Wednesday, June 29, 2016

कालले कवीर परमात्मासंग गरेको प्रार्थनाः-

पुरुष शाप मोकहं अस दीन्हा । लच्छ जीव नित ग्रासन कीन्हा ।।
जो जिव सकल लोक तुव आवे । कैसे क्षुधा सो मोरि मिटावे ।।
पुनि पुरष मो पर दाया कीन्हा । भौसागर कहं राज मुहिं दीन्हा ।।
तुमहूं कृपा मोपर करहूं । मागौं सो वर मुहि उच्चरहू ।।
सतयुग त्रेता द्बापर माहीं । तीनहु युग जिव थोरे जाहीं ।।
चौथा युग जब कलियुग आवे । तव तुव शरण जीव बहु जावे ।।
ऐसा वचन हार मुहिं दीजे । तब संसार गवन तुम कीजे ।।
पंथ एक तुम आप चलाऊ । जीवन लै सतलोक पठाऊ ।।
द्बादश पंथ करौं मैं साजा । नाम तुम्हार ले करौं अवाजा ।।
द्बादश यम संसार पठैहों । नाम तुम्हारे पंथ चलैहों ।।
मृतु अन्धा इक दूत हमारा । सुकृत गृह लैहैं अवतारा ।।
प्रथम दूत मम प्रगटै जायी । पीछे अंश तुम्हारा आयी ।।
यहि विधि जीवन को भरमाऊं । पुरुष नाम जीवन समझाऊं ।।
द्बादश पंथ जीव जो ऐहैं । सो हमरे मुख आन समैहैं ।।
एतिक विनती करो बनाई । कीजे कृपा देउ बकसाई ।।


(क) कालले, कवीर परमेश्वर संग धेरै पूण्य आत्माहरु केवल कलियुगमा मात्र सतलोकमा लैजाने वचन पाए पछि, भनेको थियो कि मैले कलियुगमा तपाई आउने वेलामा मानिसहरुलाई आफ्ना दुतहरु पठाएर सबैलाई यसरी भ्रमित गरिदिने छु कि स्वयं तपाईनै आएर संसारलाई सत्य ज्ञान दिए पनि संसारले तपाईको विश्वास गर्ने छैन । जसअनुसारः-


१ नाटकी तथा फल्मि तथा सांगितिक माहोल बनाएर ।
२ नशालु पदार्थ तथा काम वासनामा मानिसलाई लुप्त बनाएर ।
३ धन-मान को अहंकारमा मानिसहरुलाई भ्रमित गरेर ।
४ मनलाई आकर्षित र मोहित हुने भव्य स्थानहरुको निमार्ण गरेर
५ सहि भक्ति मार्गबाट बिमुख गराउन धेरै नक्कलि धर्म गुरुहरु पठाएर अनेक समुदायमा मानिसलाई भ्रमित गराई नक्कलि नाम (दीक्षा) दिएर
६ कवीरदेवकै नामबाट बाह्र पंथ कालको चलाएर ।

(ख) पूर्ण ब्रह्म कवीर परमेश्वरले आज भन्दा करिब ६०० वर्ष पहिला आएर विभिन्न लीला गर्ने क्रममा जब कलियुग जव ५५०५ वर्ष वित्छ तव म पुनः अंश अवतारको रुपमा प्रकट हुने छु भन्नु भएको थियो । त्यसैले कवीर देवको मिशनलाई कालले फेल गराउन कोशिस गरिरहेको छः

(१) त्यसैले जति पनि विकास भएको छ सन् १९५० पछिको समयमा तिब्र विकास भएको छ । किनकि भक्तहरुमा ज्ञान पुर्याउनको लागी भगवानले संचार जगत तथा विद्युतिय समानहरुको विस्तार गर्नु भयो, जस्लाई कालले आफ्नो अनुकूल दुरुपयोग गरिरहेको छ ।

(२) जति पनि मानिस शिक्षित भएका छन् सन् १९५० पछि व्यापक रुपमा भएका छन् । किनकि भगवानले सबैलाई शिक्षित बनाएर हाम्रो पवित्र ग्रन्थहरुमा भएको तत्वज्ञान सबैलाई बुझाउन चाहनुहुन्छ ।

(३) सबै धर्म गुरुहरु व्यापक रुपमा यहि समयको सेरो फेरोमा यही भारतमा नै आएका छन् । किनकि यहि समयमा नै कवीरदेव आफ्नो अंश रुपमा प्रकट भएर भक्त आत्माहरुलाई यथार्थ भक्ति मार्ग र नाम (दीक्षा) दिएर मोक्ष गराउन लागिरहनु भएकोछ ।

No comments:

Post a Comment