Wednesday, April 5, 2017

ॐ बाट के प्राप्त हुन्छ जान्नु होस्

यजुर्वेद अध्याय40 मन्त्र15 मा भनेको छ कि ॐ' नाम को जाप काम गर्दै स्मरण गर , बिशेष कसक का साथ स्मरण गर तथा मनुष्य जन्म को मुल कर्तव्य जानेर स्मरण गर ।

श्री मद्भगवत गीता अध्याय 8 श्लोक 13 मा गीता ज्ञान दाता प्रभु ले भन्नुभएको छ कि:- ॐ इति एकाक्षरम ब्रहा व्यवहारन माम अनुस्मरण य: प्रयाती तजन देहम स: याती परमाम गतिम।।।अर्थात :म ब्रम्ह को ॐ यो एक अक्षर हो , उच्चारण गरि स्मरण गर्दै जो शरीर त्यागेर जान्छ , त्यो ॐ को जाप बाट प्राप्त हुने परमगती यानी ब्रम्हलोक( माहास्वर्ग ) मा जान्छ।

श्री मद्भगवत गीता अध्याय 8 श्लोक 16 मा भनिएको छ कि ब्रम्हलोक प्रयन्त सर्व लोक पुनारावर्ती मै छ अर्थात ब्रम्हलोक ( माहास्वर्ग) मा गएका साधक( भक्त) पनि फेरि फर्केर संसार मै आउँछ, उनको जन्म मरण सदा भइ नै रहन्छ ।ब्रम्ह लोक प्राप्ती पुर्ण मुक्ती होईन ।


No comments:

Post a Comment