(क) हामीले गरेको घोर पापलाई पनि माफ गरि दिन्छन् ।
(ख) हामीलाई यस लोकमा सुख, शान्ति र पूर्णता प्रदान गर्छन् ।
(ग) मोक्ष प्रदानको यथार्थ भक्ति मार्ग प्रदान गरि परमात्माको निजि धाम सतलोकमा लैजान्छन् ।
(घ) हामीलाई सतलोकमा अजर अमर अविनाशि पद शरीर प्रदान गरी कहिलै नफर्कने गरी सदा परम आनन्द र परम शान्ति प्रदान गर्छन् ।
(ङ) देवकृतस्य एनसः अवयजन असि मनुष्यकृतस्य एनसः अवयजनम् असि पितृकृतस्य एनसः अवयजनम् असि आत्मकृतस्य एनसः अवयजनम् असि आत्मकृतस्य एनसः अवयजनम् असि एनसः एनसः अवयजनम् विद्धान् यत् च एनः चकार अविद्धान् यत च तस्य सर्वस्य एनसः अवयजनम् असि ।।युर्जवेज अध्याय ८।१३।।
हे सबैको उपकार गर्नेवाला मित्र तपाई (देवकृतस्य) दान दिनेहरुको (एनसः) अपराधलाई (अवयजनम्) विनाश गर्ने (असि) हुनुहुन्छ । (मनुष्यकृतस्य) साधारण मानिसले गरेको (एनसः) अपराधलाई (अवयजनम्) विनाश गर्ने अर्थात क्षमा गर्ने (असि) हुनुहुन्छ । (पितृकृतस्य) पिताले गरेको (एनसः) विरोध आचरण तथा अपराधलाई (अवयजनम्) विनाश गर्ने अर्थात क्षमागर्ने (असि) हुनुहुन्छ । (आत्मकृतस्य) आफूले गरेको (एनसः) पाप तथा अपराधलाई (अवयजनम्) पनि क्षमा गर्ने (असि) हुनुहुन्छ । (एनसः एनसः) अधर्मको पनि अधर्म घोर अधर्म पापलाई पनि (अवयजनम्) नाशगर्ने अर्थात क्षमा गर्ने हुनुहुन्छ । (विद्धान्) मैले यो जानेर (यत्) जुन (च) कुनै (एनः) अधर्म आचरण (चकार) गरिसके वा गर्दै छु (अविद्धान्) अनजानमै (यत्) जुन (च) केही गरिसकेमा वा गरेमा (तस्य) त्यस्तो (सर्वस्य) सबै (एनसः) दुष्ट आचरणलाई (अवयजनम्) क्षमा गर्ने, नाश गर्ने (असि) तपाई हुनु हुन्छ ।
(च) इन्दुः पुनानो अति गाहते मृघो विश्वानि कृष्वन् सुपथानि यज्यवे । गाः कृष्वानो निर्णिजंहर्यतः कवीरत्यो न क्रीव्ठन्परिवारमर्पति ।।
ऋग्वेद मण्डल ९ सुत ८६ ।।२६।।
(यज्यवे) यज्ञ वा पूजा गर्ने धर्मात्माहरुको लागि परमात्माले (विश्वानि सुपथानि) सबै मार्गहरुलाई (कृष्वन्) सजिलो बनाउँदै (मृधः) उनिहरुको सबै दुःख कष्टहरुलाई (अति गाहते) नाश गरिदिन्छन् । र (पुनानः) उनलाई पवित्र गर्दै (निर्निजं) आफ्नो रुपलाई (गाःकृष्वानः) सरल गराउदैं (हर्यतः) ती कान्तिमय परमात्मा (कवीर) कवीर देव (आत्यो न) विद्युतको समान (क्रीव्ठन्) क्रीडा गर्दै (वारं) योग्य भक्त आत्मा तथा पुरुषलाई (पथ्यंषंति) प्राप्त हुन्छन ।
(छ) मनीषिभिः पनर्वते पूव्र्य कविर्नृमिर्यतः परि कोशा असिष्यदत् । त्रितस्य नाम जनयन्मधु क्षरन्निद्रस्य वायुं सरन्याय वर्धयन् ।।सामवेद अ ३।।५।।८।।
(पूव्र्य) सनातन अर्थात अविनाशी (कविरः नृभिः) कवीर परमेश्वर मानव रुप धारण गरेर अर्थात गुरु रुपमा प्रकट भएर (मनिषिभि) हृदयदेखि नै चाहने श्रद्धापूर्वक भक्ति गर्ने भक्त आत्मालाई (त्री) तीन (नाम) मन्त्र अथवा मन्त्र उपदेश वा दीक्षा दिएर (पवते) पवित्र गरेर (जनयन्) जन्म तथा (क्षरनः) मृत्युबाट (न) रहित गर्नु हुन्छ तथा (तस्य) उसको (वायुम्) प्राण तथा जीवन श्वासलाई (कोशान्) आफ्नो अनन्त शक्ति भण्डारबाट (सख्याय) मित्रताको आधारले (परि) पूर्ण रुपमा (वर्धयन्) बढाईदिनु हुन्छ । (यतः) जस कारणले (इन्द्रस्य) परमेश्वरले (मधु) वास्तविक आनन्द (असिष्यदत्) परमेश्वरको आफ्नो आशीवार्द प्रसादले प्राप्त गराउनु हुन्छ ।
(ज) मुञ्चामि त्वा हविषा जीवनाय कमज्ञातयक्ष्मादुत राजयक्ष्मात् । ग्राहिर्जग्राह यदि वैतदेनं तस्या इन्द्राग्नी प्र मुमुक्तमेनम् ।।ऋग्वेद मण्डल 10 सुक्त 161 श्लोक 1।।
परमात्माले (त्वा) तिमीलाई (अज्ञात यक्ष्मात्) थाहा नभएको रोग (उत) र (राजयक्ष्मात्) रहस्यमय रोग (तपेदिक) जस्तो रोग भएपनि (कं जीवनाय) सुख पूर्वक बाँच्नको लागि भक्त आत्मालाई रोगबाट (मुञ्चामि) छुडाउँनु वा ठिक गराउँनुहुन्छ । (यदि ग्राहिःजग्राह) यदि शरीर जगडने वाला रोग (एनम्) लागेको भए पनि (तस्या) त्यस रोगबाट (एनम्) ती रोगि भक्त आत्मालाई (इन्द्राग्नी प्र मुमुक्तमेनम्) इन्द्र र अग्निबाट बनेको औषधिबाट ठिक हुने छ ।
(झ) यदि क्षितायुर्यदि वा परेतो यदि मृत्योरन्तिकं नीत एव । तमा हरामि निर्ऋतेरुपस्थादस्पार्षमेनं शतशारदाय ।।ऋग्वेद मण्डल10सुक्त161श्लोक 2।।
(यदि क्षितायुः) यदि रोगीको जीवनशक्ति नष्ट भएको भए पनि (यदि वा परा इताः) यदि उ सिमाबाट टाढा गएको भए पनि (यदि मृत्योरन्तिकं) यदि उसको जीवन सकिएर मृत्युको नजिक (नीत एव) पुगिसकेको भए पनि (तम्) उसलाई (निकृतेः उपस्थात् आ हरामि) परमात्माले अति कष्टप्रद रोगबाट बचाँउनु हुन्छ र (एन) ती भक्तलाई (शत शारदाय) सय वर्षको (अस्पार्पम्) आयु प्रदान गर्नु हुन्छ ।
(ञ) आहार्ष त्वाविदं त्वा पुनरागाः पुनर्नव । सर्वाङ्ग सर्व ते चक्षुः सर्वमायुश्च तेऽविदम् ।ऋग्वेदमण्डल10सुक्त161श्लोक5।।
परमात्माले रोगीको (त्वा आहाषम्) रोगलाई ठीक गर्दछन् । (त्वा अविदं) तिमीलाई म फेरि प्राप्त हुन्छु (पुनःरागाः) तिमी फेरि मेरो शरणमा आउ । (पुनःनवः) फेरि पुन नयाँ जीवन प्राप्त तथा धारण गर्ने (सर्व अङ्ग) समस्त अंगले युक्त (ते सर्व चक्षुः) तिम्रा सम्पूर्ण ज्ञानलाई बुझ्ने आँखा आदि इन्द्रियहरु र (सर्व च आयुः) सम्पूर्ण आयु (ते अविदम्) तिमीलाई प्रदान गर्छु ।
(ट) अनन्याः चिन्तयन्तः माम् य् जनाः पर्युपासते, तेषाम् नित्याभियुक्तानाम् योगक्षेमम् वहामि अहम् ।।गीता।।९।।२१।।
(ये) जो (अनन्याः) म प्रति अनन्य प्रेमी (जनाः) भक्तजन (माम) मेरो (चिन्तयन्तः) चिन्तन गर्दै (पर्युपासते) ती पूर्ण परमात्मालाई निष्काम र निस्वार्थ भावले पूजा गर्दछन् (तेषाम्) ती (नित्याभियुक्तानाम्) नित्य निरन्तर साधना गर्ने पुरुषहरुको लागि (योगक्षेमम्) योग क्षेम अर्थात उनिहरुको साधनाको रक्षा गर्दै इच्छा अनुसार आर्जन र त्यसको संरक्षण समेत (अहम्) म (वहामि) स्वयम गर्दछु ।
No comments:
Post a Comment