Thursday, August 24, 2017

श्रीमद्भाग्वत गीता अनुसार भक्तहरु तथा साधकहरु चार प्रकारका रहेकाछन्

(क) अर्थार्थीः- वेद मन्त्रद्बारा भौतिक सुख तथा धन लाभको लागि अनुष्ठान गर्ने।

(ख) आर्तः-वेद मन्त्र द्बारा संकट निवारणको लागि अनुष्ठान गर्ने।

(ग) जिज्ञासुः- परमात्माको विषयमा जानकारी प्राप्त गर्ने इच्छाले ज्ञान ग्रहण गरेर वेदको आधारमा ज्ञानवान भएर वक्ता बन्ने।

(घ) ज्ञानीः- मनुष्य जीवन केवल परमात्मा प्राप्तिको लागि मात्र हो र परमात्मा प्राप्ति पनि केवल एक सर्वशक्तिमान परमात्माको साधना अनन्य मनबाट गरेर मात्र हुन्छ भन्ने बुझेको।

चतुर्विधाः भजन्ते माम् जनाः सुकृतिनः अर्जुन आर्तः जिज्ञासुः अर्थार्थी ज्ञानी च भारतर्षभ।।गीता।।७।।१६।।
(भारतर्षभ अर्जुन) हे भरत वंशमा श्रेष्ठ अर्जुन (सुकृतिनः) उत्तम कर्म गर्नेहरुले (अर्थार्थी) वेद मन्त्रद्बारा धन लाभको लागि अनुष्ठान गर्नेलाई अर्थार्थी (आर्तः) वेद मन्त्र द्बारा संकट निवारणको लागि अनुष्ठान गर्नेलाई आर्त (जिज्ञासुः) परमात्माको विषयमा जानकारी प्राप्त गर्ने इच्छाले ज्ञान ग्रहण गरेर वेदको आधारमा ज्ञानवान भएर वक्ता बन्नेलाई जिज्ञासु (च) र (ज्ञानी) जसलाई यो ज्ञान भयो कि मनुष्य जीवन केवल परमात्मा प्राप्तिको लागि मात्र हो। परमात्मा प्राप्ति पनि केवल एक सर्वशक्तिमान परमात्माको साधना अनन्य मनबाट गरेर मात्र हुन्छ उसलाई ज्ञानी भनिन्छ यसरि (चतुर्विधाः) चार प्रकारका (जनाः) भक्तजन (माम्) मलाई (भजन्ते) पूजा गर्दछन्।

(च) तेषाम् ज्ञानी नित्ययुक्तः एकभक्तिः विशिष्यते प्रियः हि ज्ञानिनः अत्यर्थम् अहम् सः मम प्रियः।।गीता।।७।।१७।।
(तेषाम्) उनिहरुमा (नित्ययुक्तः) नित्यरुपमा (एकभक्तिः) एक परमात्माको भक्तिवाला (ज्ञानी) विद्धान (विशिष्यते) अति उत्तम हो (हि) किनकि (ज्ञानिनः) ज्ञानिको लागि (अहम्) म (अत्यर्थम्) अत्यन्त (प्रियः) प्रिय हु (च) र (सः) त्यो ज्ञानी (माम) मेरो अत्यन्त (प्रियः) प्रिय हो।

(छ) ये यथा माम् प्रपद्यन्ते तान् तथा एव भजामि अहम् मम् वर्त्म अनुवर्तन्ते मनुष्याः पार्थ सर्वशः।।गिता/4/11।।
(पार्थ) हे अर्जुन! (ये) जुन भक्तले (माम्) मलाई (यथा) जुन प्रकारबाट (प्रपद्यन्ते) पूजा गर्दछन् (अहम्) म पनि (तान्) उसलाई (तथा) त्यसै प्रकारबाट (भजामि) उसको पूरा ध्यान राख्दछु (एव) वास्तवमा (मनुष्याः) मनुष्यहरुले (सर्वशः) सबै प्रकारबाट (मम्) मेरो नै (वत्र्म) व्यवहारको (अनुवर्तन्ते) अनुसरण गर्दछन्।

2. संत रामपालजिको शरणमा मुख्यतः दुई प्रकारबाट नामदिक्षा लिन भक्तहरु आउने गर्दछन:

(क) पिढित तथा अवसरवादि:- मानिसमा मुख्य तीन ताप- दैहिक, देविक र भौतिक हुने गर्छन। जस्मा भूत-प्रेतको समस्या, बद्दुआ/श्राप, नजर लाग्नु, पितृ बाधा, कुनै देवि-देवताको प्रकोप, टुना-टाना तथा काला जादूबाट शारिरिक, भौतिक, मानसिक, धार्मिक रुपबाट पिढित आत्माहरु पर्दछन्। उनिहरुले ज्ञान बुझेका हुदैनन् केवल आफ्नो समस्या समाधान तथा पिढाबाट मुक्तिको लागि मात्र दिक्षा लिन्छन्। यस वर्गमा पनि कसैले पिढा मुक्ति पछि ज्ञान बुझेर तन, मन, वचनबाट समर्पित भई भक्ति गर्दछन्, कसैले स्वार्थ पुर्ति पछि छाडिदिन्छन् र कसैले देखावटिको लागि मात्र भक्ति गरेको ढ्वाङ्ग गर्दछन्।

(ख) ज्ञानिः- परमात्मा तथा मोक्ष प्राप्तिको तडफ भएका पुण्यात्माहरुले संत रामपालजिले लेख्नु भएको ज्ञान गंगा पुस्तक पढि ज्ञानलाई बुझेर आफ्नो आत्मा कल्याणको लागि नाम दान (दिक्षा) लिई तन, मन, वचनबाट समर्पित भई भक्ति गर्दछन्।

3. कविर वाणी:-
"पहले बोधू कोली चमारा, पीछे जाए राजदरबारा। 
फिर बोधू पंडित काजी, फिर जाए सकल संसारा।।"
जबलग नाता जगतका तबलग भक्ति न होय ।
नाता तोडे हरि भजे भक्त कहावै सोय।।
कबीर, जिन हरि जैसा सुमरिया, ताको तैसा लाभ।
ओसाँ प्यास न भागई, जबलग धसै न आब।।
कबीर, सुमिरन की सुधि यों करो, जैसे दाम कंगाल।
कहै कबीर विसरै नहीं, पल पल लेत संभाल।।
कबीर, जबलग भक्ति सहकामना, तब लगि निष्फल सेव।
कहै कबीर वे क्यों मिलै, निष्कामी निज देव।।

सदगुरुदेव संत रामपालजी महाराजले प्रदान गर्नु भएको अनमोल रत्न
“ज्ञान गंगा” पुस्तक http://www.jagatgururampalji.org/click.php?id=106 र गीता तेरा ज्ञान अमृत http://www.jagatgururampalji.org/click.php?id=1

No comments:

Post a Comment