Thursday, August 24, 2017

देव र दानवको गुणहरु गीता अध्याय १६ बाट



(क) देव – अहिंसा, निर्भय, अन्तः करणको पूर्ण रुपमा निर्मलता, ज्ञानी, धार्मिक शास्त्रको पठन-पाठन, भक्ति मार्गमा कष्ट सहनु, कसैलाई पनि मन-वाणी र शरीरले दुःख कष्ट नदिनु, आफ्नो अहित गर्ने माथि पनि क्रोध नगर्नु, परमात्माको लागि त्याग गर्नु, शान्त चित्त, निन्दा नगर्नु, दया, क्षमा, कोमलता, नराम्रो कर्म गर्न लाज, चापलुसि रहित, सात्विक, रक्त युक्त भोजन नखाने, अरुलाई सुख दिने, सहयोग गर्ने, अरुलाई आकर्षित गर्ने स्वरुप र सत्य वोली भएको ।

(ख) दानव – हिंसा, कामुकता, लोभ, अहंकार, दम्भ, मान, मद, अन्याय पूर्वक धन संग्रह, सिद्बिको गर्भ, आफुले आफुलाई ठूलो ठान्ने, आफु नै इश्वर, बल, धमण्ड, निन्दा, पाखण्ड, अभिमान, तामसिक, रक्त युक्त भोजन गर्ने, अरुलाई दुःख दिने, असहयोग गर्ने, स्वार्थि, भयानक डरलाग्दो स्वरुप, रिसाहा र स्वभाव भएको ।

(ग) दम्भः दर्पः अभिमानः च क्रोधः पारुष्यम् एव च अज्ञानम् च अभिजातस्य पार्थ सम्पदम् आसुरीम् ।।गीता।।१६।।४।।
(पार्थ) हे पार्थ अर्जुन (दम्भः) पाखण्ड, शोषण (दर्पः) घमण्ड (च) र (अभिमानः) अभिमान (च) तथा (क्रोधः) क्रोध (पारुष्यम्) कठोरता, अडिग (च) र (अज्ञानम्) अज्ञान (एव) वास्तवमा यी सबै (आसुरीम्) राक्षसी स्वभावका (सम्पदम्) वर्गमा (अभिजातस्य) उत्पन्न हुने मानिसको लक्षणहरु हुन ।

(घ) दैवी सम्पत् विमोक्षाय निबन्धाय आसुरी मता मा शुचः सम्पदम् दैवीम् अभिजातः असि पाण्डव ।।गीता१६।।५।।
(दैवी सम्पत्) देवताको गुण भएकाको लक्षण (विमोक्षाय) मुक्ति वा मोक्ष प्राप्त गर्ने हुन्छ र (आसुरी) राक्षसी स्वभावको लक्षण (निबन्धाय) बाँध्नको लागि (मता) मानिएको छ । यसैले (पाण्डव) हे अर्जुन तिमी (मा, शुचः) शोक नगर किनकि (दैविम्, सम्पदम्) तिमी दैविक भक्तिभाव (अभिजातः) लिएर उत्पन्न भएका (असि) हौ ।

(ङ) प्रवृतिम् च निवृत्तिम् च जनाः न विदुः आसुराःन शौचम् न अपि च आचारः न सत्यम् तेषु विद्यते ।।गीता१६।।७।।
(आसुराः) आसुर स्वभावको (जनाः) मानिसको (प्रवृत्तिम्) प्रवृत्ति (च) र (निवृत्तिम्) निवृत्ति जस्ता यी दुबै क्रियाकलाप (च) पनि (न विदुः) जान्दैनन् (तेषु) उनिहरुमा (न शौचम्) न त आन्तरिक शुद्धि हुन्छ (न आचारः) न श्रेष्ठ आचरण नै हुन्छ (च) र (न सत्यम्) न सत्यलाई (अपि) नै (विद्यते) चिनेका हुन्छन् ।

(घ) असत्यम् अप्रतिष्ठम् ते जगत् आहुः अनीश्वरम् अपरस्परसरमभूतम् किम् अन्यत् कामहैतुकम् ।।
गीता १६।।८।।
(त) ती आसुरी स्वभाववाला मानिस (आहूः) भन्दछन कि (जगत्) जगत् (अप्रतिष्ठम्) अवस्था रहित (असत्यम्) असत्य र (अनीश्वरम्) विना ईश्वरको (अपरस्परसरमभूतम्) आफै केवल नारी र पुरुषको संयोगबाट उत्पन्न भएको (कामहैतुकम्) केवल काम भोग मात्र यसको उत्पत्तिको कारण हो (अन्यम्) यो भन्दा (किम्) केही पनि होईन् भनि यस्तो धारणा राख्ने प्राणी राक्षसी स्वभावको हुन्छ ।

(ङ) एताम् दृष्टिम् अवष्टभ्य नष्टात्मानः अल्पबुद्धयः प्रभवन्ति उग्रकर्माणः क्षयाय जगतः अहिताः ।।गीता१६।।९।।
(एताम्) यस (दृष्टिम्) दृष्टि कोणबाट मिथ्या ज्ञानको (अवष्टभ्य) अवलम्वन गरेर (नष्टात्मानः) नाश आत्मा (अल्पबुद्धयः) जसको बुद्धि मन्द छ ती (अहिताः) सवैको अहित गर्ने (उग्रकर्माणः) भयंकर कर्म गर्ने क्रुरकर्मी (जगतः) जगतको (क्षयाय) नाशको लागि नै (प्रभवन्ति) उत्पन्न हुन्छन् ।

(च) कामम् आश्रित्य दुष्पूरम दम्भमानमदान्विताःमोहात् गृहीत्वा असदग्राहान् प्रवर्तन्ते अशुचिव्रताः ।।
गीता १६।।१०।।
(दम्भमानमदान्विताः) दम्भ, मान र मदले युक्त मानिस (दुष्पूरम्) कुनै प्रकारले पनि पूर्ण नहुने (कामम्) कामनाहरुको (आश्रित्य) आश्रय लिएर (मोहात्) अज्ञानले मोहवस (असद्ग्राहान्) मिथ्या शास्त्र विरुद्ध सिद्धान्त (गृहीत्वा) ग्रहण गरेर र (अशुचिव्रताः) भ्रष्ट आचरणको धारण गरेर संसारमा (प्रवर्तन्ते) घुम्दछन् ।

(छ) कर्शयन्तः शरीरस्थम् भूतग्रामम् अचेतसः माम्च एव अन्तःशरीरस्थम् तान् विद्धि आसुरनिश्चयान् ।।गीता१७।।६।।
(शरीरस्थम्) शरीरमा रहने (भूतग्रामम्) प्राणिहरुका मुखिया ब्रह्मा, विष्णु, महेश, गणेश, दुर्गा र (माम्) मलाई (च) तथा (एव) यसै प्रकार (अन्तःशरीरस्थम्) शरीरको भित्री हृदयमा आत्माको साथ रहने पूर्ण ब्रह्म परमात्मालाई (कर्शयन्तः) जसले सताउँदछन् (तान्) ती (अचेतसः) अज्ञानीहरुलाई (आसुरनिश्चयान्) राक्षस स्वभाववाला (एव) नै (विद्धि) जान।

No comments:

Post a Comment