न हुँदैन । कुनै किसिमले वजन उठाउन हुँदैन । मोटरसाइकल त चलाउनै हुदैन ।


मेरो ससुराजी मलाई बर्वाला लैजानकोलागी आउनु भयो तर सबैले नजाने सल्लाह दिए । काठमाडौंको डाक्टर र स्थानीय डाक्टरहरुले पनि नजानकालागी निर्देशन दिँदै मेरुदण्डको हाड अहिले सम्म राम्ररी सेट भैसकेको छैन भने । यसको यात्रा जोखिम पुर्ण हुन्छ । यदि बाटोमा केही भयो भने जिवनभर आफुलाई माफ गर्न सक्दैनौ । मेरा ससुराजिले सदगुरुदेवले भाँचिएको पनि जोड्नु हुन्छ भने यति धेरै चिन्ता किन ? भन्नुभयो । फेरि लिएर आउनु भन्ने गुरुदेवको आदेश पनि छ । दुई जनाको सहाराले म बसमा चढें फेरि ट्रेन र बसद्वारा म बरवाला पुंगे । बाटोमा कुनै समस्या परेन । सतलोक आश्रममा आएर मैले नामदान प्राप्त गरे । आश्रममा आएपछि पूज्य सदगुरुदेवजिको प्रथम पटक दर्शन प्राप्त भयो र उँहाले आशीर्वाद दिना साथ पिडा समाप्त भयो । म रोएर आफुले गरेका कर्मको लागि क्षमा माग्न थाले । पूज्यगुरुदेवले भन्नुभयो कि मैले त तिमिलाई पहिलेनै क्षमा दिईसकेको छु, छोरा ! ठिक भइहाल्यौ अब भक्ती गर । रातमा म आफै दिशा पिशाव गर्न ट्वाइलेट गएँ । जब कि बाटोमा आउँदा ट्रेनमा मैले उभिएरै ट्वाइलेट गरेको थिए भने म पेन्ट लगाउन पनि सक्दिनथें । तर आश्रममा मेरो सुन्निएका गोडाहरु ठिक भयो र म आफै पेन्ट लगाउन सक्ने भएँ ।

आश्रमबाट प्रस्थान पुर्व मैले पूज्य गुरुदेवसित मोटरसाइकल चलाउन आज्ञा मागे । पूज्य गुरुदेवले भन्नू भयो कि जाऊ बाबू, गजबले चलाउ अब तिमी पुर्ण रुपले ठिक छौ । म पुर्ण रुपले ठिक भैसकेको थिए । मलाई पक्षघात नहुनुको कारण अब थाहा भयो । मेरि पत्नी पहिलादेखिनै सदगुरुदेवबाट नाम लिएर जप गर्दै थिएन । सदगुरुदेवको अनुकम्पाले मेरो मृत्यु पनि टर्‍यो र पक्षघात पनि भएन । घर फर्के दोस्रो दिन देखि म मोटरसाइकल चलाउन थाले । गाउँमा सबै मानिस आश्चर्य चकित भए ।

अहिले म पुर्ण रुपले स्वस्थ छु । 35-40 KG समान उठाउदाँ पनि खासै केही समस्या हुदैन । अब मेरो पुरै परिवार सदगुरुदेवबाट नाम उपदेश लिएर आनन्दित छन । पसल पनि पहिले भन्दा गजबले चलेको छ । मेरो सुख देखेर मिर्चैया क्षेत्रका धेरै दु:खीहरु सदगुरुदेवबाट नामदान लिएर सुखी भैरहेका छन ।


प्रेमी पाठकहरु ! सदगुरु रामपालजी महाराजलाई मात्र रामपालजी नठान्नु होला । उहाँ त साक्षात पूर्ण ब्रह्म कविर परमेश्वरनै हुनुहुन्छ । कबिर सागर पृष्ठ नं. 136-137 मा वाणी लेखिएको छ कि:-

"द्वादश पंथ काल फुरमाना । भूले जीव न जाए ठिकाना ।।
वारहवे पंथ प्रकट होवै वाणी । शब्द हमारे कि निर्णय ठानी ।।
वारहवे पंथ हम हि चले आवैं । सव पंथ मिटा एक हि पंथ चलावे ।।"


अन्तत: प्रेमी पाठकहरु ! वर्तमानमा श्री सतलोक आश्रम, चण्डिगढ रोड बरवाला हिसारमा बन्दिछोड सदगुरु रामपालजी महाराजबाट सित्तैमा नामदान प्राप्त गरि आफ्नो जिवनमा रहेका कष्टहरु समाप्त पार्नुहोस । आनन्दमय जीवन बाँच्नुहोस र मोक्ष प्राप्त गर्नुहोस ।

सदगुरुदेवकी जय ।।

भक्त हरिगोभिन्द दास- 9842836877, 9802280661
सन्दर्भ सामाग्री: " ज्ञान गंगा"
From

Tuesday, October 25, 2016

म श्याम कुमार आफ्नो दु:खी जीवनको झलक बताउँदै छु

🌹

सत कबिरको दया
म श्याम कुमार दास, लोटल यादव पुत्र कचुडी -5 धनुषा निवासी हुँ । म पेशाले इलेक्ट्रीकल इन्जिनियर, नेपाल बिधुत प्राधिकरण विभाग काठमाण्डौमा उप-प्रबन्धकको पदमा कार्यरत छु । म श्याम कुमार आफ्नो दु:खी जीवनको झलक बताउँदै छु । अहिले मलाई मेरो बितेका ती दिनहरु सम्झँदा आङ सिरिङ्ग हुन्छ । जस्को वर्णन गर्दा भक्कानो छुटेर आउँछ ।
म विज्ञान बिषयको बिधार्थी भएकोले नस्तिक प्रवृतिको थिए । इन्जिनियर बनिसके पछी पनि त्यही सिलसिला जारी थियो । मोज मस्ती गर्नु जिन्दगी हो भन्ने सम्झन्थें । 34 वर्षको उमेरमा नै म डायबेटिजको बिरामी भए । जस्ले गर्दा मेरो दिमागले कम काम गर्न थाल्यो र म चिन्तित जीवन जिउन थाले । तर एक समय मेरो सामुन्ने यस्तो घटना घट्यो जस्ले मलाई आध्यात्मिकता प्रति झुकाब बढायो ।

म दाङ जिल्लामा कार्यरत थिए । त्यतिखेर एउटा अजिव घटना घट्यो । एउटा बसमा माअोबादि लडाकु र शसस्त्र प्रहरी बिच गोलि हाना हान भयो । त्यसै समय मेरो एउटा साथिको टाउकोमा गोलि लाग्यो र पछिल्तिरबाट निस्कियो । र थुप्रै अरु मानिसहरुलाई पनि गोलि लाग्यो र मरे । टाउकोमा गोलि लागेको मेरो साथिलाई लखनऊमा लगेर उपचार गराईयो र ऊ बाच्यो । लखनऊबाट फर्के पछि थाहा भयो हात र खुट्टामा गोलि लागेको अर्को व्याक्तिको चाहिँ मृत्यु भयो । त्यसै दिनदेखी मलाई यो जगत चलाउने कुनै अर्को अदृश्य शक्ति छ या भगवान छन भन्ने महसुस तथा बिश्वास भयो । तर कसरी र कहाँ प्राप्त हुन्छ भन्ने थाहा थिएन ।

यसै सिलसिलामा म ऊ शान्तिबाट शुरु गरेर योगि बिकासानन्दजी, स्वातिजी, स्वामी रामदेव महाराजबाट ज्ञान लिएर दुई वर्षसम्म योग साधना गरे तर डायबिटिजमा कुनै लाभ भएन । मलाई कसै गरे पनि परमात्मा प्राप्त गर्ने र उपचार गराउने कुनै पनि उपाए प्राप्त भएन ।

यसै सिलसिलामा "भक्ति के सौदागरको सन्देश" नमक पुस्तक मैले पाएँ । त्यो पुस्तक पढ्न सुरु गरे र मैले ब्रह्माका पिता, विष्णुकी माता एवं शंकरका हजुरबुबा को हुन ? भन्ने प्रश्नको उत्तर पाएँ । म यो देखेर स्तब्ध भएँ । त्यस पछि "भक्तिके सौदागरको शन्देश" एक दिनमा कैयौ पटक पढे । पुस्तक पढ्दा पढ्दै वेब साइड हेर्ने उत्सुक्ता जाग्यो । मलाई ज्ञानको भोक झन् झन् बढ्दै गयो र मैले अन्य पुस्तकहरु पनि पढे । गहरी नजर गीतामें, आध्यात्मिक ज्ञान गंगा, करौथा काण्डका रहस्य लगायत सम्पुर्ण हिन्दी पुस्तकहरु दुई वर्ष सम्म पढें । जब प्रमाणको रूपमा श्रीदेवी पुराण, महाभारत, रामायण, शिव पुराण, गरुण पुराण तथा गीता जस्ता ग्रन्थ पढेपछि जस्ताको त्यस्तै रूपमा प्रमाण पाएँ । त्यस्पछी मलाई सतलोक आस्रम जाने ईच्छा भयो । मलाई शास्त्र बिरुद्ध साधना गरिरहेका सबै धर्म गुरुहरु ढोंगी लाग्न थाल्यो । त्यसैले मैले सबै खालका आन (अहं) पूजा तथा उपासना छोडिदिएँ ।

कबिर (कबिर साहेब) को कृपाले कार्यालयको कामले पंजाब प्रान्तको भटिण्डा जाने अबसर मिल्यो । म अमृतसरबाट चण्डिगढ जाँदा जिंदबाट हिसार आउन चाहें तर किसान आन्दोलनका कारण भटिण्डा नै फर्किए । फेरि अमृतसरबाट फर्कदा आस्रममा म कसरी अाऊँ भनेर फोन गरे । अम्बालाबाट बसमा बरवाला(सतलोक आस्रम) आउने सल्लाह पाँए । किनकी त्यो बाटो खुल्ला थियो । तर म अम्बालाबाट निकै अगाडी आईसकेको थिए । अनि कुरुक्षेत्र हुँदै आफ्ना तीन जना साथिहरुलाई छोडें र भाडाको ट्याक्सी लिएँ । मलाई परमात्मा स्वरुप दुतले साझँ सतलोक आस्रममा पुर्‍यायो । आस्रममा नामदान (दिक्षा), खानपिनको प्रबन्ध तथा बस्ने व्यबस्था नि:शुल्क भएको थाहा पाए ।

म सन्त रामपालजी महाराजबाट नामदान तथा उपदेश लिएर दिल्ली हुँदै काठ्माण्डौ फर्के । त्यसपछी मैले परमात्मा(पुर्ण ब्रह्म)को चमत्कार देखे । परिक्षण गराउदा मैले आफ्नो डाएबेटिज सामन्य पाँए । त्यसै दिनबाट मलाई सन्त रामपालजी स्वरुपमा कबिर साहेबजी सन्त रामपालजी महाराजको स्वरुपमा सतलोक आस्रम चण्डिगढ रोड, बरवाला, हिसार जिल्ला, हरियाणा(भरतमा)मा बिराजमान हुनुहुन्छ भन्ने पुर्ण विश्वास भयो । त्यस दिनबाट म डायबिटिजको उपचार सद गुरु रामपालजी महाराजको कृपा भक्ती रुपि औषधिले गर्न थाले । एक महिना पछि पुरै परिवारले सतलोक आस्रम बरबाला गएर नाम दीक्षा लियौ ।

त्यसपछी मेरो जिवनमा एक अद्भुत चमत्कार भयो । मेरो सरुवा कठ्माण्डौमा भयो । अनि नेपालमा हुने ज्ञान गंगा पुस्तक सेवामा सरिक हुन थाले । बिस्तार बिस्तार समाजमा सदगुरुको अमृत दया वर्षन थाल्यो र नेपालमा सदगुरुदेवको ज्ञान प्रचार प्रसार जोड तोडका साथ हुन थाल्यो । थुप्रै भक्तजनहरु सत्लोक आस्रम पुगेर उपदेश प्राप्त गर्न थाले ।

म सबै दाजुभाई, दिदिबहिनी एवं भक्त समाजसंग हात जोडेर प्रारथना गर्न चाहन्छु तपाईहरु नक्कली गुरु तथा महामण्डलेश्वर स्वामी आदिका चक्करमा नपरी विवेकपूर्ण निर्णय लिदैं पुर्ण परमात्माको भक्तिको लागि सतलोक आस्रम चण्डिगढ रोड, बरबाला, हिसार जिल्ला, हरियाणा(भारत)मा जनुहोस र बहुमुल्य समय खेरा नफाली छिटो भन्दा छिटो नाम दीक्षा लिएर आफ्नो कल्याण गराउनु होस । ज्ञान गंगा, धर्तिमा अवतार पुस्तक एवं CD/DVD बाट सतसंग पढ्नुहोस/सुन्नुहोस अनि निष्पक्ष तरिकाले मनन गर्नुहोस ।

शास्त्रसम्मत रुपमा वेदहरु तथा गितामा दिएका प्रमाणहरु पढेर कुन सन्त योग्य छन वा अयोग्य छन, जसले सत ग्रन्थको आधारमा ज्ञान बताउछ ऊ नै तत्वदर्शी सन्त हुन सक्छ, भन्ने कुराको आफै निर्णय गर्नुहोस । सत ग्रन्थको आधारमा ज्ञान बताउने सन्त रामपालजी महाराज सतलोक आस्रम चण्डिगड रोड, बरवाला, हिसार जिल्ला, हरियाणा(भारत)मा बस्नु हुन्छ । उहाँबाट नाम दान लिएर आफ्नो र परिवारको उद्धार तथा कल्याण गराउनुहोस ।

"कबिर, समझा है तो सिर धर पांव, बहुर नहिं रें ऐसा दावं"
आजका दिनमा 21 ब्रह्माण्डमा तत्वदर्शी सन्त रामपालजी महाराज मात्र नै मोक्षको मन्त्र प्रदान गर्ने अधिकारी हुनुहुन्छ र शास्त्र विधि अनुसारको सधना बताउनु हुन्छ ।
सत साहेब ।।
भक्त श्याम दास, काठ्माण्डौ नेपाल ।
फोन नं. 9851009099 ।।


---------"ज्ञान गंगा" पुस्तकबाट------

Monday, September 26, 2016

कृष्णसँग केही शक्ति अवश्य थियो जस्को आधारमा उनले धेरै राम्रा र चमात्कारिक कार्यहरु गरे ।

(क) कृष्णसँग केही शक्ति अवश्य थियो जस्को आधारमा उनले धेरै राम्रा र चमात्कारिक कार्यहरु गरे ।

(ख) कालको खेल यस्तो अनुत्तम छकि उसले कसैलाई पनि छाड्दैन्, कर्मको फल त भोग्नै पर्छ ।

(ग) कृष्णसंग भएको चमात्कारिक शक्ति समय सँगै सकिदै जान्छ किनकि आध्यात्मिक धन जति बाढ्यो उति सकिदै जान्छ, त्यसैले कृष्णको अन्तिम समयमा कृष्णले आफ्नो कुलको नाश देख्नुपर्यो, आफूनै खुट्टामा वाण लागेर धाईते भई धेरै कष्ट सहेर मृत्युको प्राप्त हुनु पर्यो ।

(घ) कृष्णले पहिला मोरधोजको छोरा ताम्रधोजलाई आराले चिरेर पनि पछि जिवित गरेका थिए किनकि तामरधोजको जीवनकाल बाँकी थियो तर पछि आफ्नै भान्जालाई जिवित गर्न सकेनन् किनकी अभिमन्यूको जीवनकाल त्यतैनै थियो ।

(ङ) मानिसको आयु सकिसकेपछि बचाँउन पूर्ण परमात्मा वा तत्वदर्शिसन्त भन्दा बाहेक कोही पनि समर्थ छैन् । केवल तत्वदर्शिसन्तले मात्र आफ्ना शिष्यको जीवनकाल बढाउन पनि सक्छन्।

Wednesday, June 29, 2016

कालले कवीर परमात्मासंग गरेको प्रार्थनाः-

पुरुष शाप मोकहं अस दीन्हा । लच्छ जीव नित ग्रासन कीन्हा ।।
जो जिव सकल लोक तुव आवे । कैसे क्षुधा सो मोरि मिटावे ।।
पुनि पुरष मो पर दाया कीन्हा । भौसागर कहं राज मुहिं दीन्हा ।।
तुमहूं कृपा मोपर करहूं । मागौं सो वर मुहि उच्चरहू ।।
सतयुग त्रेता द्बापर माहीं । तीनहु युग जिव थोरे जाहीं ।।
चौथा युग जब कलियुग आवे । तव तुव शरण जीव बहु जावे ।।
ऐसा वचन हार मुहिं दीजे । तब संसार गवन तुम कीजे ।।
पंथ एक तुम आप चलाऊ । जीवन लै सतलोक पठाऊ ।।
द्बादश पंथ करौं मैं साजा । नाम तुम्हार ले करौं अवाजा ।।
द्बादश यम संसार पठैहों । नाम तुम्हारे पंथ चलैहों ।।
मृतु अन्धा इक दूत हमारा । सुकृत गृह लैहैं अवतारा ।।
प्रथम दूत मम प्रगटै जायी । पीछे अंश तुम्हारा आयी ।।
यहि विधि जीवन को भरमाऊं । पुरुष नाम जीवन समझाऊं ।।
द्बादश पंथ जीव जो ऐहैं । सो हमरे मुख आन समैहैं ।।
एतिक विनती करो बनाई । कीजे कृपा देउ बकसाई ।।


(क) कालले, कवीर परमेश्वर संग धेरै पूण्य आत्माहरु केवल कलियुगमा मात्र सतलोकमा लैजाने वचन पाए पछि, भनेको थियो कि मैले कलियुगमा तपाई आउने वेलामा मानिसहरुलाई आफ्ना दुतहरु पठाएर सबैलाई यसरी भ्रमित गरिदिने छु कि स्वयं तपाईनै आएर संसारलाई सत्य ज्ञान दिए पनि संसारले तपाईको विश्वास गर्ने छैन । जसअनुसारः-


१ नाटकी तथा फल्मि तथा सांगितिक माहोल बनाएर ।
२ नशालु पदार्थ तथा काम वासनामा मानिसलाई लुप्त बनाएर ।
३ धन-मान को अहंकारमा मानिसहरुलाई भ्रमित गरेर ।
४ मनलाई आकर्षित र मोहित हुने भव्य स्थानहरुको निमार्ण गरेर
५ सहि भक्ति मार्गबाट बिमुख गराउन धेरै नक्कलि धर्म गुरुहरु पठाएर अनेक समुदायमा मानिसलाई भ्रमित गराई नक्कलि नाम (दीक्षा) दिएर
६ कवीरदेवकै नामबाट बाह्र पंथ कालको चलाएर ।

(ख) पूर्ण ब्रह्म कवीर परमेश्वरले आज भन्दा करिब ६०० वर्ष पहिला आएर विभिन्न लीला गर्ने क्रममा जब कलियुग जव ५५०५ वर्ष वित्छ तव म पुनः अंश अवतारको रुपमा प्रकट हुने छु भन्नु भएको थियो । त्यसैले कवीर देवको मिशनलाई कालले फेल गराउन कोशिस गरिरहेको छः

(१) त्यसैले जति पनि विकास भएको छ सन् १९५० पछिको समयमा तिब्र विकास भएको छ । किनकि भक्तहरुमा ज्ञान पुर्याउनको लागी भगवानले संचार जगत तथा विद्युतिय समानहरुको विस्तार गर्नु भयो, जस्लाई कालले आफ्नो अनुकूल दुरुपयोग गरिरहेको छ ।

(२) जति पनि मानिस शिक्षित भएका छन् सन् १९५० पछि व्यापक रुपमा भएका छन् । किनकि भगवानले सबैलाई शिक्षित बनाएर हाम्रो पवित्र ग्रन्थहरुमा भएको तत्वज्ञान सबैलाई बुझाउन चाहनुहुन्छ ।

(३) सबै धर्म गुरुहरु व्यापक रुपमा यहि समयको सेरो फेरोमा यही भारतमा नै आएका छन् । किनकि यहि समयमा नै कवीरदेव आफ्नो अंश रुपमा प्रकट भएर भक्त आत्माहरुलाई यथार्थ भक्ति मार्ग र नाम (दीक्षा) दिएर मोक्ष गराउन लागिरहनु भएकोछ ।