Thursday, April 21, 2016

Age of the youg

चार युग (सत्ययुग १७,२८,०००, त्रेतायुग १२,९६,०००, द्बापरयुग ८,६४,००० र कलियुग ४,३२,००० गरी जम्मा ४३,२०,००० वर्ष) को एक चतुर्युग ।
  ईन्द्रको आयु ७२ चतुर्युग, ब्रह्माको एक दिनमा १४ वटा ईन्द्र हुने ।
  चार युगमा मनुष्यको ४३,२०,००० वर्ष हुन्छ ।
  १००८ चतुर्युगमा ब्रह्माजीको दिन र त्यतिनै रात (दिन-रात गरेर २०१६ चतुर्युगको २४ घन्टा पुरा १ दिन हुन्छ। ) अब सरदर २००० चतुर्युगको ब्रह्माजीको १ दिन मानौ।
  महिनाः ३० दिन x २००० = ६०,००० चतुर्युग एक महिनामा
  एक वर्षः १२ महिना x ६०,००० = ७,२०,००० चतुर्युग एक वर्षमा
  ब्रह्माजीको आयुः १०० वर्ष x ७,२०,००० = ७,२०,०००००(७ करोड २० लाख) चतुर्युग
  विष्णुजीको आयु ब्रह्माजीको भन्दा ७ गुणा बढि, ७०० वर्ष x ७,२०,००००० = ५०,४०,०००००(पचास करोड चालिस लाख) चतुर्युग
  शिव(शंकर)जीको आयु विष्णुजीको भन्दा ७ गुणा बढी  ७ x ५०,४०,००००० = ३,५२,८०,०००००(तीन अरब बाउन्न करोड असी लाख) चतुर्युग ।
  ७० हजार शिव (शंकर)जीको मृत्यु भएपछि एक ब्रह्म/काल/ज्योति निरञ्जन/क्षर पुरुषको मृत्यु ।
  अक्षर पुरुषको आयु
  ७० हजार शिव(शंकर)जीको मृत्यु भएपछि एक ब्रह्मको मृत्यु भएपछि अक्षर पुरुषको एक युग हुन्छ ।
  १००० युगको अक्षर पुरुषको एक दिन र यतिनै रात (एक दिन र रातमा २००० युग) ।
  ३० दिनको एक र महिना १२ महिनाको १ वर्ष ।
  एवं रितले अक्षर पुरुष/परब्रह्माको आयु १०० वर्ष ।
सहंस्र युग पर्यन्तम् अहः यत् ब्रह्मणः विदुः
रात्रिम् युग सहंस्रान्तम् ते अहोरात्रा विदः जनाः ।।गिता।।८।।१७।।
(ब्रह्मणः) परब्रह्म/अक्षर पुरुषको (यत्) जुन (अहः) दिन छ यो उसको (सहंस्रान्तम् पर्यन्तम्) एक हजार युगको अवधि र (रात्रिम्) रात पनि एक हजार युगको अवधि (विदुः) तत्वबाट जान्ने (ते) ति (जनाः) तत्वदर्शि सन्त (अहोरात्रा) दिन र रातको (विदः) तत्वभेद जान्दछन् ।।गिता।।८।।१७।।
--------आध्यात्मिक ज्ञान गंगा

No comments:

Post a Comment