Showing posts with label guru Kripa. Show all posts
Showing posts with label guru Kripa. Show all posts

Thursday, August 24, 2017

दु:ख र पिढाबाट मुक्ती कसरी ?

दु:ख र पिढाबाट मुक्ती कसरी- बुझौ विजयजीको अनुभवमा

म भक्त ब्रजकिशोर (विजय) सुपुत्र श्री विल्टु साह, गाउँ करुन्याही जिल्ला सिराहा, गा.बि.स. कल्याणपुर, नेपाल निवासी हुँ ।


फेब्रुअरी 2011मा मेरो जिवनमा एउटा घटना भयो । बाबा रामदेवले बताए अनुरुप पायल्स रोगको औषधि केरा र कपुर मिसाएर खाएको थिए, जस्को रिएक्सनले म बेहोस भए । स्टार अस्पताल, सानेपा काठमाडौं नेपालको इमर्जेन्सीमा भर्ना गराइयो । 6 घण्टा पश्चात् मात्र मेरो होस आयो । त्यस अवस्थामा म अर्ध पागल झैं भट्भटाउँथें । मलाई यस्तो लग्थ्यो कि अब सायद म बाँचदिनँ । कमजोर भएर सधैं मुटु कामिरहन्थ्यो किनकी मेरो जन्म जातनै हृदयमा प्वाल थियो । सानातिना घटनाले पनि मेरो हृदयको धड्कन बढ्थ्यो । केही दिनपछी कम्मरदेखी घाँटिसम्मका पछाडीका हाडहरु नचल्ने भए र हाडहरुबाट मेशिनको पुर्जाको जस्तो खट्खट आवाज निस्किन थाल्यो । पुरै शरीर असन्तुलित हुन लाग्यो । म आफ्नो शारीरिक कष्टबाट निकै निराश हुन थाले । यस्तो कष्ट भोगेर बाँच्नु भन्दा मर्नु नै जाति जस्तो लाग्न थाल्यो ।

फेरि मैले किर्तिपुर, काठमाडौंका आयुर्वेदिक डाक्टरसित उपचार गराउन थाले । योग अभ्यास एवं मेडिटेशन समेत गरे तर कुनै फाइदा भएन । त्यस्पछी भारतको सिलिगडिमा डा. च्यांग (न्युरोलोजिष्ट) बाट उपचार गराए । एअ. आर. गराएँ तर पनि रोगको पहिचान भएन । त्यसपछि फेरि हाडजोर्नी विशेषज्ञ डा. लखनलाल साह सित टिचिंग अस्पताल, महाराजगंज, काठमाडौं र डा.रामकेवल शाह संग नेपाल मेडिकल कलेज जोरपाटी काठमाडौंमा उपचार गराए । कुनै पनि डाक्टरले न त रोग पत्ता लगाए न त रोग निदान गर्न सके । म साह्रै निराश भए ।

✌एउटा प्रोजेक्टमा काम गर्दै थिए । त्यो पनि बिरामिका करण छुट्यो । पैसा पनि मनग्गे खर्च भयो । म आर्थिक र मानसिक रुपमा पुरै बिक्षप्त भैसकेको थिए । झारफुक गराएँ र देविदेवता लाग्यो की भनेर पनि देखाएँ तैपनि कुनै लाभ हात लागेन । त्यसै बेला पारिवारिक कलहले गर्दा सबै दाजुभाई छुट्टी अलग भए । चारै तिरबाट दु:ख आईलाग्यो । त्यस पछी मैले सोछे कि अब भगवानले नै यो रोग ठिक पर्न सक्छन, डाक्टर वा झारफुक, ओखतिबाट ठिक हुनेवाला छैन ।

✌मसंग एउटा श्रीमद भगवत गीता पुस्तक थियो । ओशोको पुस्तक पनि थियोे । ती पुस्तकहरू अध्ययन गर्न थाले । मेरो दशा देखेर मेरो परिवार, मित्र, गाउँ समाजका सबै मानिसहरु धेरै दुखित थिए । त्यसै बेला गाउँका एक भक्त ललन कर्णले "ज्ञान गंगा" किताबमा लेखिएको भगवानको अदभूत चमत्कारहरुको कहानी सुनायो र केहि कुराहरु सम्झाँउदै ज्ञान गंगा पुस्तक पढ्नको लागि दियो । ज्ञान गंगा पुस्तक पुरै पढिसकेपछी सबै कुराले मेरो हृदयलाई आशावादी बनाईदियो । सतलोक आश्रम बरवाला हरियाणामा जानको लागि र पुज्य गुरुदेव सित नाम उपदेश लिनको लागी मेरो मन व्याकुल भयो । फेरि एक पटक काठमाडौं गए । त्यहाँको धार्मिक पुस्तक पसल रत्न पुस्तक भण्डार माइतीघरबाट ज्ञान गंगा पुस्तक रु 50 मा किने । फेरि दोस्रो पटक ज्ञान गंगा र श्रीमद्भगवत गीता संगसंगै पढें अनि मलाई पक्का विश्वास भयो कि ज्ञान गंगामा लिखिएका सबै कुराहरु सत्य हुन । स्वयम् विश्वस्त भएँ, शास्त्रानुकुल साधनाबाट नै प्रभु प्रप्ती हुन सक्छ । त्यो साधना प्रदान गर्ने शक्ति यस पृथिविमा, मात्र, पुज्य गुरुदेव सन्त रामपालजी महाराज हुन । मलाई पूरा विश्वास भयो कि कविर साहेब नै भगवान हुन, बाँकी सब कालका साधनासम्म हुन ।

✌त्यसपछि मैले योग मेडिटेसन पनि गर्न छाडें । त्यहाँबाट म र ललन दास दुबैले सतलोक आश्रम बरवाला, हिसार, हरियाणामा फोन गर्‍यौ र यथासक्य छिटो पुज्य गुरुदेव रामपालाजी महाराजबाट नाम उपदेश लिन प्रस्थान गर्‍यौ । म 6 मार्च 2011 मा नाम उपदेश प्राप्त गरि पुर्ण विश्वासका साथ भक्ती गर्दैछु । नामदान लिएर भक्ती गर्नाले मेरो साम्पुर्ण दु:खकष्ट नाश हुन गयो र आज म पुर्ण रुपले स्वस्थ छु । म M.A. पास गरि नोकरीको लागि भौतारिरहेको थिए । नामदान लिएपछी गुरुजिको कृपाले मलाई गाउँकै कलेजमा सरकारी नोकरी पनि मिल्यो । यी सबै सदगुरु रामपालजी महाराजको असिम कृपाले भएको हो । अत: अन्य भक्ती मार्गमा लागेका भक्तजनसित अनुरोध छ कि परमेश्वर कबिर साहेबको भक्ती सदगुरु रामपालजी महाराजबाट नाम उपदेश लिएर गर्‍यो भने जन्ममरण रुपि भयंकर रोगबाट मुक्ती प्राप्त हुन्छ र सांसारिक सुख सम्पती र दु:खको संवत: नाश हुन जान्छ । जय बन्दी छोडकी ! सत साहेब ।

भक्त ब्रजकिशोर - 9841397510
सन्दर्भ सामाग्री: ज्ञान गंगा ।।

Tuesday, March 14, 2017

परमातमाको शरण मा आइ पुग्दासम्म्को मेरो बिगत को अध्यात्मिक यात्राको शेरोफेरो ।सत साहेब।

अतीत देखि बर्तमान सम्म हेर्दा।

परमात्माको अशिम कृपा ले जीवन देखि बैराग्य जागेको अवस्था 2058-11 महिनामा 19 वर्ष को उमेर मा कारण किशोरावस्था शुरु 13 वर्ष को उमेर देखि 19 वर्ष सम्म त्यस पछिको समय युवा अवस्था हो।किशोरावस्था शुरु लगतै एक महिला साथी सङग परिचय शुरु भयो। साथिको रुपमा हासो ठट्टा गर्दै युवा अवस्था (teen age) को कारण कुन वेला एकोहोरो प्रीती बस्यो थाहै भएन ।सायद प्रकृतिको नियम नै यस्तो छ कि विपरीत लिङ्गी एक अर्का प्रति आशक्ती एकोहोरो मन परेपनी त्यो मेरो मन मै मात्र सिमित थियो ।यो क्रम 19 वर्ष लाग्दा यानी युवा अवस्था teenage को अन्तिम अवस्था सम्म रहयो यश समय मा अवगत भयो कि उनको अरु नै कुनै सङग दोहोरो (दुई थर्फी) प्रीती बसेको रहेछ ।यो जानकारी मलाई भए पछि प्रेम भनेको पाउनु मात्र हैन गुमाउनु पनि हो। यदि मैले साच्चै कै मनपराएको भए उनको खुशी आनन्द मा मैले खुशी मनाउनु पर्छ, 

                             यस्तो सोचाई मन मा आउथ्यो तर जीवन मा जुन उत्साह उमंग थियो त्यो युवा अवस्थामा रहेन संसार विरक्त लाग्न थाल्यो युवा अवस्थामा। जुन जोश जागर हुनुपर्ने हो त्यो त्यति रहेन ।जीवन देखि विरक्त लाग्न थाल्यो जीवनको रहस्य बुझ्न मन लाग्यो ।जीवन देखि विरक्तिएको अवस्थामा रेडियो मा यस्तै जीवन दर्शन सम्वन्धी कार्यक्रम हरु सुन्न थालियो । त्यस ताका H.B.C Fm मा कठित युवा दार्शनिक विकाशानन्द को प्रवचन खुब सुनियो।उहाको आकर्शक प्रवचन र विचार देखि प्रभावित भएर उहाँ बाट 2063मा रेकि प्रथम दीक्षा लिएर साधना गरीयो 21 दिनको ।यसरी मेरो नैरास्य जीवनको आध्यात्मिक यात्रा को थालनी भयो ।उहाँ मोक्ष को ( मुक्ती) कुरा गर्नुहुन्थ्यो रेकि प्रथम कोर्स पूरा गरि हठ योग दैनिक जसो गर्न थालियो । जीवन देखिको वैराग्यपन झन बढ्न थाल्यो । 

                                       साधु शन्त हरुको सङ्गत गर्ने क्रममा रजनीश जी (ओसो) को एक जना चेला सङ्ग भेट भयो र उहाद्वारा  प्रतिपादित शास्त्र विपरीत साधना गर्न थालियो । यो विकाशानन्द को प्रवचन र उहाँ को साधना भन्दा धेरै सहज र तनाव मुक्त (अस्थाई) गर्ने ध्यान विधि थियो। तर थियो शास्त्र विपरीत नै । करीव यो साधना को साथ 2 बर्ष सम्म लगातार गर्दै रहियो।आध्यात्मिक रुपमा मानसिक विचार परिपक्क हुँदै गइरहेको अवस्था थियो।उहाको यो साधना ले थोरै रुपमा भएपनी मानसिक शान्ति प्रदान गर्थ्यो भने रेकि साधना र विकाशानन्द को प्रवचन ओसोको अगाडि फिक्का लाग्न थाल्यो र छोडे पनि। ओसोको प्रवचन CD ,DVD तथा मेमोरी कार्ड लगाएत tv chanel मा धेरै भन्दा धेरै सुन्न थालियो । यसै क्रममा उहाले माहात्मा बुद्ध को प्रशंसा गर्दै बुद्धका भिक्षुहरुलाई भोजन दान गर्दा धेरै आध्यात्मिक लाभ हुने भनेकोले भिक्षुहरुको खोजीमा लागियो। भक्तपुर मुनीविहार मा केही पल्त गए पछि त्यहाको भिक्षु प्रमुख लाई भेतियो। दान पनि गरीयो र उहाँ मार्फत बुद्ध को जानकारी पनि धेरै पाईयो र उहाँ को उपदेश लगाएरत उहाँ बाट प्रतिपादित शास्त्र विपरीत साधना विपस्यना ध्यान जानकारी भयो। 

                               2065-7 मा मैले बिपस्यना ध्यान सत्यनाराण गोयन्का बाट CD मार्फद बिपस्यना शिविर बुढा निल्कन्थ (शीवपुरी डाडा ) मा सिके। साधना दस दिवसिय थियो ।जीन्दगीमा पहिलो पटक परमार्थामा( लागि) दस दिन घर परीवार सबै छाडि जंगलमा आर्य मौन ( नवोलीकन ईसारा सम्मपनी गर्न नपाईने) हठ योग पालना गरि 10 दिन सन्यासी भिक्षु को रुपमा जीवन मै पहिलो पटक साधु जीवन दस दिनको शन्त जीवन यापन गरीयो। विपस्यना साधना पश्चात् जीवन मा मानसिक रुपमा धेरै सकारात्मक परीवर्तन आयो। विपस्यना साधना पश्चात् रजनीस जी (ओसो) को साधना पनि फिक्का लागन थाल्यो। विपस्यना साधना पश्चात् मेरो जीवन मा आध्यात्मिक परीवर्तन क्रान्तिकारी रुपमा भयो। माहात्मा बुद्ध भन्नू हुन्थ्यो यो सन्सार दुख को खानी हो।यो वाक्यले सन्सार बाट झन बिरक्त हुन्थे र विपस्यना ध्यान बाट मुक्ती यानी निर्वाण पाईन्छ भनेर बदो लगन का साथ गर्दै विपस्यना साधना ( शास्त्र विरुद्ध हठ पुर्बक गर्ने साधना थियो तर पनि गरे विपस्यना ध्यान स्वासलाई अनुभव गर्दै शुरुहुने ध्यान भएकोले स्वास्को सुमिरण गर्दा बदो मानसिक शान्ती प्राप्त हुन्थ्यो गरुन्जेल।विपस्यना साधना विहान बेलुका गरे पनि मन ले केही अर्को नै खोजी गरि रहेको थियो (यो साधनाले पुर्णमुक्ती नहुने भएकोले वास्तविक मुक्ती निर्वाण हुने साधनाको खोज आत्माले गरीराखेको थियो।। आत्माले परमात्मा स्वरुप बन्दी छोद सत्गुरु रामपाल जी माहाराज बाट दीक्षा चाहिँ राखेको थियो।)

वास्तविक मुक्ती को मार्ग वास्तविक साधना को खोज आत्माले चाहेको थियो।खोज यथावत नै थियो तर विपस्यना चाहिँ गर्दै थिए भने विपस्यना साधना थालेपछी अगाडिको साधना हरु छोडे। खोजीकै क्रममा श्री श्री रवीशन्कर जी को ध्यान साधना जो विल्कुलै शास्त्र विरुद थियो 2068-1-17 मा उहाँ दारा प्रतिपादित शास्त्र विरुद्ध साधना सुदर्शन चक्र ध्यान को अनुभव पनि गरीयो ।तर विपस्यना को अगाडि विल्कुलै फिक्का थियो।र उहाको ज्ञान् पनि माहात्मा बुद्ध को ज्ञान् को अगाडि फिक्का थियो। यस्तै साधुहरुको सङ्गत गर्ने क्रममा कृपालु जी को आश्रम पनि धाईयो, आसाराम को ज्ञान् पनि सुनियो, ब्रम्हकुमारी ज्ञान् को सातदिने कोर्स पनि गरीयो 

2069-03-28 मा हठ योगी पायलत बाबा(कपिल अदैत) सग भेटेर दुई शब्द कुरा गर्ने मौका पाए।त्यस्को भोलि पल्त उहाँ बाट मन्त्र दीक्षा पाए जो शास्त्र विरुद्ध थियो।  उहाँ बाट पाईने मन्त्र जप्नुको साथै बिपस्यना पनि गर्थे ।तर विपस्यना ध्यान को अगाडि यो मन्त्र दीक्षा पनि मलाई फिक्का लाग्न थाल्यो।उहाँ ले कुनै मर्यादा बनाउनु भएको थिएन ।मात्र यो मन्त्र जप्नु भनेर कान मा भनेको थियो।। उहाको अन्तिम लक्ष्य जोत निरन्जन सम्म मात्र थियो। यश भन्दा माथिको ज्ञान् उहालाई जानकारी सम्म पनि थिएन जस्तो मलाई लाग्छ।उहालाइ दुर्गा र नीरन्जन ले अपार सिद्दि दिनुभएको ले यश उपलब्धी मै सन्तुस्त देखिन्थ्यो। उहाले भनेको मन्त्र मैले चार महिना सम्म करिब 1 घन्ता को हिसाब ले जपे। 

               यश अवस्था सम्ममा मैले बन्दी छोद सत्गुरुरामपाल जी माहाराज को जानकारी हुनुका साथै suprim god कबीर साहेब को जानकारी लगाएत सत्लोक देखि अकह लोक सम्मको जानकारी भएको पुस्तक ज्ञान् गङगा मेरो हात मा परीसकेको थियो। मनमा वास्तविक मुक्ती निर्वाण को अभिलाषा यथावत थियो। वास्तविक भक्ती को खोज यथावत थियो । (ग्यान गङ्गा पुस्तक हात मा परेपनी पढ्न चाहिँ हातमा परेको करीब 6 महिना पश्चात् मात्र अध्यन गरेको थिए ) भने विपस्यना साधना यस्तो थियो कि भोकाएको मान्छे लाई बासी रोटी अथवा केही नमिथो खानेकुरा पाउँदा भोक लाई केही राहत दिए जस्तो मात्र थियो। परमात्मा प्राप्तिको शास्त्र अनुकुल साधना वास्तविक साधना तत्वदर्शी सन्त (परमात्मा) सत साहेब को खोज चाहिँ यथावत नै थियो।आत्मा परमात्मा मा विलय हुने वास्तविक साधना शास्त्र अनुकुल साधना मैले 2070-03-02मा बन्दी छोद सत्गुरुरामपालजी माहाराज जी बाट नाम दीक्षा पाएपछी पूरा भयो। यश साधना प्राप्त भए पछि परमात्मा स्वरुप सत्गुरु बन्दी छोद रामपालजी माहाराज को अशिम कृपाले मैले उहाले दिनु भएको भक्ती मर्यादमा रहिपुरानो सबै साधना लाइ त्यागी दिए जो शास्त्र विरुद्ध थियो मेरो परमात्मा प्राप्ती को वास्तविक साधना र सत्गुरुको खोज अब पूरा भैइ सकेको थियो। सत्गुरु बाट नाम दीक्षा पाए पछि यश सन्सारको सम्पुर्ण जन्जाल युक्त संस्कार हरु त्यागे ।यश संसार को लागि अब म मानसिक रुपमा मरे यानी संसार त्यागे। बन्धन हरु पुरानो जो पुर्व जन्मको संसार बाट जुधन आएको थियो ।नाम दीक्षा लिएपछीमानसिक रुपमा त्यो पनि मुक्त भयो ।यो साधना प्राप्त भएपछी वास्तविक निर्वाण को शास्त्र अनुकुल साधना मन लगाएर गर्न थाले। आत्माले वास्तविक परमात्मा जानीयो परमात्मा प्राप्तिको वास्तविक बाटो (भक्ती) सत्गुरुको मार्फत प्राप्त भयो। अब पहिलाजस्तो अतृप्त मन रहेन ।मानसिक सान्ती हुन थाल्यो। मनको माया प्राप्ती को दौद मा पनि निकै कमी भयो।

सत साहेब बन्दी छोद सत्गुरुरामपालजी माहाराजकी जय हो।।


कृष्ण सुन्दर दास  (कर्मचार्य )
भक्तपुर, सुर्यविनायक
9860116214 


From
https://www.facebook.com/groups/228698344143724/permalink/433393380340885/







Tuesday, October 25, 2016

म श्याम कुमार आफ्नो दु:खी जीवनको झलक बताउँदै छु

🌹

सत कबिरको दया
म श्याम कुमार दास, लोटल यादव पुत्र कचुडी -5 धनुषा निवासी हुँ । म पेशाले इलेक्ट्रीकल इन्जिनियर, नेपाल बिधुत प्राधिकरण विभाग काठमाण्डौमा उप-प्रबन्धकको पदमा कार्यरत छु । म श्याम कुमार आफ्नो दु:खी जीवनको झलक बताउँदै छु । अहिले मलाई मेरो बितेका ती दिनहरु सम्झँदा आङ सिरिङ्ग हुन्छ । जस्को वर्णन गर्दा भक्कानो छुटेर आउँछ ।
म विज्ञान बिषयको बिधार्थी भएकोले नस्तिक प्रवृतिको थिए । इन्जिनियर बनिसके पछी पनि त्यही सिलसिला जारी थियो । मोज मस्ती गर्नु जिन्दगी हो भन्ने सम्झन्थें । 34 वर्षको उमेरमा नै म डायबेटिजको बिरामी भए । जस्ले गर्दा मेरो दिमागले कम काम गर्न थाल्यो र म चिन्तित जीवन जिउन थाले । तर एक समय मेरो सामुन्ने यस्तो घटना घट्यो जस्ले मलाई आध्यात्मिकता प्रति झुकाब बढायो ।

म दाङ जिल्लामा कार्यरत थिए । त्यतिखेर एउटा अजिव घटना घट्यो । एउटा बसमा माअोबादि लडाकु र शसस्त्र प्रहरी बिच गोलि हाना हान भयो । त्यसै समय मेरो एउटा साथिको टाउकोमा गोलि लाग्यो र पछिल्तिरबाट निस्कियो । र थुप्रै अरु मानिसहरुलाई पनि गोलि लाग्यो र मरे । टाउकोमा गोलि लागेको मेरो साथिलाई लखनऊमा लगेर उपचार गराईयो र ऊ बाच्यो । लखनऊबाट फर्के पछि थाहा भयो हात र खुट्टामा गोलि लागेको अर्को व्याक्तिको चाहिँ मृत्यु भयो । त्यसै दिनदेखी मलाई यो जगत चलाउने कुनै अर्को अदृश्य शक्ति छ या भगवान छन भन्ने महसुस तथा बिश्वास भयो । तर कसरी र कहाँ प्राप्त हुन्छ भन्ने थाहा थिएन ।

यसै सिलसिलामा म ऊ शान्तिबाट शुरु गरेर योगि बिकासानन्दजी, स्वातिजी, स्वामी रामदेव महाराजबाट ज्ञान लिएर दुई वर्षसम्म योग साधना गरे तर डायबिटिजमा कुनै लाभ भएन । मलाई कसै गरे पनि परमात्मा प्राप्त गर्ने र उपचार गराउने कुनै पनि उपाए प्राप्त भएन ।

यसै सिलसिलामा "भक्ति के सौदागरको सन्देश" नमक पुस्तक मैले पाएँ । त्यो पुस्तक पढ्न सुरु गरे र मैले ब्रह्माका पिता, विष्णुकी माता एवं शंकरका हजुरबुबा को हुन ? भन्ने प्रश्नको उत्तर पाएँ । म यो देखेर स्तब्ध भएँ । त्यस पछि "भक्तिके सौदागरको शन्देश" एक दिनमा कैयौ पटक पढे । पुस्तक पढ्दा पढ्दै वेब साइड हेर्ने उत्सुक्ता जाग्यो । मलाई ज्ञानको भोक झन् झन् बढ्दै गयो र मैले अन्य पुस्तकहरु पनि पढे । गहरी नजर गीतामें, आध्यात्मिक ज्ञान गंगा, करौथा काण्डका रहस्य लगायत सम्पुर्ण हिन्दी पुस्तकहरु दुई वर्ष सम्म पढें । जब प्रमाणको रूपमा श्रीदेवी पुराण, महाभारत, रामायण, शिव पुराण, गरुण पुराण तथा गीता जस्ता ग्रन्थ पढेपछि जस्ताको त्यस्तै रूपमा प्रमाण पाएँ । त्यस्पछी मलाई सतलोक आस्रम जाने ईच्छा भयो । मलाई शास्त्र बिरुद्ध साधना गरिरहेका सबै धर्म गुरुहरु ढोंगी लाग्न थाल्यो । त्यसैले मैले सबै खालका आन (अहं) पूजा तथा उपासना छोडिदिएँ ।

कबिर (कबिर साहेब) को कृपाले कार्यालयको कामले पंजाब प्रान्तको भटिण्डा जाने अबसर मिल्यो । म अमृतसरबाट चण्डिगढ जाँदा जिंदबाट हिसार आउन चाहें तर किसान आन्दोलनका कारण भटिण्डा नै फर्किए । फेरि अमृतसरबाट फर्कदा आस्रममा म कसरी अाऊँ भनेर फोन गरे । अम्बालाबाट बसमा बरवाला(सतलोक आस्रम) आउने सल्लाह पाँए । किनकी त्यो बाटो खुल्ला थियो । तर म अम्बालाबाट निकै अगाडी आईसकेको थिए । अनि कुरुक्षेत्र हुँदै आफ्ना तीन जना साथिहरुलाई छोडें र भाडाको ट्याक्सी लिएँ । मलाई परमात्मा स्वरुप दुतले साझँ सतलोक आस्रममा पुर्‍यायो । आस्रममा नामदान (दिक्षा), खानपिनको प्रबन्ध तथा बस्ने व्यबस्था नि:शुल्क भएको थाहा पाए ।

म सन्त रामपालजी महाराजबाट नामदान तथा उपदेश लिएर दिल्ली हुँदै काठ्माण्डौ फर्के । त्यसपछी मैले परमात्मा(पुर्ण ब्रह्म)को चमत्कार देखे । परिक्षण गराउदा मैले आफ्नो डाएबेटिज सामन्य पाँए । त्यसै दिनबाट मलाई सन्त रामपालजी स्वरुपमा कबिर साहेबजी सन्त रामपालजी महाराजको स्वरुपमा सतलोक आस्रम चण्डिगढ रोड, बरवाला, हिसार जिल्ला, हरियाणा(भरतमा)मा बिराजमान हुनुहुन्छ भन्ने पुर्ण विश्वास भयो । त्यस दिनबाट म डायबिटिजको उपचार सद गुरु रामपालजी महाराजको कृपा भक्ती रुपि औषधिले गर्न थाले । एक महिना पछि पुरै परिवारले सतलोक आस्रम बरबाला गएर नाम दीक्षा लियौ ।

त्यसपछी मेरो जिवनमा एक अद्भुत चमत्कार भयो । मेरो सरुवा कठ्माण्डौमा भयो । अनि नेपालमा हुने ज्ञान गंगा पुस्तक सेवामा सरिक हुन थाले । बिस्तार बिस्तार समाजमा सदगुरुको अमृत दया वर्षन थाल्यो र नेपालमा सदगुरुदेवको ज्ञान प्रचार प्रसार जोड तोडका साथ हुन थाल्यो । थुप्रै भक्तजनहरु सत्लोक आस्रम पुगेर उपदेश प्राप्त गर्न थाले ।

म सबै दाजुभाई, दिदिबहिनी एवं भक्त समाजसंग हात जोडेर प्रारथना गर्न चाहन्छु तपाईहरु नक्कली गुरु तथा महामण्डलेश्वर स्वामी आदिका चक्करमा नपरी विवेकपूर्ण निर्णय लिदैं पुर्ण परमात्माको भक्तिको लागि सतलोक आस्रम चण्डिगढ रोड, बरबाला, हिसार जिल्ला, हरियाणा(भारत)मा जनुहोस र बहुमुल्य समय खेरा नफाली छिटो भन्दा छिटो नाम दीक्षा लिएर आफ्नो कल्याण गराउनु होस । ज्ञान गंगा, धर्तिमा अवतार पुस्तक एवं CD/DVD बाट सतसंग पढ्नुहोस/सुन्नुहोस अनि निष्पक्ष तरिकाले मनन गर्नुहोस ।

शास्त्रसम्मत रुपमा वेदहरु तथा गितामा दिएका प्रमाणहरु पढेर कुन सन्त योग्य छन वा अयोग्य छन, जसले सत ग्रन्थको आधारमा ज्ञान बताउछ ऊ नै तत्वदर्शी सन्त हुन सक्छ, भन्ने कुराको आफै निर्णय गर्नुहोस । सत ग्रन्थको आधारमा ज्ञान बताउने सन्त रामपालजी महाराज सतलोक आस्रम चण्डिगड रोड, बरवाला, हिसार जिल्ला, हरियाणा(भारत)मा बस्नु हुन्छ । उहाँबाट नाम दान लिएर आफ्नो र परिवारको उद्धार तथा कल्याण गराउनुहोस ।

"कबिर, समझा है तो सिर धर पांव, बहुर नहिं रें ऐसा दावं"
आजका दिनमा 21 ब्रह्माण्डमा तत्वदर्शी सन्त रामपालजी महाराज मात्र नै मोक्षको मन्त्र प्रदान गर्ने अधिकारी हुनुहुन्छ र शास्त्र विधि अनुसारको सधना बताउनु हुन्छ ।
सत साहेब ।।
भक्त श्याम दास, काठ्माण्डौ नेपाल ।
फोन नं. 9851009099 ।।


---------"ज्ञान गंगा" पुस्तकबाट------

Saturday, April 30, 2016

अतीत देखि बर्तमान सम्म हेर्दा। Krishna Sundar Karmacharya

अतीत देखि बर्तमान सम्म हेर्दा।
परमात्माको अशिम कृपा ले जीवन देखि बैराग्य जागेको अवस्था 2058-11 महिनामा 19 वर्ष को उमेर मा कारण किशोरावस्था शुरु 13 वर्ष को उमेर देखि 19 वर्ष सम्म त्यस पछिको समय युवा अवस्था हो।किशोरावस्था शुरु लगतै एक महिला साथी सङग परिचय शुरु भयो। साथिको रुपमा हासो ठट्टा गर्दै teen age को कारण कुन वेला एकोहोरो प्रीती बस्यो थाहै भएन ।सायद प्रकृतिको नियम नै यस्तो छ कि विपरीत लिङ्गी एक अर्का प्रतिआशक्ती एकोहोरो मन परेपनी त्यो मेरो मन मै मात्र सिमित थियो ।यो क्रम 19 वर्ष लाग्दा यानी teenage को अन्तिम अवस्था सम्म रहयो यश समय मा अवगत भयो कि उनको अरु नै कुनै सङग दोहोरो (दुई थर्फी) प्रीती बसेको रहेछ ।यो जानकारी मलाई भए पछि प्रेम भनेको पाउनु मात्र हैन गुमाउनु पनि हो। यदि मैले साच्चै कै मनपराएको भए उनको खुशी आनन्द मा मैले खुशी मनाउनु पर्छ यस्तो सोचाई मन मा आउथ्यो तर जीवन मा जुन उत्साह उमंग थियो त्यो युवा अवस्थामा रहेन संसार विरक्त लाग्न थाल्यो युवा अवस्थामा। जुन जोश जागर हुनुपर्ने हो त्यो त्यति रहेन ।जीवन देखि विरक्त लाग्न थाल्यो जीवनको रहस्य बुझ्न मन लाग्यो ।जीवन देखि विरक्तिएको अवस्थामा रेडियो मा यस्तै जीवन दर्शन सम्वन्धी कार्यक्रम हरु सुन्न थालियो । त्यस ताका H.B.C Fm मा कठित युवा दार्शनिक विकाशानन्द को प्रवचन खुब सुनियो।उहाको आकर्शक प्रवचन र विचार देखि प्रभावित भएर उहाँ बाट 2063मा रेकि प्रथम दीक्षा लिएर साधना गरीयो 21 दिनको ।यसरी मेरो नैरास्य जीवनको आध्यात्मिक यात्रा को थालनी भयो ।उहाँ मोक्ष को ( मुक्ती) कुरा गर्नुहुन्थ्यो रेकि प्रथम कोर्स पूरा गरि हठ योग दैनिक जसो गर्न थालियो । जीवन देखिको वैराग्यपन झन बढ्न थाल्यो ।साधु शन्त हरुको सङ्गत गर्ने क्रममा रजनीश जी ( ओसो) को एक जना चेला सङ्ग भेत भयो र उहादारा प्रतिपादित शास्त्र विपरीत साधना गर्न थालियो ।यो विकाशानन्द को प्रवचन र उहाँ को साधना भन्दा धेरै सहज र तनाव मुक्त (अस्थाई) गर्ने ध्यान विधि थियो।तर थियो शास्त्र विपरीत नै । करीव यो साधना को साथ 2 बर्ष सम्म लगातार गर्दै रहियो।आध्यात्मिक रुपमा मानसिक विचार परिपक्क हुँदै गइरहेको अवस्था थियो।उहाको यो साधना ले थोरै रुपमा भएपनी मानसिक शान्ति प्रदान गर्थ्यो भने रेकि साधना र विकाशानन्द को प्रवचन ओसोको अगाडि फिक्का लाग्न थाल्यो र छोडे पनि ।ओसोको प्रवचन CD ,DVD तथा मेमोरी कार्ड लगाएत tv chanel मा धेरै भन्दा धेरै सुन्न थालियो ।यसै क्रममा उहाले माहात्मा बुद्ध को प्रशंसा गर्दै बुद्धका भिक्षुहरुलाई भोजन दान गर्दा धेरै आध्यात्मिक लाभ हुने भनेकोले भिक्षुहरुको खोजीमा लागियो।भक्तपुर मुनीविहार मा केही पल्त गए पछि त्यहाको भिक्षु प्रमुख लाई भेतियो।दान पनि गरीयो र उहाँ मार्फत बुद्ध को जानकारी पनि धेरै पाईयो र उहाँ को उपदेश लगाएरत उहाँ बाट प्रतिपादित शास्त्र विपरीत साधना विपस्यना ध्यान जानकारी भयो। 2065-7 मा मैले बिपस्यना ध्यान सत्यनाराण गोयन्का बाट CD मार्फद बिपस्यना शिविर बुढा निल्कन्थ (शीवपुरी डाडा ) मा सिके ।साधना दस दिवसिय थियो ।जीन्दगीमा पहिलो पटक परमार्थामा( लागि) दस दिन घर परीवार सबै छादी जंगलमा आर्य मौन ( नवोलीकन ईसारा सम्मपनी गर्न नपाईने) हठ योग पालना गरि 10 दिन सन्यासी भिक्षु को रुपमा जीवन मै पहिलो पटक साधु जीवन दस दिनको शन्त जीवन यापन गरीयो। विपस्यना साधना पश्चात् जीवन मा मानसिक रुपमा धेरै सकारात्मक परीवर्तन आयो ।विपस्यना साधना पश्चात् रजनीस जी (ओसो) को साधना पनि फिक्का लागन थाल्यो ।विपस्यना साधना पश्चात् मेरो जीवन मा आध्यात्मिक परीवर्तन क्रान्तिकारी रुपमा भयो। माहात्मा बुद्ध भन्नू हुन्थ्यो यो सन्सार दुख को खानी हो।यो वाक्यले सन्सार बाट झन बिरक्त हुन्थे र विपस्यना ध्यान बाट मुक्ती यानी निर्वाण पाईन्छ भनेर बदो लगन का साथ गर्दै विपस्यना साधना ( शास्त्र विरुद्ध हठ पुर्बक गर्ने साधना थियो तर पनि गरे विपस्यना ध्यान स्वासलाई अनुभव गर्दै शुरुहुने ध्यान भएकोले स्वास्को सुमिरण गर्दा बदो मानसिक शान्ती प्राप्त हुन्थ्यो गरुन्जेल।विपस्यना साधना विहान बेलुका गरे पनि मन ले केही अर्को नै खोजी गरि रहेको थियो।( यो साधनाले पुर्णमुक्ती नहुने भएकोले वास्तविक मुक्ती निर्वाण हुने साधनाको खोज आत्माले गरीराखेको थियो।। आत्माले परमात्मा स्वरुप बन्दी छोद सत्गुरु रामपाल जी माहाराज बाट दीक्षा चाहिँ राखेको थियो।)
वास्तविक मुक्ती को मार्ग वास्तविक साधना को खोज आत्माले चाहेको थियो।खोज यथावत नै थियो तर विपस्यना चाहिँ गर्दै थिए भने विपस्यना साधना थालेपछी अगाडिको साधना हरु छोडे।खोजीकै क्रममा श्री श्री रवीशन्कर जी को ध्यान साधना जो विल्कुलै शास्त्र विरुद थियो ।2068-1-17 मा उहाँ दारा प्रतिपादित शास्त्र विरुद्ध साधना सुदर्शन चक्र ध्यान को अनुभव पनि गरीयो ।तर विपस्यना को अगाडि विल्कुलै फिक्का थियो।र उहाको ज्ञान् पनि माहात्मा बुद्ध को ज्ञान् को अगाडि फिक्का थियो। यस्तै साधुहरुको सङ्गत गर्ने क्रममा कृपालु जी को आश्रम पनि धाईयो, आसाराम को ज्ञान् पनि सुनियो, ब्रम्हकुमारी ज्ञान् को सातदिने कोर्स पनि गरीयो 2069-03-28 मा हठ योगी पायलत बाबा(कपिल अदैत) सग भेटेर दुई शब्द कुरा गर्ने मौका पाए।त्यस्को भोलि पल्त उहाँ बाट मन्त्र दीक्षा पाए जो शास्त्र विरुद्ध थियो।उहाँ बाट पाईने मन्त्र जप्नुको साथै बिपस्यना पनि गर्थे ।तर विपस्यना ध्यान को अगाडि यो मन्त्र दीक्षा पनि मलाई फिक्का लाग्न थाल्यो।उहाँ ले कुनै मर्यादा बनाउनु भएको थिएन ।मात्र यो मन्त्र जप्नु भनेर कान मा भनेको थियो।।उहाको अन्तिम लक्ष्य जोत निरन्जन सम्म मात्र थियो।यश भन्दा माथिको ज्ञान् उहालाई जानकारी सम्म पनि थिएन जस्तो मलाई लाग्छ।उहालाइ दुर्गा र नीरन्जन ले अपार सिद्दि दिनुभएको ले यश उपलब्धी मै सन्तुस्त देखिन्थ्यो।उहाले भनेको मन्त्र मैले चार महिना सम्म करिब 1घन्ता को हिसाब ले जपे।यश अवस्था सम्ममा मैले बन्दी छोद सत्गुरुरामपाल जी माहाराज को जानकारी हुनुका साथै suprim god क्वीर साहेब को जानकारी लगाएत सत्लोक देखि अकह लोक सम्मको जानकारी भएको पुस्तक ज्ञान् गङगा मेरो हात मा परीसकेको थियो। मनमा वास्तविक मुक्ती निर्वाण को अभिलाषा यथावत थियो। वास्तविक भक्ती को खोज यथावत थियो ।(ग्यान गङ्गा पुस्तक हात मा परेपनी पढ्न चाहिँ हातमा परेको करीब 6 महिना पश्चात् मात्र अध्यन गरेको थिए ) भने विपस्यना साधना यस्तो थियो कि भोकाएको मान्छे लाई बासी रोटी अथवा केही नमिथो खानेकुरा पाउँदा भोक लाई केही राहत दिए जस्तो मात्र थियो। परमात्मा प्राप्तिको शास्त्र अनुकुल साधना वास्तविक साधना तत्वदर्शी शन्त (परमात्मा) सत साहेब को खोज चाहिँ यथावत नै थियो।आत्मा परमात्मा मा विलय हुने वास्तविक साधना शास्त्र अनुकुल साधना मैले 2070-03-02मा बन्दी छोद सत्गुरुरामपालजी माहाराज जी बाट नाम दीक्षा पाएपछी पूरा भयो। यश साधना प्राप्त भए पछि परमात्मा स्वरुप सत्गुरु बन्दी छोद रामपालजी माहाराज को अशिम कृपाले मैले उहाले दिनु भएको भक्ती मर्यादमा रहिपुरानो सबै साधना लाइ त्यागी दिए जो शास्त्र विरुद्ध थियो मेरो परमात्मा प्राप्ती को वास्तविक साधना र सत्गुरुको खोज अब पूरा भैइ सकेको थियो। सत्गुरु बाट नाम दीक्षा पाए पछि यश सन्सारको सम्पुर्ण जन्जाल युक्त संस्कार हरु त्यागे ।यश संसार को लागि अब म मानसिक रुपमा मरे यानी संसार त्यागे। बन्धन हरु पुरानो जो पुर्व जन्मको संसार बाट जुधन आएको थियो ।नाम दीक्षा लिएपछीमानसिक रुपमा त्यो पनि मुक्त भयो ।यो साधना प्राप्त भएपछी वास्तविक निर्वाण को शास्त्र अनुकुल साधना मन लगाएर गर्न थाले। आत्माले वास्तविक परमात्मा जानीयो परमात्मा प्राप्तिको वास्तविक बाटो (भक्ती) सत्गुरुको मार्फत प्राप्त भयो।अब पहिलाजस्तो अतृप्त मन रहेन ।मानसिक सान्ती हुन थाल्यो।मनको माया प्राप्ती को दौद मा पनि निकै कमी भयो।
सत साहेब बन्दी छोद सत्गुरुरामपालजी माहाराजकी जय हो।।