Saturday, March 11, 2017

म श्याम कुमार दास, पेशाले इलेक्ट्रीकल इन्जिनियर



सत कबिरको दया
     म श्याम कुमार दास, लोटल यादव पुत्र कचुडी -5 धनुषा निवासी हुँ । म पेशाले इलेक्ट्रीकल इन्जिनियर, नेपाल बिधुत प्राधिकरण विभाग काठमाण्डौमा उप-प्रबन्धकको पदमा कार्यरत छु । म श्याम कुमार आफ्नो दु:खी जीवनको झलक बताउँदै छु । अहिले मलाई मेरो बितेका ती दिनहरु सम्झँदा आङ सिरिङ्ग हुन्छ । जस्को वर्णन गर्दा भक्कानो छुटेर आउँछ ।
म विज्ञान बिषयको बिधार्थी भएकोले नस्तिक प्रवृतिको थिए । इन्जिनियर बनिसके पछी पनि त्यही सिलसिला जारी थियो । मोज मस्ती गर्नु जिन्दगी हो भन्ने सम्झन्थें । 34 वर्षको उमेरमा नै म डायबेटिजको बिरामी भए । जस्ले गर्दा मेरो दिमागले कम काम गर्न थाल्यो र म चिन्तित जीवन जिउन थाले । तर एक समय मेरो सामुन्ने यस्तो घटना घट्यो जस्ले मलाई आध्यात्मिकता प्रति झुकाब बढायो ।


🍦म दाङ जिल्लामा कार्यरत थिए । त्यतिखेर एउटा अजिव घटना घट्यो । एउटा बसमा माअोबादि लडाकु र शसस्त्र प्रहरी बिच गोलि हाना हान भयो । त्यसै समय मेरो एउटा साथिको टाउकोमा गोलि लाग्यो र पछिल्तिरबाट निस्कियो । र थुप्रै अरु मानिसहरुलाई पनि गोलि लाग्यो र मरे । टाउकोमा गोलि लागेको मेरो साथिलाई लखनऊमा लगेर उपचार गराईयो र ऊ बाच्यो । लखनऊबाट फर्के पछि थाहा भयो हात र खुट्टामा गोलि लागेको अर्को व्याक्तिको चाहिँ मृत्यु भयो । त्यसै दिनदेखी मलाई यो जगत चलाउने कुनै अर्को अदृश्य शक्ति छ या भगवान छन भन्ने महसुस तथा बिश्वास भयो । तर कसरी र कहाँ प्राप्त हुन्छ भन्ने थाहा थिएन ।

✋यसै सिलसिलामा म ऊ शान्तिबाट शुरु गरेर योगि बिकासानन्दजी, स्वातिजी, स्वामी रामदेव महाराजबाट ज्ञान लिएर दुई वर्षसम्म योग साधना गरे तर डायबिटिजमा कुनै लाभ भएन । मलाई कसै गरे पनि परमात्मा प्राप्त गर्ने र उपचार गराउने कुनै पनि उपाए प्राप्त भएन ।

💞यसै सिलसिलामा "भक्ति के सौदागरको सन्देश" नमक पुस्तक मैले पाएँ । त्यो पुस्तक पढ्न सुरु गरे र मैले ब्रह्माका पिता, विष्णुकी माता एवं शंकरका हजुरबुबा को हुन ? भन्ने प्रश्नको उत्तर पाएँ । म यो देखेर स्तब्ध भएँ । त्यस पछि "भक्तिके सौदागरको शन्देश" एक दिनमा कैयौ पटक पढे । पुस्तक पढ्दा पढ्दै वेब साइड हेर्ने उत्सुक्ता जाग्यो । मलाई ज्ञानको भोक झन् झन् बढ्दै गयो र मैले अन्य पुस्तकहरु पनि पढे । गहरी नजर गीतामें, आध्यात्मिक ज्ञान गंगा, करौथा काण्डका रहस्य लगायत सम्पुर्ण हिन्दी पुस्तकहरु दुई वर्ष सम्म पढें । जब प्रमाणको रूपमा श्रीदेवी पुराण, महाभारत, रामायण, शिव पुराण, गरुण पुराण तथा गीता जस्ता ग्रन्थ पढेपछि जस्ताको त्यस्तै रूपमा प्रमाण पाएँ । त्यस्पछी मलाई सतलोक आस्रम जाने ईच्छा भयो । मलाई शास्त्र बिरुद्ध साधना गरिरहेका सबै धर्म गुरुहरु ढोंगी लाग्न थाल्यो । त्यसैले मैले सबै खालका आन (अहं) पूजा तथा उपासना छोडिदिएँ ।

💍कबिर (कबिर साहेब) को कृपाले कार्यालयको कामले पंजाब प्रान्तको भटिण्डा जाने अबसर मिल्यो । म अमृतसरबाट चण्डिगढ जाँदा जिंदबाट हिसार आउन चाहें तर किसान आन्दोलनका कारण भटिण्डा नै फर्किए । फेरि अमृतसरबाट फर्कदा आस्रममा म कसरी अाऊँ भनेर फोन गरे । अम्बालाबाट बसमा बरवाला(सतलोक आस्रम) आउने सल्लाह पाँए । किनकी त्यो बाटो खुल्ला थियो । तर म अम्बालाबाट निकै अगाडी आईसकेको थिए । अनि कुरुक्षेत्र हुँदै आफ्ना तीन जना साथिहरुलाई छोडें र भाडाको ट्याक्सी लिएँ । मलाई परमात्मा स्वरुप दुतले साझँ सतलोक आस्रममा पुर्‍यायो । आस्रममा नामदान (दिक्षा), खानपिनको प्रबन्ध तथा बस्ने व्यबस्था नि:शुल्क भएको थाहा पाए ।

💑म सन्त रामपालजी महाराजबाट नामदान तथा उपदेश लिएर दिल्ली हुँदै काठ्माण्डौ फर्के । त्यसपछी मैले परमात्मा(पुर्ण ब्रह्म)को चमत्कार देखे । परिक्षण गराउदा मैले आफ्नो डाएबेटिज सामन्य पाँए । त्यसै दिनबाट मलाई सन्त रामपालजी स्वरुपमा कबिर साहेबजी सन्त रामपालजी महाराजको स्वरुपमा सतलोक आस्रम चण्डिगढ रोड, बरवाला, हिसार जिल्ला, हरियाणा(भरतमा)मा बिराजमान हुनुहुन्छ भन्ने पुर्ण विश्वास भयो । त्यस दिनबाट म डायबिटिजको उपचार सद गुरु रामपालजी महाराजको कृपा भक्ती रुपि औषधिले गर्न थाले । एक महिना पछि पुरै परिवारले सतलोक आस्रम बरबाला गएर नाम दीक्षा लियौ ।

✌त्यसपछी मेरो जिवनमा एक अद्भुत चमत्कार भयो । मेरो सरुवा कठ्माण्डौमा भयो । अनि नेपालमा हुने ज्ञान गंगा पुस्तक सेवामा सरिक हुन थाले । बिस्तार बिस्तार समाजमा सदगुरुको अमृत दया वर्षन थाल्यो र नेपालमा सदगुरुदेवको ज्ञान प्रचार प्रसार जोड तोडका साथ हुन थाल्यो । थुप्रै भक्तजनहरु सत्लोक आस्रम पुगेर उपदेश प्राप्त गर्न थाले ।

💘म सबै दाजुभाई, दिदिबहिनी एवं भक्त समाजसंग हात जोडेर प्रारथना गर्न चाहन्छु तपाईहरु नक्कली गुरु तथा महामण्डलेश्वर स्वामी आदिका चक्करमा नपरी विवेकपूर्ण निर्णय लिदैं पुर्ण परमात्माको भक्तिको लागि सतलोक आस्रम चण्डिगढ रोड, बरबाला, हिसार जिल्ला, हरियाणा(भारत)मा जनुहोस र बहुमुल्य समय खेरा नफाली छिटो भन्दा छिटो नाम दीक्षा लिएर आफ्नो कल्याण गराउनु होस । ज्ञान गंगा, धर्तिमा अवतार पुस्तक एवं CD/DVD बाट सतसंग पढ्नुहोस/सुन्नुहोस अनि निष्पक्ष तरिकाले मनन गर्नुहोस ।

💔शास्त्रसम्मत रुपमा वेदहरु तथा गितामा दिएका प्रमाणहरु पढेर कुन सन्त योग्य छन वा अयोग्य छन, जसले सत ग्रन्थको आधारमा ज्ञान बताउछ ऊ नै तत्वदर्शी सन्त हुन सक्छ, भन्ने कुराको आफै निर्णय गर्नुहोस । सत ग्रन्थको आधारमा ज्ञान बताउने सन्त रामपालजी महाराज सतलोक आस्रम चण्डिगड रोड, बरवाला, हिसार जिल्ला, हरियाणा(भारत)मा बस्नु हुन्छ । उहाँबाट नाम दान लिएर आफ्नो र परिवारको उद्धार तथा कल्याण गराउनुहोस ।

💘"कबिर, समझा है तो सिर धर पांव, बहुर नहिं रें ऐसा दावं"
आजका दिनमा 21 ब्रह्माण्डमा तत्वदर्शी सन्त रामपालजी महाराज मात्र नै मोक्षको मन्त्र प्रदान गर्ने अधिकारी हुनुहुन्छ र शास्त्र विधि अनुसारको सधना बताउनु हुन्छ ।
सत साहेब ।।
भक्त श्याम दास, काठ्माण्डौ नेपाल ।
फोन नं. 9851009099 ।।
---------"ज्ञान गंगा" पुस्तकबाट------


For Detail =

No comments:

Post a Comment